पुण्डरी अर्याल-
पुण्डरी अर्याल-

प्रत्येक ५/५ वर्ष मा मङ्सिर सत्तमी बिहीबारको मध्यरात पुजासकिसकेपछी गढीमाइ मन्दिरमा पन्चबलि दिई सकेपछी भाकल गर्ने श्रध्दालुले दशौ हजार रागाको बलि दिइन्छ | यो आंकडा एसियामा सबभन्दा बढी बलि चढाईनेमा पर्छ | भनिन्छ त्यहाका पुजारीले आफ्नो सरिरको पाच भागमा काटेर रगत निकाली गढी माइलाइ चढाछन | यो उनले नरबलिको सट्टामा आफ्नो खुन चढाएको रे ! पहिले नरबलि पनि दिइने चलन रहेछ भन्ने बुझिन्छ| तर त्यहा कहिले देखि बलिको दिने चलन चलेको भन्ने तथ्य आधार भने छैन |
यो अतिबादी धार्मिक मान्यताको शिकार भएर २१औं शताब्दीमा पनि बलि दिएर मनोकांक्ष्या पुरा गर्ने रुढिबादी प्रथा जान सकेको छैन | यस्तो प्रचलनलाइ तोडन सरकार पक्ष्यले महत्वपूर्ण भूमिका खेल्नु पर्छ | हालसालै भारतमा बलि दिने प्रथालाई बन्देज लगाएको छ | त्यसैले पहिलेको सालभन्दा यस साल पहिलेको संख्या भन्दा आधा बलि दिईने अडकल गरिएको थियो |यो गढ़िमाईमा दिइने पशुबलीबारे धेरै चर्चा परिचर्चा बिगतमा पनि भएको हो |तर यस्लैलाई रोक्न कसैले पनि साहस गरेका छैनन | संसारमा रुढिबादी चलनलाई समाप्त पार्न कसैले न कसैले हिम्मत गर्नै पर्छ |
नेपालमा चन्द्र सम्सेरले सति प्रथालाइ खारेज गरेर जिउदै महिलालाई आगोमा होमेर मार्ने चलनलाइ अन्त्य गरेका थिए |सतीप्रथा महिलामाथि गरिएको भयानक आततायी हिँसा र कलंक थियो | तर सम्सेरले उक्त कार्य गर्न बन्देज लगाएर अन्त्यन्तै सर्हयानिया कार्य गरेका थिए | अर्को जातीय छुवाछुतको प्रथाले मानव मानव बिचमा ठुलो खाडल खनिएको थियो |नेपालमा महेन्द्र राजाले २०१९ सालको सम्बिधानबाटै जातीय छुवाछुत हटाउन समान कानुनको ब्यबस्था गरिएको थियो | तर बिडम्बना उक्त कानुन बनेको ५० बर्ष नाग्दा पनि जातियता र छुवाछुतका घटना हाम्रो देशमा घट्नु दुखद कुरा हो | तर पनि कानुनि रुपमा भए पनि छुवाछुतको भेदभाव महेन्द्र राजाले हटाउने प्रयास गरेको कार्य प्रशंशा गर्ने पर्छ | पशुहरुको हरेक घर र टोलमा खानैको लागि बध गरिरहेका त छ | तर बलिको नाममा खुलेयाम बली दिने चलनलाई खारेज नगरेर मुक दर्शक मात्रै बनेका छौ |
हामीले यस अन्ध विश्वासलाई चिर फार गर्न सकेनौ | यहा त पशुको कुरा छ यसलाई कसले पहल गर्ने ? अन्धविश्वासकै आधारमा बोक्सीको आरोपमा थुप्रै महिलालाइ जलाउने कुटपिट गर्ने र गाउ निकालासम्म गर्न हाम्रो समाज पछी पर्दैन भने पशुबलि कसले रोक्ने ? धेरै अधिकारकर्मीले गढ़िमाई मन्दिरमा दिइने दशौ हजारको पशुवली रोकिनु पर्छ भनेर बिरोध नगरेको पनि होईन | तर त्यहा दिइने पशुबली रोकिएको छैन | पशुको हत्या रोक्न त कुनै देशले पनि सक्दैनन | पशु बलिको नाममा मात्रै होइन खानको लागि पनि गरिएको छ | घर घरमा ,टोल टोलमा र बिकसित देशमा त स्लटर फार्म( बध शाला ) मा समेत गरिन्छ | यति हुदा हुदै पनि हामि त बुध्द जन्मेको भुमि भएको हुनाले पनि हामि अहिंसाबादी भएको कतै न दिनु पर्थ्यो | संसारले बुध्दको देश भनेर चिनिरहदा खुलेआम दशौ ,बिशौ हजारको संख्यामा पशु बलि दिइरहेका छौ | यसको बारेमा केहि सोच्ने हो कि ?
११/२९/२०१४

Leave a Reply