ए मेरे मित्र साँझको गोधूलीसंग न बिलाउ है
जिन्दगि त हरेक दिन भानु बनेर उदाउछ है
एक खुट्टाको भरमा उभिदा पक्कै थाक्ने छौ
बिस्तारै हिडे पनि मन्जिल पक्कै पाउने छौ

थाहा छ नि कमजोरलाई हेप्ने ति मान्छेको नुर
केहि समयका लागि हो भन्ने जाने हुन्छ हजुर
कमजोर निरिहलाई बचाउने र सम्मान गर्ने
सम्मानका लायक हुन ति त मान्छे मान्न पर्ने

मान्छेलाइ हेप्ने घृणा गर्ने ति मान्छे सैतान हुन
क्षमादान गर्ने मानिस नै समाजका महान हुन
क्षमा पाउनेले नसच्चिने हो भने ति दुष्ट नै हुन
मानवमा प्रेम, देवत्व देख्ने मान्छे नै देवता हुन

Leave a Reply