पुनर्नवालाई अंग्रेजीमा hogweed, tarvine and spiderling भनिन्छ । यसको बोटानिकल नाम बोरहेविया डिफुजा Boerhavia diffusa भनिन्छ । आयुर्वेद चिकित्सामा बारम्बार प्रयोग हुने जरिबुटी मध्ये पुनर्नावा एक हो । साना ठुला पात हुन्छ, पातको अगाडी भाग चिल्लो र पछाडीको भाग फुस्रो हुन्छ । यसको डाँठ मसिनो लामो डाँठको गांठ अलि मोटो हुन्छ । यो दुइ देखि तिन मिटर सम्म लामो लता भुइमा भैलिएको हुन्छ भने डाँठ अलि अलि रातो हुन्छ । यसको ससानो सेतो फुल हुन्छ । रातो कलेजी रंगको फुल पनि हुन्छ । त्यसलाई रक्त पुनर्नावा भन्दछन । सडकको छेउ छाउ र खेत आलिमा जहा तही सजिलै पाइने घास हो । यसको जरा एक फुट जति लामो र औला जत्रो मोटो हुन्छ । भाचिदा दुध जस्तै सेतो रस आउछ । यो बिरुवा गर्मीमा जमिन बाहिरको भाग सुक्छ र बर्षातको मौसममा फेरी पलाउछ त्यसैले यसलाई पुनरनवा भनिएको हो । यो बन्स्पतिले मानिसलाई रोगबाट पुनर्जीवन दिने हुनाले पनि यसलाई पुनरनवा भनिएको हो । यसमा भिटामिन सी प्रयाप्त मात्रामा हुनु साथै क्याल्सियम र आइरन पनि पाइन्छ । पुनर्नवा: आयुर्वेद अनुसार : उष्णवीर्य, तिक्त, रुखा और कफ नाशक होता है। सूजन, पांडुरोग, हर्द्रोग, खांसी, उर:क्षत (सीने का घाव) और पीड़ा नाशक १. यो जरीबूटी किडनी बिकारमा मुत्र बर्धकको रुपमा प्रयोग गर्न सकिन्छ ।यसमा एन्टी इन्फ्लेमेटरी गुण हुँदा किडनी सुन्निदा र पथ्थरी हुदाँ समेत प्रयोग गरिन्छ । जन्डिस हुँदा पनी प्रयोग गर्न सकिन्छ । २. पुनर्नावाको जरामा एन्टी हेल्मिन्थिक गुण भएकोले यो काफ नासक र पेटको आन्द्राको जुका चुरना हटाउन सहयोग गर्दछ । ३. पुनर्नावाको पातमा एन्टी ब्याक्टेरियल तत्व भएकोले खतरनाक ग्राम नेगेटिभ र पोजिटिभ ब्याक्टेरियाको संक्रमणलाइ समेत शान्त गराउन मद्दत गर्छ । यसको पातबाट निस्कने एन्टी इन्फ्लेमेटरी र एन्टी एन्टिप्रोलिफेरेटिभ antiproliferative र एन्टिएस्ट्रोजेनिक antiestrogenic सक्रिय हुनाले स्तन क्यान्सरका कोशीकालाइ नियन्त्रण गर्न सक्दछ । ४. पुनर्नावाले पिसाबमा देखिने युरिया र क्रिएटिनिन, कोलस्ट्रोल तथा अन्य विषाक्त पदार्थलाइ घटाउन मद्दत गर्दछ । ५. पुनारनावाको जराको अर्कले व्हाइट सेतो रक्त कोष बढाउँ मद्दत गर्दछ । फ्याटी कलेजोलाइ यसले कम गर्न मद्दत गर्दछ । ६. यसले प्रोस्टेट हाइपरट्रोफीमा उल्लेखीय नितिजा दिन सक्छ । BPH को लक्षणमा प्रभावकारी भएको मानिन्छ । पिसाब गर्दा मुत्र नलिमा हुने दुखाइलाइ समेत फाइदा गर्दछ । ७. सरिरमा पानी जमा हुने (water retention) रोगमा समेत सरिर बाट तरल पदार्थ बाहिर निस्कासन गर्न मद्दत गर्दछ । यो सबभन्दा राम्रो प्राकृतिक उपचार हो । ८. पुनर्णावको पातको क्लोरोफर्म एक्स्ट्र्याक्टले रगतमा ग्लुकोजको मात्रा घटाउन सक्छ र प्लाज्मा इन्सुलिनको स्तरमा उल्लेखनीय वृद्धि छ। साइड इफेक्ट यसको साइड इफेक्ट देखिदैन । तर कुनै औषधीसंग इन्टर रियाक्सन हुन् सक्छ ? डाक्टरको सल्लाह लिएर मात्रै खानु होला । १२ बर्ष मुनिको बच्चा र गर्भवती महिलाको लागी औषधिको रुपमा खान बर्जित गरिएको छ ।