सामान्यता दर्शन पछिल्लो मानव मस्तिष्कको  उपज हो भन्दा हुन्छ । मानवको बिकास सबभन्दा शुरुवातमा ज्ञान नभएकोले कसरि पेट भर्ने, मात्रै सिमित थिए । खानाको साथै वासको कुरा आयो । सुरक्षित वास बस्ने स्थानको खोजि गर्न सक्ने सिपको बिकास भयो । खाना पाइने स्थानमा सर्दै जान थाले । कविला मानवको रुपमा बिकशित हुदै गए । बिस्तारै पशु पन्छीको मासुले उनीहरुको खाना पुग्न छोड्यो । जगलमा जनावर कम हुदै जादा र सिकार गर्न अभाव भैसकेपछि, जंगली फल फुल कन्दमूलामा भर पर्दै गए । 

प्राकृतिक रुपमा फलेका फल अन्नले नपुग्ने भए पछि, यसको खेति गर्न पर्ने रहेछ भन्ने मान्छेमा चेत खुल्यो, यसरी नै मान्छेमा खेतीपाती, पशुपालनको ज्ञान आयो । प्राकृतिक मानवको अज्ञानताले डर र भयको कारणले प्राकृति जन्य आपद आगो,पानी, हुरी बतास, रोग ब्याधि  मानिसमा  बढ्दै गयो । त्यसकारणले मानिसहरु प्रकृति पुजा गर्न थाले । यी चिजलाई देवताको रुपमा स्थापित गरे । यसरी देवता र धर्मसम्ममा पुग्न सफल भए । मानिसको खोज त्यतिले पुगेन । त्यसबाट मानिसहरु सन्तुष्ट हुन सकेनन । खान बस्न पुगेको मानिसहरुले आफ्नो बुध्दिलाई यहि बिराम लगाउन सकेनन । 

भोको र अघाएको मान्छेमा यहि फरक हुन्छ । खान पुग्नेमान्छेले त दर्सन र नया कुराको खोज गर्न सक्दछ । आदिम मानव लाखौ बर्ष लगाएर देवता र धर्म सम्म पुगेका थिए । मानवको सहज बुद्दिले प्रकृतिको साथमा बाच्न रुचाउछन । यदि मानव समाज आ-आफ्नो स्वार्थको कारणले बिभिन्न गुठ बर्गमा नबाडीएको भए सायद घर्म र दर्शनको बिकसित रुप आजको अबस्थामा पुग्ने थिएन होला । बर्ग स्वार्थको कारणले जगतको परिबर्तनशिलताको सामाजिक परिवर्तन स्वभाविक हुने खतरा जहिले पनि हुन्छ । त्यसैले उनीहरुको यो परिवर्तनलाइ आफ्नो अनुकुल राखने कोशिस गर्दछन । यहि कारणले पित्रिसत्ता समाजले धर्मलाई बरकरार रुपमा स्थपित गरि रहे भने प्राकृतिक शक्ति र मृत-जीवित प्राणी शक्तिलाई उनीहरुको आतंकबाट बाहिर राख्नको लागि कुल देवता, इष्ट देवता र अन्य भुत प्रेतमा परिणत गर्न सफल भए । यसरि समाजमा शोसक सामन्तको शक्ति बढानु को साथै आफ्नो समाजको अनुसारको देवताको परमपरा र सामाजिक संस्थाको कल्पना गरियो । जति पनि स्वतन्त्र दर्शनको उपज भयो, त्यसलाइ कुण्ठित बनाउन कतिपय युरोपिय देशमा दार्शनिकलाई कारवाही गरियो । यसरी बिबिध कालखण्डमा स्वतन्त्र बुद्दिलाई घेराबन्दी बनाएर रोकियो । त्यसैले दर्शनको आडमा सबै बुद्दिजिविले बर्गस्वार्थको पक्षमा सबै दार्शनिकहरूले जानी बुझी प्रयत्न गर्दछन । जतिसुकै राम्रो नियत राखेपनि दार्शिनिकहरुले स्वच्छ र स्वतन्त्र हुनै सकेका हुदैनन । उनीहरुको एक किसिमको बर्गसंगको मोहको कारणले चुक्ने गर्दछन् । 

क्रमश :