स्रस्टा साँझ अमेरिकाको पाँचौं बार्षिकोत्सव कार्यक्रम सम्पन्न

डालस, टेक्सास, अमेरिकामा सन् २०१७ को अगस्ट महिना देखि संचालन भएको स्रस्टा साँझ अमेरिकाले आफ्नो पाँचौं बार्षिकोत्सव हिजो ( सेप्टेम्बर ४, २०२२ ) स्थानीय नेपाली रेस्टुरा “करि लिफ” को हलमा एक भब्य कार्यक्रम गरि सम्पन्न गर्यो । सो कार्यक्रमको विशेषताको रुपमा स्थानीय तथा अन्य नेपालका ख्यातिप्राप्त स्रस्टाहरुको पुस्तक प्रदर्शनी, ५ बर्षभित्र पुस्तक प्रकाशन गरेका डालस तथा वरिपरि बस्नु हुने स्रस्टाहरुको सम्मान तथा हालसालै प्रकाशित पुस्तकहरुको लोकार्पण थियो ।
कार्यक्रमको शुरुवातमा नै पुस्तक प्रदर्शनी गरिएको थियो । आफ्ना मन परेका नेपाली चर्चित पुस्तकहरु बिदेशमा यसरि हेर्न तथा खरिद गर्न पाउँदा कार्यक्रममा आउनुभएका स्रस्टा तथा साहित्यप्रेमीहरु एकदमै हर्षित हुनुहुन्थ्यो । यस्ता पुस्तक प्रदर्शनी कार्यक्रमलाई निरन्तरता दिने तथा अमेरिकाका बिभिन्न शहरहरुमा बिस्तार गर्नु पर्ने सुझाव पनि प्राप्त भएको थियो ।
कार्यक्रमको अर्को आकर्षण स्रस्टा सम्मान -२०२२ थियो । यसमा डालस तथा वरिपरि बस्नु हुने तथा बिगत पाँच बर्ष भित्र पुस्तक प्रकाशन गर्नु भई जानकारीमा आउनु भएका ११ जना स्रस्टाहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनुहुने स्रस्टाहरुमा बैकुण्ठराज आचार्य, भगवती पौडेल, बिटु के.सी, राधाकृष्ण काफ्ले, संजय घिमिरे, लिलु गुरुङ , पुण्डरी अर्याल,नेत्र बन्धु पोखरेल, डा. शिलु घिमिरे , खेमराज पोखरेल तथा उद्धव प्रसाद उपाध्याय पोख्रेल हुनुहुन्छ |
उहाँहरुलाई अन्तर्रास्त्रिय नेपाली साहित्य समाज, डालस शाखाकी अध्यक्ष निर्मला राईले सम्मान पत्र प्रदान गर्नुभएको थियो । यस कार्यक्रममा नेपाली समाज टेक्सास, स्रस्टा साँझ अमेरिका, अनेसास डालस शाखा तथा एन आर एन ए – आई सि सि को संयुक्त सहभागिता थियो ।
यो स्रस्टा सम्मान कार्यक्रम नेपाली समाज टेक्सासको सक्रियतामा सन् २०१८ मा १२ जना स्रस्टाहरुलाई सम्मान गर्दै पहिलो पटक शुरु गरिएको थियो । प्रत्येक बर्ष स्रस्टाहरुलाई सम्मान गर्ने उद्देश्य भए पनि यस कार्यक्रमले बिचमा कोभिड-१९ तथा अन्य कारणले निरन्तरता पाउन सकेको थिएन । नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले कार्यक्रममा बोल्नु हुँदै नेपाली समाज टेक्सास को अगुवाइमा स्रस्टा सम्मान कार्यक्रमलाई निरन्तरता दिंदै प्रत्येक बर्ष स्रस्टा सम्मान गरिने जानकारी दिनुभयो ।

यसै कार्यक्रममा स्रस्टा पुण्डरी अर्यालको “अध्यात्म को बाटोमा” पुस्तक संयुक्त रुपमा लोकार्पण गरिएको थियो । सम्मानित स्रस्टाहरुको तर्फबाट बोल्नु हुँदै चर्चित स्रस्टा राधाकृष्ण काफ्लेले स्रस्टा पुण्डरी अर्यालको पुस्तकमा प्रकाश पार्नुका साथै स्रस्टा सम्मान गरि सिर्जना गर्न हौसला प्रदान गर्नु हुने सवै सहयोगी संस्थाहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । सम्मानित स्रस्टाहरुलाई स्रस्टा साँझ अमेरिकाका अध्यक्ष प्रभात दिक्षित तथा बरिस्ट स्रस्टा शैलेश आचार्यले

