खालि हात ली आएका थियौ
खालि हात लिएर जाने नै हौ
फेरी पनि धन कमाउने होडमा छौ ।
यहा मिडियामा आउने होडमा छौ
आफ्नो चर्चा कायम राख्ने होडमा छौ
केहि समाजसेवाका नाममा
केहि राजनीतिहरुका नाममा
केहि थान सुकिला फटाहाको
केहि थानका भ्रष्टाचारीहरुको
केहि थानका लुटाहाहरुको
बिचमा पसेर मुसुक्क हासेको
एउटा तस्विर खिचेर,
जहा जतिखेर त्यही तस्विरको
हतियार तेर्याउदै,
आफु उनै सरहको अर्थ बुझाउने
फेसबुकेमा स्टाटस लेखेर,
तृप्त भैरहेको हाम्रा प्रवासी जीवन
आफ्नै उदेश्य र गन्तब्य भुलेको हो कि ?
भुलभुलैयामा रमाएर अल्झेको हो कि ?
बिगतको ह्याङ्ग ओभर नउत्रेकोले हो कि ?
टाउको दुखिरहेको छ सधै हाम्रा प्रवासमा
चुनाब नेपालमा हुनेवाला छ
प्रवास चुनावमय भएको छ
भोटबाट बन्चित हामी प्रवासीहरु
फेसबुके झण्डा र नारा लेख्या छौ
गालि गलौजमा उत्रिन थाल्या छौ
कोइकोइ मनोनित भैसके
भनि यहा मुर्छा परिसके
काम कुरो एका तिर
कुम्लो बोकी ठीमी तिर
क्या लेकर आया था
क्या लेकर जायगा
व्यर्थमा क्यो चिन्ता करते हो !
११/१५/२०१७