तिन जना सन्तान अनि पेटमा अर्को छ । घरमा नफर्किने गरेर माइति आइकी छु । आमाले अँगालो हालेर रुनु सिबाए के गर्न सक्नु हुन्थ्यो र ! बा ले मलाइ हेरेर आँखामा आँशु खस्ला जस्तो गरि हेरेर अर्को तर्फ मन्टो बटार्नु हुन्छ । दाइ बैनीलाई दुख दिएर धपाए भनेर रिसले चुर भएर बस्नु भएको छ । भाउजु म माइती आए देखि नै बोल्न छोड्नु भएको छ । मैले मात्रै बोले लोग्नेको बारेमा, ति झडकेल छोरा बुहारीको कर्तुतको बारेमा, मलाइ अन्याय पर्दा साथ नदिने जिम्माल भिनाजुको बारेमा । बालाई रुदै धेरै गालि गरे ।  तपाइले जानी जानी झड़केला छोरा माथि र उमेरै नहेरी बिहे गर्दिनु भयो ? अब मलाइ र यी नाति नातिना पाल्नुस !  हे भगवान ! मलाइ तिनीहरुले बसी खान दिएनन । यदि फेरी लोग्ने बिना त्यो घर पठाउन खोज्नु भयो भने म सिधै बडियार्मा हेलिएर मर्ने छु । भन्दै रोए ।

बा ले म छु, ज्वाइको खबर भए पछि के गर्न पर्छ, गरुला  । छोरी चिन्ता नगर छोरी  भन्नु भयो । एक पटक जिम्माल ज्वाइसंग यो कुरो गरेरै छोडछु ।जिम्मालले मैले यी सालीलाई घरकाले कहिले दुख दिने छैनन् । मैले त्यसको ग्यारन्टी गर्छु भनेर भाइसित बिहे गर्न धर्ना कसेर बिहे गराउनु भएको थियो । अहिले घरमा भाइ नभएको बेला झडकेला छोराले घरमा बस्ने नसक्ने बनाए ! यी जिम्माल भै टोपलेका बडा मान्छेले अरुको मर्का कंहा बुझछन ? आफुलाई ठुलो बढो हुँ भन्नेको कसैले भर नगरेको राम्रै हो ? बा पनि रनाहामा पर्नु भयो । म आजै गएर कुरा गरेर तिम्लाई त्यो मूल घरमा हुलेर मात्रै आउछु भन्दै कस्सिनु भयो । तर मैले बालाइ रोके, बा तपाइको ज्वाई नआएसम्म म  कुनै हालतमा त्यहाँ जान्न । तपाइले जबर्जस्ति नगर्नुस, जबर्जस्ति ज्वाई बिना फिर्ता पठाउनु भयो भने म बडियारमा हाम फालेर मर्दिन्छु  भने ।   

त्यसपछि बा बोल्नु भएन । म माइती आएर बस्न थाले पछि गाउले भन्न लागे : खुबै जिम्माल खलकलाइ छोरी बिहे गरि दिएको भनेर ठुलो पल्टिएको । कस्तो भयो, अब त चाल पाउनु भए होला भने भन्न थाले । अचेल बा गाउतिर निस्कन पनि बिस्तारै छोड्नु भएको थियो । म आएको दाइ भाउजुलाइ चित्त बुझेको थिएन । तर पनि मेरो जाने ठाम पनि कहिँ थिएन । मैले घरको सम्पूर्ण काम काज बडो मेहनतको गरेकी थिए । यसरी बस्दा बस्दै बर्ष दिन पुग्ने आँटेको थियो । दाइका सन्तान जन्मिएका थिएनन । बा आमा मेरा छोरो र छोरीसँग अन्तन्तै खुशी भएर रमाई रहनु भएको । बाहिर तिर निस्कन भन्दा घरमै नाति नातिनासंग समय बिताउदै हुनुहुन्थ्यो । दाइको सन्तान भएनन् भनेर अर्को बिहे गराएर कान्छी भाउजुलाइ माइतीमा छोडेर आउनु भएको थियो । दाइको ससुरालीले छोरीलाई बिदा गर्ने राम्रो दिन निस्केको छ । ज्वाइलाइ लिन पठाउन पर्यो भनेर खबर आयो । बा लाइ पनि लागेको थियो होला कान्छी बुहारी घरमा आएपछि छोराको सन्तान भैहाल्छ कि ? वहाँ पनि आतुर नै देखिनु हुन्थ्यो । त्यो खबर आउने बित्तिकै दाइलाई ससुराली पठाई हाल्नु भयो । 

