पुण्डरी अर्याल-
पुण्डरी अर्याल-

अष्टांग योग

आजको विश्व आफैमा अशान्त छ ,जात जातमा विवाद र व्दन्दछ / धर्म धर्म बिचमा बिबाद र बैमनश्यता झाँगिदै गैरहेको छ / यसरि जात धर्ममा विभक्त भएर बैमनश्यता फैलाउदै संसारका धेरै जसो देशमा धार्मिक र जातीय दंगा भै रहेको छ / धर्मकै नाम लिएर नर सघार गरिरहेका छन् / प्रत्येक मानवलाई र प्रत्येक देशलाई शान्ति चाहिएको छ तर किन भैरहेको छैन ? को हो त्यो जसले आतंक मचाइ राखेको छ ? किन मच्चाई राखेको छ ? निरिह मान्छेलाई किन मारिदै छ ?यसको जवाफ खोजिरहेकै अबस्था छ / शान्ति कायम गर्नकोलागी स्वयम राष्ट्र संघ लागिरहेछ / प्रत्येक वर्ष विश्व शान्तिको ससक्त काम गर्ने व्यक्तिलाइ नोबेल पुरस्कार पनि दिईराखिएको छ /
विश्व शान्तिका अग्रदुत गौतम बुध्दले विश्वमा शान्तिको सन्देस फैलाएका थिए /बुध्दको ध्यान तपस्याले प्राप्त गरेको बुध्द दर्सन नै अहिंसा परमो धर्म हो / पंचशिलको आधारमा विश्व शान्ति कायम गर्न सकिन्छ भन्ने हो / विश्व शान्ति हुनकोलागि विश्वको सम्पूर्ण मानिस शान्तिकामी हुन पर्छ / त्यसैले आजको विश्वमा योगाको महत्व बढेको छ / प्रत्येक मानिसले अष्टांग योगलाइ जिबन पध्दति गराउन सके आफुलाई स्वास्थ ,आत्मा ज्ञानी ,शान्तिकामी ,बन्न सकिन्छ / संसारका सबै मानिस ज्ञानी , बुध्दिजीबी ,न्यायप्रेमी ,सत्यवादी ,सायमी ,सन्तोषी प्रेमभाव , सत्चरित्र , परोपकारी र कर्तव्यनिष्ट भएमा अशान्ति कहा हुन्छ र ! त्यसैले व्यक्ति भित्र संचित कुभावना ,लोभ ,दुश्चरित्र हटाएर स्वस्थ , सत्चरित्र ,सद्गुणले भरिपूर्ण व्यक्तित्व निर्माण गर्न यो अष्टांग योग सहायक हुने छ /

अष्टांग योगका सामान्यतया आठ अंग भएकाले यसलाई अष्टांग योग भनिएको हो /
यम,नियम ,आसन प्राणायाम,प्रत्याहार ,धारणा , ध्यान ,समाधि यी आठ अंग हुन् /यी आठ अंगलाई यसरि ब्याख्या गरिएको छ /
(१) यम Yam
अहिसा सत्यास्तेय ब्रह्मचर्या परिग्रहा : यमा:

यम अन्तर्गत अहिंसा ,सत्य,अस्तेय,ब्रह्मचर्य ,तथा अपरिग्रह लीइएको छ /विशेषत यसमा मन ,बचन तथा कर्मले कुनै पनि प्राणीलाई दुख नदिने कार्यलाइ अहिंसा भनिन्छ / मन बचन कर्मले ’सत्य’को पालन गर्ने र कठिन परिस्थितिमा पनि सत्यको पक्षमा निडर भै उभिने र बोल्ने व्यक्ति नै सत्यवादी हुन्छ / यसले शरीरको सुक्ष्म शक्तिलाई उजागर गराउछ /छोरि ,ठगि ,घुषखोरी ,अरुको सम्पत्ति हत्याउने लालच गर्ने आदि कर्म गर्ने आदिकर्मबाट टाढा हुने अबस्थालाइ अस्तेय भनिन्छ /आसक्ति ,मन ,बचन ,कर्मले सब प्रकारको मैथुनलाइ परित्याग गर्नेलाई ब्रह्मचर्य भानिन्छ /
ब्रह्मचर्य पालनले सर्ब सामर्थ प्राप्त हुन्छ भन्ने भनाइ छ /जसरि भएपनि सम्पत्तिको संग्रह गर्न प्रयंन्त गर्ने, सम्पत्ति बटुल्ने , अकुत सम्पत्तिको लालसा गर्नेलाई परिग्रह भानिन्छ भने सम्पत्तिमा आसक्त नभई न्यनतम आबस्याकतामा सन्तुस्ट भै इश्वरप्रति समर्पणभाव राख्नु नै अपरिग्रह हो / यसले जिबन र जगत बुझ्ने ज्ञान बढ़छ /

(२ )नियम :-Rule
नियम अन्तर्गत शौच ,सन्तोष तप,स्वाध्याय ,इश्वर प्रणीधान यी पाच नियम आउछन /
योगाभ्यास गर्नु भन्दा अगाडी नित्यकर्म सकाउनु पर्छ ,शरीर शुध्दी ,मन मश्तिश्कलाइ सन्तुलन बनाइराख्न तप, सन्तोष,स्वाध्याय र इश्वरको प्रणीधान अर्थात आफुले गरेका कार्यहरु इश्वरप्रति अर्पण गर्दै आफुलाई निर्मल बनाउनु हो /

