दुख के हो ?
दुख भन्नाले सामान्यतया सरीरमा हुने सारिरिक पीड़ा जलन औडाहा, चिंता, असंतोष, निरासा, अशांत, शोक र अभावलाई नै हो भन्ने बुझ्छौ | यी सबै कारणले गर्दा मानिस दुखी हुन पुग्दछ | उल्लेखित अबस्थालाई नै दुख मानेका छौ | अझ सरल भाषामा भन्ने हो भने मनले चाहेको कुरा नपाउदा वा आफूसंग भएको कुरा स्वीकार नगर्दा उत्पन्न हुने पीड़ालाई दुख भनिएको छ |
आध्यामिक कारण : दुख तीन प्रकारका हुन्छन | १. सारिरिक दुख २. मानसिक दुख ३. अस्तित्वगत दुख | १. सरिरिक दुख – दुर्घटनामा परेर चोट पटक लाग्नु, अल्पकालीन वा दीर्घ कालीन रोग लाग्नु सारिरिक दुख हुनु, अपांग हुनु | २. मानसिक दुख:- , केही नराम्रो हुने हो की ? कसैले संपत्ति चोर्ने हुन की ? पैसा कमाऊन सकिन्न की ? छोरा छोरीले दुख पाउछन की ? कसैले हामीलाई मारी हाल्छन की ? आर्थिक अबस्था बिग्रीने पो हो की ? यस्ता चिंता डर मोहका पीर पनि दुख हुन | ३. अस्तित्वगत दुख: यो मनोबैज्ञानिक स्तरको पीड़ा हो | जस्तै : म को हूँ , म किन बाचेकों छु ? मेरो जीवनको उदेश्य के हो ? मृत्युको चेतना ! स्वतन्त्रता जिम्मेवारी ! एक्लोपनको भय ? आदि कुरा हरु पर्दछन |
- जीवन पूर्णरूपमा संतोष जनक छैन, कुनै कुरापनि स्थायी हुदैन र मन कहिल्यै संतुष्ट हुदैन |
- इंद्रिय र मन बाट आउने अस्थायी अनुभूति नै दुख हो | सुख दुख दुबै परिबर्तन शील छन |
- कसैसंग केही कुराको अपेक्षा राख्नु र नपाउनु पनि दुख हो |
वैज्ञानिक कारण :
- मनोबैज्ञानिक कारणले नकारात्मक भावनाको स्थितिमा मानिस दुखी हुन्छ |
- कुनै किसिमको खतरा, घाटा, असफलता का आशंका कारणले आउने प्रतिक्रिया दुख हो | जस्तै : हार हुनु, केही चीज गुमाउनु , अरुसंग तुलना गर्नु,
निष्कर्ष : मनले चाहेको कुरा नपाउनु, अपेक्षा गरेको कुरा उपलब्ध नहुनुले उत्पन्न हुने पीड़ा दुख हो | छोटोमा भन्नु पर्दा सरीरमा पीड़ा हुदा सारिरिक पीड़ा दुख हुन्छ | मनमा अशान्ति हुँदा मांनशीक पीड़ा दुख हुन्छ | जीवन प्रति असंतोष हुँदा गहीरो पीड़ा दुख हुने गर्दछ |
४/२२/२०२६
