पुन्डरी  अर्याल
पुन्डरी अर्याल

संबिधान घोषणा गर है नेता हो ! नत्र खरियत छैन भन्छन जनताहरु !
. माओवादीले जनताको प्रतिनिधिले बनाएको जनसंबिधानले मात्र नेपालि जनताको हित गर्न सक्छ, राजाले र आसेपासेले बनाएको संबिधान नेपालको र नेपालीको हित गर्न सक्दैन भन्ने गर्थ्यो | देशमा जनक्रान्ति को नाममा थुप्रै सोझा साझा जनताको हत्याको होलि खेलेपछी, राजाले पछारेका कान्ग्रेशी र एमालेहरुका नेता गिरिजा प्रसाद र माधब नेपालहरु माओबादीका नेता प्रचण्ड र बाबुरामसंगै भारतको राजधानी नयादिल्लीमा गएर भारतको जुठो पुरो मिसिएको १२ बुदे आपशी सम्झौता गरेर भोज खाइवरी जनआन्दोलन घोषणा गरि राजा शाहीलाइ हटाएर संबिधान सभाबाट जनताको संबिधान बनाउने भनि जनआन्दोलान घोषणा गरि नेपाल फर्कन्छन |कथित संयुक्त आन्दोलन सफल हुन्छ | राजाबाट संसदलाई पुनर्जीवित बनाइन्छ |
२. पुरानो संसदमा १ जनापनि जन निर्वाचित माओवादी थिएनन, संसद पुर्जिवित भएपछी चुनाब नभई कन कहाबाट जनताका माओबादिका प्रतिनिधि ८२ जना सांसद आए | जनताको नाममा कान्ग्रेशी र एमाले माओबादीका मान्छेलाई सांसद सदस्य कसरि बनाइयो ? त्यसको जबाफ एमाले र कांग्रेशले दिन पर्छ कि पर्दैन ?
. जनताले नचुनिएका सांसद प्रतिनिधीले बनाएको अन्तरिम सरकारको नाममा बनाइएको अन्तरिम संबिधानमा जनताले नचुनेका प्रतिनिधिले पासगरेको धर्म निरापेक्ष्यतालाइ जनताले किन माने ?
४.जन आन्दोलनपछी राजाले गद्दी छोडेको होइन | राजाले त संसद पुनर्जीवित गराएका मात्रै हुन् |फर्जी सांसदबाट संबिधान नबनाइकन राजतन्त्र कसरि हटाइयो ? जवाफ जनतालाई दिन पर्छ कि पर्दैन ?
५. धर्म र जातिय विभाजन जस्तो संबेदनशिल कुरालाई बहसमा ल्याएर नेपालि जनतालाई क्षतबिक्षेत गराएर रास्ट्रीय सदभाव खल्बल्याएका ,( माओबादी , कांग्रेश र एमाले धर्म निरर्पेक्ष्यको पक्ष्य, माओवादी जातीय गण राज्य पक्ष्यमा) माओवादी कांग्रेश र एमाले ले जनतालाई जवाफ दिने कि नदिने ?
६.संसदमा ६०१ जनाको संबिधान सभा बनाउने | बिगत ६ बर्ष सम्म सांसदले भत्ता खाने बाहेक एक बुदा संबिधानमा बहस पनि गरेका छैनन र संविधानको बुदामा भोट पनि हालेका छैनन किन ? जब सांसदले बहस पनि गर्न नपाउने संविधानको बुदामा भोट पनि हाल्न नपाउने भएपछी किन चुनाब गराएको हो ? के सबै सभासद पानि मरुवा सभासद मात्रै छन् ? जनतालाई जवाफ चाहियो ?
. चार पार्टीका ४ थान नेतालाइ सहमति गराएर् संबिधान ल्याउन संबिधान सभा बनाएको त हैन नि ?
जवाफ चाहियो ?
८.
पहिलो सम्बिधानसभामा हामीले गल्ति गर्यौ | दोश्रो संबिधानसभाको १ बर्ष भित्र संबिधान दिन्छौ भन्ने ४ थान नेताबाट जनतालाइ जवाफ चाहियो ?
९. संबिधान बनाउने भन्दै कति बर्ष सम्म देशलाई भडखालो हाल्ने र आफ्नो गोजी भर्ने | जनतालाई जवाफ चाहियो ?
