पुन्डरी  अर्याल
पुन्डरी अर्याल

समलिंगीलाइ कानुनि, सामाजिक मान्यता र सम्मान दिन किन कन्जुस्याई गर्ने ?
जातीयभेद, रंगभेद र लिंगभेद आधारमा सामाजिक न्याय पाउन संसारमा थुपै आन्दोलन भएको छ | यद्दपी भैरहेको छ | सभ्य र बिकशित मुलुकमा अब जातीयभेद, रंगभेद र लिंगभेद कानुनन छैन तर पनि पुरै सामाजिक रुपले विभेद रोकिएको छैन | अझै पनि मानबिय सस्कारमा महिलालाई र छाला कालो भएको मान्छेलाई विभेद हुन् छोडेको छैन | एकातिर पुरुष र महिला समानताको आन्दोलन यथावत छदै छ | सबैजनाले बुझेको लिंग पुरुष र महिला नै हो तर समाजमा अर्को लिंग पनि छ भनेर नबुझ्नेहरु धेरै छन् | हाम्रा छोरा छोरी, भाइ भतिजा त्यस लिंगमा भएर पनि खुलेयाम र सम्मानजनक हिसाबले वाच्न पाएका छैनन | उनीहरु पूर्ण रुपमा मान्छे हुन् मात्र उनीहरुसंग अंग स्पष्ट नहुनु र सन्तान उत्पादन क्षमता नभकै कारणले उनीहरु भिन्न लिंगमा पर्न गएका हुन् | वास्तव भन्ने हो भने उनीहरुलाई प्रकृतिले ठगेको छ | यसलाई सहानुभूति दिनुको साटो हाम्रो समाजले उनीहरुलाई घृणा गर्नु, हेप्नु, सामाजिक रुपमा ठट्टाको रुपमा लिएर मजाक गर्नु, भनेको आपत्तिजनक कार्य हो | यो मानवीय दृष्टिकोणले सुहाउदैन | अहिले आएर केहि समलिंगीहरुले आफ्नो अधिकार खोज्न थालेका छन् | त्यसैले हामीले पनि उनिहरुले उठाएका कुराहरुलाई सबेदशील भएर समर्थन गर्नु पर्छ | उनि हरुको पढाइ र जिविकोपार्जन को ग्यारेन्टी गरिनु आवस्याक छ | सरकारले उनीहरुको लिंग ब्यबस्थामा उल्लेख गरिनु पर्छ | उनीहरुलाई सामाजिक रुपमा सहजकता पुर्वक स्विकार्न आवस्याक छ |
समलिंगी भनेको के हो ?
कुनै पनि स्पष्टलिंग वा महिला र पुरुष नछुट्टीएका वर्गलाई समलिंगी भनिन्छ | यसलाई अंग्रेजीमा इन्टरसेक्स (intersex) पनि भनिन्छ | अथवा ति व्यक्ति न महिला हुन् न पुरुष हुन् | लिंग छुट्याउन नसकिएका मानिसलाई समलिंगी भनिन्छ | यसलाई जान्नको लागि बैलोजिकल फ्याक्टरबारेमा थाहा भए पछी सजिलो हुन्छ | पुरुष, महिला र समलिंगीलाई रिप्रोडक्तिभ अर्गनले छुट्याएको छ | तर पुरुष, महिला र समलिंगीमा बाइलोजिकल रुपमा एकदमै ठुलो फरक भने छैन | पुरुषमा XY २३ वटा क्रोमोजोम हुन्छ भने महिलामा XX २३ वटा क्रोमोजोम हुन्छन | यसमा व्यक्तिको २३ औ क्रोमोजोनले लिंगको आफै अटोमेटिक रुपमा पुरुषको र महिलाको छुट्टा छुटै रिप्रोडक्तिभ अर्गन निर्माण गर्छन जस्तै पुरुषमा लिंग, अन्डकोश,र सूक्रकिट निर्माण गर्ने अंग (scortum