(३) आसन :-posture
आसनको साधारण अर्थ बस्ने नै हो /त्यसैले सभा सम्मेलनमा आसन ग्रहणको लागि बोलाइन्छ / आसन शब्दले बिशेष किसिमले बस्ने क्रियालाइ योगामा आसन भनिएको छ /पद्मासन,भद्रासन,सिध्दासन, सुखासन आदि आसन हुन् भने हठयोग योग अनुसार ८४ प्रकारका आसनलाई आसन भनिएको छ /मुद्रा पनि एक किसिमको आसन हो / सरिरलाई चुस्त दुरुस्त राख्न गरिने योगाका ब्यायामलाइ आसन भनिएको हो /पुरै अष्टांग योगाको पूर्णरुपमा पालना गर्दै श्रध्दा पुर्बक साधना गर्दै जिबन पर्यन्त समाधिको अभ्यास गरेर प्रम पदमा पुग्न सकिन्छ /
यहा योगा भन्ने बित्तिकै आसनलाइ बुझ्नेको संख्या धेरै छ /सम्पूर्ण आसन गरेमा सरिरको सबै अंगप्रत्यंग हरु क्रियाशील हुन्छन, जसले सरिरलाई लचिलो,सक्रिय र स्वास्थ बनाउछ / सम्पूर्ण आसन चित्र सहित वर्णन गरिने छ /
(४)प्राणायाम:-
श्वास लिने र छोडने विशेष क्रियालाइ प्राणायाम भनिन्छ / प्राण वायुलाइ यथा शक्ति नियन्त्रण र बिधिपुर्वक श्वास प्रश्वासलाइ प्रयोग गरिन्छ /यसले चित्त शान्ति गर्नुको साथै चंचलता हटाउदै स्थिरता कायम गराउदछ /

(५)प्रत्याहार:-Withdrawal
वाह्य इन्द्रिय आखा,कान, जिब्रो,नाक र छालाबाट प्राप्त हुने रुप, रंग,रस स्वाद , गन्ध,स्पर्स र शब्दबाट निस्क्रिय बनाइ अन्तर्मुखी बनाउनुलाइ प्रत्याहार भनिन्छ /बाह्य इन्द्रिय सक्रिय भै रहेको अबस्थामा धारणा र ध्यान सम्वभ छैन / कुनै पनि कार्यको सिध्दी पाउनुकोलागि प्रत्याहार आबस्याक छ /

(६) धारणा :-perception
चित्तलाई एकाग्रह गराउने उपक्रमलाई धारणा भनिन्छ/ नाभी चक्र ,हृदय चक्र ,वा सरिरको कुनै अंगलाइ सम्झेर मनलाई एकाग्रह बनाउने कार्य नै धारणा हो /वाह्य कुनै एक बिन्दु बिशेषलाइ आफ्नो नजर स्थिर गरेर सुन्य (एकाग्रह) अबस्थामा पुग्न गरिने अभ्यास पनि एक किसिमको धारणा हो / धारणाले चित्त वा मन एकै ठाउमा स्थिर गराउन सकिन्छ / यसले मनको चंचलतालाइ नाशगरी ध्यानको मार्ग खोल्छ /

(७) ध्यान :-meditation
ध्यान नदिईकन ससारमा कुनै काम पनि सफल हुदैन ,ध्यान दिएर पढ्नु, ध्यान दिएर काम गर्नु, ध्यान दिएर गाडी चलाउनु,कुनै पनि कार्य गर्दा ध्यान नदिए कुनै काम सफल हुन् सक्दैन / ध्यान नदिए दुर्घटना हुन्छ / ध्यानको सर्बोपरी महत्व छ / जसरि बिषय बस्तुमा ध्यानको अति आबस्याक छ त्यसै गरि योगामा पनि परमेश्वरसंग अन्तरसम्बन्ध राख्न ध्यानको अति महत्व छ / ध्यान २ प्रकारका हुन्छन / स्थुल र सुक्ष्म, कुनै मुर्ति र तस्विरलाई माध्यम बनाएर गरिने ध्यान लाइ स्थुल ध्यान भनिन्छ / आफ्नै हृदयस्थानमा रहेको आत्मा मा नै इश्वरको चिन्तन गरि ध्यान गर्ने विधिलाई सुक्ष्म ध्यान भनिन्छ /
(८) समाधि :-complete meditation
ध्यानको चरम सिमा वा अन्तिम बिन्दु भनेकै समाधि हो / जब मनुष्य यो योगाको पराकाष्ठा स्थितिमा पुग्छ तब उसको शरीर ,इन्द्रिय ,मन बुध्दीका क्रियाहरु स्थिर हुन्छन / उ जागृत अबस्था भन्दा माथि उठेर जान्छ त्यसबेलाई उसको आत्मा पूर्णत सचेत र सक्रिय हुन्छ / उसले अनुभव गर्न थाल्छ कि यो संसार यो स्रीष्टी ब्रह्ममय छ / यहि स्थितिमा इश्वर्संगको साक्षाकार हुन्छ / यसरी परमात्मासंगको अनुभव गर्न सक्ने अबस्थालाई नै समाधि भानिन्छ /समाधिको अबस्थालाइ शब्दमा व्याख्या गर्न नसकिने भन्छन योगीपुरुषहरु !

Leave a Reply