मलाइ भने मनमा कता कता पिर परेर आयो । छोरीको सन्तान घरमा छन् । बा आमालाई छोरा कै सन्तानको पिर छ ? अब मैले यी सन्तानलाई कसरी किनारा लाउने हो, मेरा सन्तानले बा को पिड़ो नधानिनी भयो ? दाइको अहिले सम्म सन्तान नहुदा त आफ्ना भान्जा भान्जीलाइ हेर्ने हेराइमा कता कता दुखि भएको भान हुन्छ । अझ दाइका आफनी बच्चा बच्ची भए भने मेरा यी सन्तानको के अबस्था हुने हो ? यहि पिरले रात भरि निद लाग्थेन । आमाले भन्नु हुन्छ :छोरी दिनभरी सबै काम आफै सिध्दाउन खोझ्छेउ । राति पनि मसक्क निदाउदिनौ । न आत्तिउ ज्वाईलाइ केहि नभए, पक्कै आउनु हुन्छ । जसरि नि यी सन्तानलाइ कोइ भन्दा कम नगराई राख्नु हुने छ । वहाँ इखी मानिस हो ! 

हामीले जहिले पनि आपत परेको बेला हामीले धर्य गर्नु सिवा अरु बिकल्प हुदैन । अब चाही नरोउ, तिम्रो त रुदा रुदै आँशु पानी सिध्द्दिएको होला ! यो नाति पनि ठुलो होला ! तिमीलाई दुख दिएकालाइ पक्कै ठिक पार्ला नी ? आफ्नो हिस्सा लिएर छोडने छ । तिम्लाइ लखेटेर थोरै तिनले के सुख पाउलान् र ? अर्को सन्तान छोरो जन्म्यो। माइतीमा सुत्केरी गराउन हुन्न भन्ने चलन रहेछ । म मेरा माइती खलकले बा लाई घरमा छोरीको सुत्केरी नगराई अरूको घरमा सुत्केरी गराएर न्वारान गराई सकेर मात्र घरमा ल्याउन दबाव दिए । मेरो जन्म घर भएर पनि, यो घरमा मेरो हक लागेन । कुल बिग्रन्छ भनेर छिमेकीको घरमा सुत्केरी भएर बसे । 

मेरा मात्रै चार जना सन्तान माईतीमा मैले जति नै काम धन्धा सघाए पनी म अर्घेलो भै छाडे । सच्चाई नै हो रहेछ, छोरा छोरीको आमालाई कसैले बास दिँदैनन् भन्ने । बिस्तारै भाउजू , दाई बा आमासँग मलाई घर फर्काउने कुरा गर्दै हुनु हुन्थ्यो । म कसरी जाऊ  ? मेरो बस्ने थाम नै छैन । यस्तै माईतीमा खिचलो भइरहेको थियो । मैले केही सोच्न सकीकी थिइन् । अब लोग्नेको खबरै आएन भने म बडियार मै हेलिएर मर्छु। मेरा सन्तान माइती कै जिम्मा छोडछु। जे सुकै होस् । यही माघे सङ्क्रान्तिमा रुद्रवेणीमा नुवाउन जाने बहानामा । नुवाउदा नुहाउदै एउटी आइमाईलाई बगायो रे भन्नलान । यस्तै सोच्दैमा रात बित्यो । मलाई त्यो रात पटक्कै निद लागेन । मेरो मन एकोरिइदै थियो । 

000000