<img class=”alignright size-full wp-image-2601″ src=”http://pundaryaryal.com/wp-content/uploads/2015/10/Capture.jpg” alt=”” width=”547″ height=”201″ />

पुस्तक समीक्षा

आदरणीय सभापति महोदय,

उपस्थित साहित्यप्रेमि महानुभावहरु,

कलेजो फेरेको मान्छे, नेपाली साहित्यरुपी आकाशमा नविन ताराको रुपमा उदाएको छ । कृति पढ्दै जादा यर्थाथपरक घटनाले रसाएका आखा तथा हृदस्पर्शी मनोभावना अन्तिम पाना सम्म धाराप्रवाहरुपमा दौडिरहेका छन् । लेखकको यो कृतिमा मसी होइन कलम मार्फत आसु छचल्किएका छन् ।

नेपाली साहित्य समालोचनाको दृष्टिले मूलत आत्मवृत्तान्तको कसीमा राख्न मिल्ले देखिए पनि यो कृतिमा उपन्यासको तथा नियात्राको झल्को पनि देख्न सकिन्छ । बाल्यकालदेखि युवावस्था तथा अमेरिका यात्रादेखि रोगले आक्रान्त पारी मृत्युको पन्जाबाट फुत्किएर नया जीवन प्राप्त गरेको घटनाको विवरण आत्मपरक शैलीमा पस्किएकाले यो आत्मवृत्तान्तको वर्गमा राख्न सुहाउने साहित्यक कृति हो । परन्तु यस कृतिमा केबल घटना विवरणको भन्डार मात्र छैन, लेखकको साहित्यिक चेतना पनि छचल्किएको छ । लेखकले आफ्नो विवरण पस्किंदै गर्दा नेपालको आर्थिक, सामाजिक, राजनीतिक परिस्थितिको चित्रण तथा विवेचना पनि गरेका छन् । केटी हेर्न गएको मान्छे विवाह गरेर फर्किएको घटना अहिलेको परिस्थितिमा एकादेशको कथा जस्तो लागे पनि यो नेपाली समाजको प्रतिनिधि घटना हो ।

नेपाली समाजको मात्र होइन अमेरिकी समाजको चित्रण तथा यात्रा वृत्तान्तको वर्णनले कृति झनै सारगर्भित तथा दुबै देश जोड्ने पुल भएको छ । पुस्तकमा यत्रतत्र गरिएका प्रकृति चित्रणले कृति झनै सुन्दर बनेको छ । पटकपटक मृत्युशैय्यामा पुगेर जीवनदान प्राप्त गरेको लेखकको अनुभूति तथा त्यस समयमा परिवारजनमा परेको पिरमर्का सामान्य पाठकको अनुभवभन्दा नितान्त भिन्न र अकल्पनीय हो । यस्तो परिस्थितिमा पनि लेखकले सबै घटनाक्रम समानान्तर रुपमा याद गरेको देखिन्छ । यो पुस्तकले एकातिर अत्यन्तै दुखको महासागरबाट पनि पौडिएर पारी पुग्न सकिन्छ भन्ने हिम्मत पाठकलाई दिन्छ भने अर्कोतिर यसमा कलेजो रोगसम्बन्धी जानकारी तथा समाधानको उपाय पनि चिरफार गरिएको छ ।

कतै कतै वर्णन दोहोरिको र सिलसिला नमिलेको पाइए पनि शिक्षक, इन्जिनिएर, व्यापारी, राजनीतिकर्मी, प्रेस संचालक आदि अनेक क्षेत्रमा पाएको भन्दा धेरै सफलता साहित्यिक क्षेत्रमा लेखकले पाउने छन् भन्ने आशा राख्न सकिन्छ ।

म हृदयदेखि नै लेखकको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु र कलेजो दान गर्ने ति महान आत्मालाई सलाम गर्न चाहन्छु ।

 

धन्यवाद

पीपलमणि सिग्देल

आचार्य संस्कृत दर्शन

स्नातकोत्तर नेपाली साहित्य

Leave a Reply