for man),र महिलामा योनी, पाधेघर, र अन्डाशय( ovaries for females) र महिनावारी प्रक्रिया र ब्रेस्टको बिकाश गर्छ | यस कारणले अपोजिट सेक्सको रुपमा छन् | अन्यथा पुरुष र महिलामा कुनै भेद छैन |तर समलिंगीमा दुवै महिला पुरुषको जनइन्द्रिय र महिलाको रिप्रोडक्टिभ अंग स्पष्ट बिकाश भएको हुदैन | वा premature रुपमा हुने हुनाले उनिहरु समलिंगी बन्न पुग्दछन | यस बाहेक सबै अंगहरु पुरुषकै समान छन् | मात्र estron र stestosteron हर्मनको मात्रामा फरक हो | पुरुषको मश्तिश्क जनइन्द्रियसंग कनेक्सन हुन्छ भने महिलाको ब्रेन महिलाको रिप्रोडक्तिभ अर्गनसंग कनेक्सन हुन्छ | बिभिन्न अलौकिक बिभितता रुपमा क्रोमोजोन XXX, XYY र XXX समेत हुन्छन | यस्ले गर्दा पर्फेक्ट पुरुष वा महिला नहुन सक्छन | बिशेष गरेर गर्भवती भएको बेलामा एन्ड्रोजेन ट्युमर सेक्रेटिंग (androgen tumour) उत्पादन गर्यो भने बच्चामा डिफेक्ट आउँन सक्छ | बच्चा गर्भमा रहेको ८ हप्तासम्म लिंग (sex) छुट्टिएको हुदैन र समान रुपले बृध्दि भैरहेको हुन्छ | आठ हप्तापछि मात्र महिला र पुरुष छुट्याउने अंगको निर्माण शुरु हुन्छ | अनुसन्धानको रिपोर्ट अनुसार ४५०० जना केटि केटि जन्मदा १ जना समलिंगीको जन्मं हुन्छ | कहिले काही हर्मनको मात्रा फरक(कम बेशी ) पर्यो भने पुरुसमा पनि महिलाको हाउभाउ आउने हुन्छ भने महिलामा पुरुषको हाउ भाउ आउने गर्छ | समलिंगीहरु जस्तै पुरुष सरह देखिन्छन तर तिनीहरुको जनिन्द्रिय राम्रोसंग बिकाश भएको हुदैन | पुरुषसमलिंगीलाइ नपुंसक भनि भनिन्छ |

समलिंगीमा कहिले काही दुवै पुरुष र स्त्री लिंग समाबेश भएको पाइन्छ | कतिपय समलिंगिमा बच्चामा जनइन्द्रिया जस्तै देखिएता पनि त्यो पुरुष अंग नहुन सक्छ | उसको शरीर भित्र पाठेघर बिकशित भएको हुन्छ तर योनिको स्वरूप भने अर्कै हुन् सक्छ | कतिपय पुरुसमा महिलाको योनी आकारको रुपमा देखिए पनि पाठेघर भएको हुदैन |
सामाजिक समस्या
घरमा छोरा जन्मियो भनेर भब्य पार्टी गरेको हुन्छ | तर त्यसको पुरुष अंग उस्तै देखिए पनि बिकाश भएको हुदैन | त्यसमा भएको कमि कमजोर बाबु आमालाई थाहा हुदैन | उसमा महिलाको व्यवहार नभए पनि पुरुष सरहको व्यवहार हुदै जान्छ | छोराले बिबाह गर्न मान्दैन,तर आखिरमा बा आमाको सम्मान इज्जत राख्न बिबाह गर्छ | वास्तबमा उ समलिंगी थियो | दुलही माइत गइन तर उनि घरमा आउँन मानिनन | गाउमा हल्ला हुन्छ | दुलाहा त समलिंगी (नपुंसक) रहेछ | केहि दिन पछी केटोले आत्महत्या गरेर मर्छ | यो पुरुष समलिंगीको घटना हो |
