असतो मा सद्गमय,
तमसो मा ज्योतिर्गमय,
मृत्योर्मा अमृतं गमय

झुटको खेति रोपाउन नपरोस कसैलाइ
अन्धकारको बाटो लाग्न नपरोस कसैलाइ
प्रेरणा मिलोस सत्यको बाटो पहिल्याउन
अमरत्व पथको बिबेक मिलोस सबैलाई

अन्धकारबाट मुक्ति भै ज्योतिर्मय बनोस
स्वास्थ सुखी जिबन सुन्दर शान्त बनोस
सकारात्मक र सम्बेदशील बनि समाजमा
मृत्युलाई जित्ने जिबन अमर गाथा बनोस

विसंगति दुर्गुणहरु टाढा जाउन जीवनमा
गुनी बचन गुनी बिचार आओस जिबनमा
परोपकार नै धर्म हो, फैलियोस समाजमा
दुख हटेर सुखी बनोस सबैको जिबनमा

थोरैले पनि जिबन बाच्नलाइ यहा पुग्दछ
धेरै कमाउने आशमा अकाल आइपुग्दछ
धेरै खोजिरहदा, संकट पर्न सक्छ जिबन
किन पार्दैछौ जोखिम व्यर्थमा आफ्नो जिबन

भन्थे बुढा पाकाहरुले अतिले खति गर्छ रे
धेरै भए पनि सबैको आँखा लागेकै हुन्छ रे
असत्यको बाटो त्यागेर सत्यको बाटो लागौ
अध्यारोको बाटो त्यागेर उज्यारो तिर लागौ

११/२०/२०१७

Leave a Reply