धर्म के हो ?
यंहा हामीले धर्म भन्ने बित्तिकै हिन्दू, क्रिश्चियन , मुस्लिम, यहूदीलाई मान्द छौ | हिंदुहरुमा पनि अनेकौ संप्रदाय छन | हामीले सुनेका जानेका यी धर्म सबै संप्रदाय हुन | राजनीतिमा पार्टीको भिन् दा भीन्दै सिध्दांत बनाएर समाजलाई बिभिन्न बर्गमा बाडेको जस्तै हो | तर मेरो बिचारमा भन्ने हो भने धर्म भनेको मानव जीवनको परम कर्तब्यलाई बुझदछु |
जस्तै : 1. सत्य- truth सत्यकों पक्षमा उभीनु , सत्यकों पालना गर्नु नै धर्मकों पहिलो आधार हो | सत्य बोलनू सत्यकुरा सोचनु, सत्यकों साथमा बाचनु, आफ्नो स्वार्थकों लागि झुट, धोका र अन्याय नगर्नु | भागवत गीतामा पनि धार्मिक मानिसले नै सत्यकों मार्गमा हिडन सक्दछ | सत्यकों पक्षमा उभिने मानिसमा बिश्वास, सम्मान र स्थिर जीवनका साथ जीवन यापन गर्न क्षमता र आंट हुन्छ |
२ करुणा (compassion ) दया माया : मानव हुनुको सबै भन्दा ठूलो गुण नै करुणा हो | अरुको दुखमा साथ दिनु, जीव प्रति हिंसा नगर्नु , प्रेम र सहानुभूति राख्नु , गौतम बुधडले पनी अहिंसा र करुणालाई नै जीवनको मुख्य धर्म बताएका छन | करुणा दया माया किन महत्व पूर्ण छ भने यो बिना समाज अंत्यन्तै कठोर र स्वार्थी बन्न पुग्दछ |
३ आत्मज्ञान (self realization ): म को हूँ ? जीवन को उदेश्य के हो ? आत्मा चेतना र अस्तित्वको खोज, ध्यान साधना , आत्म निरीक्षण गर्ने मानिस धार्मिक हो | आत्मा नै ब्रह्म हो आदि शंकाराचारीयले आत्मज्ञानलाई सत्य मानेका छन | यी किन महत्वपूर्ण छ की आत्मज्ञानले डर, मोह र अज्ञान हटाउछ |
४। सेवा, परोपकार (service) : परोपकार नै परम धर्म र पुण्य हो | अरुको हितमा काम गर्नु , समाजलाई राम्रो काम गर्नु गराउनु र निस्वार्थ सेवा गर्नु | किन भने मानवकों सेवा नै ईश्वरकों सेवा हो | परोपकारको असाध्य महत्व छ किनकि यसले मानिसमा अर्थपूर्ण जीबन बाछन सिकाउछ |
५. कर्तब्य अर्थात धर्म : आफ्नो परिबार , समाज , राष्ट्रप्रति जिम्मेवारी , इमानदारिता अनुशासन न्यायोचित आचरण गरी मानव समाजलाई उत्तरदायी बन्नू नै कर्तब्य अर्थात धर्म हो |
केही संप्रदाय धर्मकों दर्शनलाई यस्रो बुझ्न सकिन्छ : १ हिन्दू धर्ममा – धर्म+कर्म+मोक्ष ,२ बौद्ध धर्म – करुणा , निर्माण, ३. जैन धर्म- अहिंसा, सत्य, ४। आधुनिक दर्शन- मानवता, नैतिकता ५. क्रिश्चियनधर्म- प्रेम, क्षमा, ईश्वरमा समर्पण , मुस्लिम धर्म -एक ईश्वर वाद, न्याय, करुणा दया लाई महत्व दिएका हुन्छन |
निष्कर्ष : मानव जिबनको परम धर्मलाई यसरी संक्षेपमा भन्न सकिन्छ – सत्यमा अडिक रहनु, करुणा दया मायाले भरिनु,सेवा परोपकारमा रहनु,निश्वार्थ सेवा गर्नु , लोभ लालच, हिंसा र अहंकारबाट सदा टाढा रहनु नै कर्तब्य ठान्नू नै धर्म हो |
यी कर्तब्य पालन गर्ने मानिस नै धार्मिक हो यी कुराले मानिसमा शांत सार्थक र अध्यात्मिक रुपमा पूर्ण बनाउदछ
०३/१९/२०२६