देशमा अघोषित नेता आतंक छ | सबै नेताहरु देशलाई दोहन गर्न मात्रै लागेका छन् | राजनेताहरु कोइ रोगि बिरामी छन् त कोइ, जातीय बखेडा लिएर हिडेका छन् | युवा हरु बुढा नेताको लगौटी समातेर पछी लागेका मात्रै छन् | कस्तो होस् नपाएका भने बुढाले बाटो छेकेपछी तिनीहरुलाई साइड लगाएर देश हाक्नु पर्ने बेला आएको छ | किन पानि मरुवा भए कुन्नि ? जन आन्दोलनभएको १० बर्ष भयो | नेपाल अघि बढछ भन्दा भन्दै झन् पछी धकलिदै छ | जनता दिन दिने दिन हिन बनि रहेका छन् | दैनिक हजारौको संख्यामा बिदेशिएका छन् | दिन दिनै अरबका खाडीबाट लाशका खात नेपाल भित्रिरहेका छन् | कसले गर्दा यस्तो भएको छ ? नेपालि जनताले बुझ्न जरुरि छ | जुन देशका नेताहरुले मान्छे देशबाट बाहिर पठाएर देश चलाउछु भन्छ भने त्यो नेता नै मानव तस्कर हो भन्दा हुन्छ कि हुदैन ? खुबी भएका नेपालि लाइ टेक्ने ठाउ छैन ! २१ शताब्दीमा पनि अन्धा राज चलाउछु भन्दै हिड्नु कति सम्म नालायक कुरो हो ? राष्ट्रपति देखि लिएर सांसद सम्मले पनि रास्ट्रको ठुलो धिकुती खर्चेर बिदेशमा उपचार गराई रहेका छन् | सच्चानेपली सिटामोल खान नपाएर मरिरहेका छन् ! यत्रो धनराशी बिदेशी हस्पताल खर्च गर्नुको साटो नेपालमा एउटा सम्पन्न हस्पिटल बनाउनु पर्थ्यो ! नेपाली डाक्टरलाइ बिश्वास नगर्ने, तर नेपालीको भोटलाइ भजाएर राष्ट्रिय धिकुती माथि रजाइ गर्ने ? कहासम्म गरेका छन् ? के सबै नेपालि जनता नेताका दलाल मात्रै नेपालमा ? किन जनता मौन छन् ? सधै धमिलो पानि बनाएर माछा मार्न पल्केका नेतालाइ फिटकिरी कसले हाल्ने ? पानि संग्लाउँन पर्यो |फिटकिरी चाहियो | यस्ता गनथन कति गर्ने मन खिन्न मात्रै हुन्छ |
संबिधान ल्याउन अब समय छैन | सहमति हुदै भएन | चाडो भन्दा चाडो समाधान को बाटो खोजन जरुरि छ |
सम्भावना र उपाए !
१. तत्काल सबै पार्टीबाट अनुमोदित अन्तरिम सम्बिधानलाइ नेपालको मुल कानुन अथवा संबिधान भनेर घोषणा गर्ने |
२.सो संबिधानलाइ २ तिहाई जन प्रतिनिधिले जहिलेपनि कानुन संशोधन गर्न पाउने ब्यबस्था राख्ने |
अफ्ठ्यारो परेमा बहुमतले पास गरेर ति बुदामा जनमत संग्रह जाने ब्यबस्था गर्ने |
जस्तै : १ हिन्दु राष्ट्र वा धर्म निरपक्ष,२ राजतन्त्र वा गणतन्त्र, ३ प्रत्यक्ष जनको मतबाट राष्ट्रपतीय व्यबस्था वा संसदीय व्यवस्था
४ जातीय राज्य वा बहुजातीय राज्य अन्य …
यसो हुदा जनताको तिब्र इच्छा भयो भने उनीहरुको प्रतिनिधिले देशलाई अफ्ठ्यारो परेको बुदा संशोधन गर्न पाउने छन् | कहिले पनि संबिधान च्यात्दै अर्को संबिधान बनाउन पर्ने छैन | यस्तो ब्यबस्था गर्न नमान्ने नेताहरु जन पक्षीय हुनै सक्दैनन , चोर बाटो आफ्नो अभिष्ट पुरा गर्न रोक लगाउनु पर्छ | जनताकहा नगैकन ठुला निर्णय गर्न पाउनु हुन्न् |
३. देशले शक्तिशाली नेता पाउन सकेन अतएव प्रत्यक्ष जनताको मतले मात्र देशको प्रधान मंत्रि वा राश्त्रपति गराएमा कसो होला ?
४. संसारमा राज्य संचालनमा विधुतीय रेकर्ड प्रवृधिलाई अपनाएर ( इ गभर्मेन्ट) चुस्त दुरुस्त छिटो छरितो राज्य ब्यबस्था चलाएका छन् |यस्तो ब्यबस्था अपनाउने हो भने हाम्रो देशलाई अगाडी बढन कत्ति बेर लाग्दैन | थुपै नेपालिहरु सक्षम छन् यो प्रविधिमा एउटा नया सोच चाहियो | सोर्ह शताब्दीका सोच राखेर अब देश चल्दैन | देश चलाउनेले जनताको हरेक उत्तर दिन सक्ने हुनु पर्छ र हामीलाई जिम्मेवार राज नेता चाहिएको छ | अब बिचार जुधाएर हुदैन प्रविधिलाइ उझ्याएर मात्र केहि हुन्छ |
हाम्रा आदरणीय नेताहरु बाटो नछेक्नुस निकाश निकाल्नुस | नसके एकचोटी हुनाहार युवा पुस्तालाइ हस्तान्तर गरेर हेर्नुस देशको मुहार पक्कै फेरिने छ |
अस्तु ०१/१४/२०१५

Leave a Reply