बधाई

ज्ञापन गर्नु भएको थियो ।

स्रस्टा सम्मान तथा पुस्तक लोकार्पण पछि स्रस्टा साँझ अमेरिकाले आफ्नो पाँचौ बार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित गरेको स्मारिका तथा रचना अंक-१ को सामुहिक लोकार्पण गरिएको थियो ।
कार्यक्रममा स्रस्टा साँझ अमेरिकाको स्मारिका तथा रचना अंक -१ मा आफ्ना रचना प्रदान गर्नु हुने सवै स्रस्टाहरु तथा संस्थालाई बिगत पाँच बर्ष देखि बिभिन्न किसिमले सहयोग गर्नु हुने सवैमा आभार व्यक्त गरिएको थियो । बिशेष सहयोग पुरयाउनु भएका चाहना खरेल, सुभप्रिया पोखरेल, ओजस्वी अर्याल, दिपक खरेल, शंकर भारती तथा अन्य लाई कदर पत्र प्रदान गरिएको थियो । स्रस्टा साँझ अमेरिकालाई बिशेष सहयोग गर्नु हुने पत्र-पत्रिकाहरु, संस्थाहरु, व्यक्तिहरुमा पनि सहयोगको लागि धन्यवाद तथा आभार व्यक्त गरिएको थियो । स्रस्टा साँझ अमेरिकाको स्मारिका तथा रचना अंक-१ प्रकाशनका लागि आर्थिक सहयोग दिनु हुने सवैमा आभार तथा कदर व्यक्त गरिएको थियो ।
कार्यक्रममा नेपालको नाट्यक्षेत्रमा ५ दशकभन्दा बढि समर्पित बरिस्ट नाट्यकर्मी हरि थापाको उपस्थिति आफैंमा गरिमामय थियो । उहाँलाई आयोजक संस्थाले बिशेष सम्मान प्रदान गरेको थियो । उहाँले स्रस्टा साँझ अमेरिका तथा अन्य संस्थाहरुले बिदेशमा यसरि साहित्य, संगीत तथा कलाका बिकाशको लागि गरेका कार्यक्रमहरुको प्रशंसा गर्नुहुँदै सम्मान पाउने सवै स्रस्टाहरुलाई बधाई दिनु भएको थियो ।
कार्यक्रममा स्रस्टा साँझ अमेरिकालाई शुरु देखिनै निरन्तर साथ र सहयोग दिनु हुने नेपालको साहित्य, पत्रकारिता, चलचित्र, सामाजिक तथा राजनैतिक क्षेत्रमा लामो समय योगदान गर्नु भएका शैलेश आचार्यलाई बरिस्ट साहित्यकार तथा पत्रकार तारा बरालले उहाँको पृष्ठभूमिको बारेमा चर्चा गर्नु हुँदै सम्मानित गर्नु भएको थियो ।
कार्यक्रममा बिभिन्न वक्ताहरुले स्रस्टा सम्मान, पुस्तक लोकार्पण तथा स्रस्टा साँझ अमेरिकाले ५ बर्षमा गरेको उपलव्धीहरुका बारेमा आ-आफ्ना विचारहरु प्रकट गर्नु भएको थियो । यस कार्यक्रममा उल्लेखनीय संख्यामा डालस, अस्टिन तथा ह्युस्टनका स्रस्टा तथा साहित्यप्रेमीहरुको सहभागिता थियो ।
कार्यक्रमको संचालन तथा उद्घोषण बिटु के. सि तथा भगवती पौडेलले गर्नु भएको थियो । कार्यक्रम करिव चार घण्टा संचालन भएको थियो ।

स्रष्टा साँझ अमेरिका, डालसको स्रष्टा सम्मान कार्यक्रम र स्रष्टा साँझको स्मारिका विमोचन कार्यक्रममा मेरो पुस्तक “अध्यात्मको बाटोमा” विमोचन गराएर मलाई स्रष्टा सम्मान प्राप्त गर्ने अवसर प्रदान गराउनु भएको हुनाले स्रष्टा साँझका अध्यक्ष प्रभात दीक्षित, वैकुण्ठ आचार्य र सम्पूर्ण स्रष्टा साँझ परिवार र स्रष्टा साझसंग जोडिएका संस्थाका अध्यक्ष हरुलाई हार्दिक धन्यबाद दिदै म यहाँहरुप्रती आभार व्यक्त गर्दछु।
पुण्डरी अर्याल

shrashtha sanjh

पुरा फोटोको लागी माथिको लिंकमा क्लिक गर्नु होला !