१९. 

 

म मात्रै घर फर्के । आमाले खै त बहिनि भनेर सोध्नु भयो । मैले हास्दै बैनी त हराई भने ! हैन के भन्छे ? कतै गंगाजिमा हाम त फालिन ? म केहि नबोली घर धन्धातिर लागे । आमालाई साह्रै पिर परेछ । आमाले दाइलाई भन्नु भयो । हैन जुनाले बैनी हराई पो भन्छे । लौ न ! खोज्न जा  ! कंहा हराउलि र ! घर आउने बाटो देखेकी छ क्यारे । आए आउछे म त खोज्न जान्न भन्नु भयो । मलाई थाहा थियो दाइले यसै भन्नु हुन्छ भनेर ! भाउजुले मुन्टो बटारेर कुचाले बढार्न पर्नेलाई हावाले लग्यो, भन्दै अर्को तर्फ फर्किनु भयो । साच्चै छोरीहरुलाइ बिहे गर्दिएपछि माइती बा आमा दाइ भाइ, भाइजु जिम्मेबारी सवै सकियो जस्तो गर्छन । न छोरीलाई पढाउन  पर्यो । न त अंश भनेर केहि सम्पत्ति दिन परो । हैन भाग्य राम्रो भएर लोग्ने असल राम्रो परे त ठिकै थियो । 

अनि केहि छोरीलाई समस्या पर्यो कि ? छोरी कै दोष हुने ? लोग्ने मरे । लोग्ने टोकुवा भन्ने, गाइदिङ्गा भीरबाट खसे अलछिना भन्ने । घरका दासिले जस्तै काममा  लगाएका हुन्छन । यसो माइतीमा पिर मर्का बिसाउ भने । हैन यो छोरीले घर खान सक्दिन क्याहो ? भन्ने । बा आमा भनेर पनि के गर्ने ? धन्न मेरा बा आमाले मलाइ मुखंजेल केहि भन्नु भएको छैन ।  बा त बोल्ने नसक्ने भएर थालिनु भा छ । आमा बिचरी खालि ज्वाई कहिले आउने होला ? भन्दै सोधी रहनु हुन्छ । अब दाइ भाउजु भने म प्रति अलि कठोर हुदै आउनु भएको छ । तर के गरूँ ? यसरि अर्घेलो भएर माइतीमा बस्न त मन थिएन । 

यी मेरा जुम्ल्याहा जस्ता ससाना चार चार वटा सन्तान नभएको भए त लडेरै खाने थिए । लोग्ने नभए पनि भन्ने हिम्मत आइसकेको छ । तर यी नाबालकहरुलाई के गरुँ ? मनमा यस्तै कुरा खेलिरहेको हुन्छ । माइती पनि घर बिग्रेकी छोरी चेलीलाई कहाँ आश्रय दिने थलो हुन्थ्यो र ? मैले रिणीमा थुप्रै भक्तिनिहरुलाई भेटे । उमेर छन्जरी माइतिको चाकरी गरियो । बा आमाको पाँख बसेपछि,माइती बस्न नसकेर घाट कुरेर बसेका छौ । कसैले केहि दिए खाने त हो । भनेको सुनेको छु । बेला बेलामा लोग्ने आएर म तिमीहरुलाई लिन आएको लौ हिँड, भन्नुहुन्छ ।  तर के गर्नु, जुरुक्क उठेर हेर्दा । सपना पो रहेछ ! सपना मै सहि कमसेकम लिन आए भन्दै हुनुहुन्छ । त्यहि भएर वहा मलाइ लिन आउनु हुन्छ । वहालाई केहि भएको छैन भन्ने मलाइ पूर्ण बिश्वास छ । तर कहिले ? 

क्रमश :