बच्चा जन्मिएको हुन्छ, जन्मिएको बच्चामा बाहिरि आबरंमा महिला अंग (योनी ) हुन्छ | उसलाई छोरीको रुपमा पालन पोषण भैरहेको हुन्छ | तर उनको बोलि,र अन्य अंगमा महिलाको हाउ भाउ हुदैन| उमेर पुग्दा पनि केटिको लक्षण देखिएको हुदैन | बास्तबमा उनी भित्र पाठेघरको बिकाश भएकै हुदैन | उनि महिला समलिंगी बनिकी हुन्छिन |

समाधान र उपाएहरु
यदि आफ्नो घरमा छोरा छोरी भनेर लिंग छुट्याउन नसकिए वा दुवै महिला पुरुष अंग भएको छ भने यस सम्बन्धि स्पेलिस्ट डाक्टरलाई देखाउन पर्छ | यस्तो अबस्थालाई ambiguous genitalia भन्दछन | डाक्टरले उनीहरुको लिंग छुट्याउन मदत गर्छन , त्यसमा के भएको हुन्छ भने बाहिरि अंग दुवैको भए पनि भित्र महिलाको अंग बिकाश भएको हुन् सक्छ | त्यस्तो अबस्थामा बाहिरि पुरुष अंगलाई अप्रेसन गरि हटाइन्छ | उसलाई पूर्ण केटिको रुपमा हुर्काउन सकिन्छ |
डाक्टरले उनीहरुको शारीरिक जाच गर्छन | रगत पिशाप र हर्मनको जाच हुन्छ | जेनेटिकको जाच हुन्छ , अल्ट्रासाउण्ड स्कान र एक्स रे गर्छन र उनीहरुको भरसक लिंग छुत्याएर उनलाई पर्फेक्ट लिंगमा समावेश गर्न सकिने उपचार मेदिकेसन गरेर समाधान गर्न सकिन्छ | तर सबै केशमा यो हेल्प हुन् सक्दैन | दुवै अंग बिकाश नभएको अबस्थामा कुनै किशिमको सहयोग हुन् सक्दैन भन्दछन |
तर बिज्ञानको बिकाशले लिंग परिबर्तन गर्न सक्ने अवस्थाले भने केहि आश जगाएको छ | मान्छे भएर जन्मे पछी प्रकृतिले उनिहरुलाइ फरक लिंग बाच्न बाध्य पारे पनी तपाइँ हामीले उनीहरुलाई सगर्भ सम्मान पुर्वक समाजमा स्थापित गराउन कन्जुस्याई नगरौ र त्यो अबस्थालाई लुकाउने प्रयास गर्दा त्यस्ता मान्छेहरु आत्म हत्यामा प्रेरित हुने हुदा त्यसबाट मुक्ति दिलाउन पनि सामाजिक रुपमा र सरकारी निकायबाट उनीहरुलाई बिशेष सुबिधा र मान्यता दिनु आबस्याकता छ |उनीहरुको शारीरिक कमजोरी थाहा पाएर वा नपाएर जवरजस्ती बिबाहकोलागि परिवारको प्रेशर परेपछि उनीहरुले आत्मा हत्याको बाटो रोज्छन | सो कुरालाई अभिभावकले राम्रोसंग बुझ्न जरुरि छ|समलिंगी भनेकोलाइ अहिले तेश्रो लिंगमा राखिएको छ | उनीहरुको शारीरिक कमजोरी थाहा पाएर वा नपाएर जवरजस्ती बिबाहकोलागि परिवारको प्रेशर परेपछि उनीहरुले आत्मा हत्याको बाटो रोज्छन | सो कुरालाई अभिभावकले राम्रोसंग बुझ्न जरुरि छ|समलिंगी भनेकोलाइ अहिले तेश्रो लिंगमा राखिएको छ |

Leave a Reply