जायफल (nutmeg fruit )

 

जाजफलको रुख                                                                    जायफलको  फल

 

जाइफलको रुख हेर्दा स्याउको रुख जस्तो देखिन्छ ।  यो सदाबहार वृक्ष हो / सधै हरियो हुने हुनाले सदाबहार भनिएको हो /ससाना पात मालाकार र अन्डाकार  जस्ता देखिने हुन्छन । जाइफल गोलो, अण्डाकार डेढइन्च देखि दुइ इन्चसम्मको फल्दछ।  फल पाकेपछि फल पट्ट दुइ फ्याक भएर फुटछ र रातो रंगको रेशादार खोलले बेरिएको फल नै जाइफ़ल हो।   यही रातॊ बस्तुलाई जावित्री भन्दछन , जावित्रीलाइ अंग्रेजीमा mace भनिन्छ।   जायफल हाम्रो भान्छ्घरको जाने माने मसाला हो  । यसको फल लाम्चो गोलो सुपारी आकारको हुन्छ / यसको तस्बिरमा देखाइएको छ  /  

जायाफलको नयाँ फलमा बाहिर टाँसिएको कमलो रातो रेशादार खोललाइ mace भनिन्छ  । यसलाई जायफलको सुगन्धित सूपको रुपमा पिउने गरिन्छ ।  जायफलको यो बास्नादार मसाला पनी बनाइन्छ। 

 

Scientific  classification 

 

Kingdom: plantae

Class: Magnoliales 

Family :Myristicaceae

Genus: Myristica

Species: Myristica fragrans(nutmeg)  

 source : wikipedia

 

Nutritional value per 100g.

Energy 525 kcal), Carbohydrates 49.29gm, fiber 20.08 g, fat  36.31gm, protein  5.84gm,  potassium 350mg%, phosphorus 213mg,  sodium 16mg, calcium 184mg, iron 3.04mg. Copper 1.02mg magnesium 186mg, manganese 2.9mg, Zinc 2.15 mg vitamin C 3 mg, vitamin A 102 IU, thiamin 0.346mg, Source: USDA National Nutrient database  online 

 

आयुर्बेदीय गुण- सुगन्धित तेलयुक्त, उत्तेजक, दीपन, बाजीकर , मादक, पौष्टिक, दुर्गन्धहरण, बेदनाहर गुण हुन्छ / 

 

औषधीय गुण 

१. अपच, अल्सर र पेटको समस्यामा फाइदा गर्दछ .| 

२. अनिद्रा हुदाँ जाइफ़लको धुलो सुत्ने बेलामा मन तातो दुधमा घोलेर पिउनाले फाइदा गर्दछ /

३. जाइफ़लमा एन्टीइन्फ्लामेसन तत्वभएकोले वात लगायत जुनसुकै दुखाइमा समेत फाइदा गर्दछ /

४. जाइफ़ल घोटेर मह मिसाएर अनुहारमा लगाए डन्डिफोर पिम्पल लाइ फाइदा गर्दछ /

५. जाइफ़लको टुकदा मुखमा राखेमा मुखबाट दुर्गन्ध आउन बाट रोक्दछ /  

६. रक्तचाप र रगतको बहावलाई सामान्य गर्न मद्दत गर्दछ /

७. कलेजो सम्बन्धी रोगलाई र कलेजोको रोग प्रतिरक्षा गर्न मद्दत गर्दछ /

८.पखाला, हैजा भएको रोगलाई रोक्न मद्दत गर्दछ /

९. जाइफ़लमा एन्टीक्यान्सर तत्व भएकोले क्यान्सर प्रतिरोध गर्दछ /

१०. जाइफ़लले मानसिक र डिप्रेसन एन्जैटी लाइ फाइदा गर्दछ /

११. जाइफ़लले कोलेस्टर लेबल कम गर्दछ /

१२. जाइफ़लले वजनकम गर्न मद्दत गर्दछ /

 

( जाइफ़ल औषधिको रुपमा खाँदा डाक्टरको सल्लाह अनुसारको मात्रामा मात्र खानु उपयुक्त हुन्छ । घ्यु कुमारीले धेरै जसोलाई एलर्जी हुने हुनाले सोझै छालामा प्रयोग नगर्नु होला । कुनै पनी क्रोनिक रोगभएको मानिसले खादा नोक्सान पनी हुन सक्छ । गर्भवती महिलाले डाक्टरको सल्लाह लिएर मात्र यसको सेवन गर्नु होला ) 

 

११/२६/२०२०

      

Leave a Reply