१३. 

म जन्मेको त्यो रमणीय स्थान लिम्घा, लिम्घा गाउ, बाहुन र मगरहरुको  बस्ती थियो । लिम्घा पुगे पछि बाटो सकियो भन्ने भनाइ थियो, त्यति बेला । गाव बेशी लेक हुन्थ्यो, त्यहा, बेसी  स्याङ्गमा धानखेती लगाइन्थ्यो भने घाँस दाउराको लागी लेक गइन्थ्यो । बाहुनहरुको बस्ती  गाँवमा ढिक माथी र तल लस्करै केहि घर थिए । छेउ छाउमा मगर बस्ति थियो । गाउँभरि सवै आफ्नै आफ्नै थर र दाजु भाइ नाता गोता मात्रै थिए ।  मधेशतिरबाट जाँदा रिणी खोला तरेर गण्डकीको तिरको बाटो लिएर रुद्रवेनीको घाट तरेर अस्लेवा र  लुम्पेक हुदै आउथ्यौ भने बुर्तिवांग तर्फबाट आउदा भने ज्वांग हसरा हुदै माइती पुगुन्थ्यो । मेरा बालाइ मामला बाजे भन्ने गर्थे गाउका मानिसहरुले । त्यस गाउँका मुखिया हुनुहुन्थ्यो, नाम त वहांको हरिलाल थियो  ।  त्यस गाउका असाध्य राम्रो व्यक्तित्व भएका करिब छ फिट भन्दा अग्लो हुनुहुन्थ्यो। सरिर देखेर पनी  कसैले हेप्न सक्दैनथे । गाउँघरका साना तिना झैँ झगडा मिलाउन बा नै जान पर्ने हुन्थ्यो र बा गैसकेपछी मिलाएर छोडने हुदा बालाई माम्ला बाजे भनेर चिन्दथे । 

कर्मकाण्डी संस्कृतको ज्ञान भए पनी बाले  जजमानी भने गर्नु हुन्थेन, बाले । चारवटी छोरी, एउटा छोरो, मध्ये म साहिली छोरी थिए ।  बा गाउको ठुलो ठालु भएर हिडने भए पछि, मेरा दाइलाइ खेतीपाती हेर बिचार गर्दा फुर्सद हुन्थेन । अर्का मानबहादुर थापा मगर अर्थात माने दाइले थिए हाम्रो खेतीपाती स्याहार्दिने र गाइभैसीको सुसार र गोरसको बन्दोबस्त मिलाई सहयोगी भएर बसेका थिए । बाको मन पनी ठुलै थियो । माने दाइको  परिवार परेको  दुख:सुख रासन पानीको बाले बन्दोवस्त गरिदिनु हुन्थ्यो ।  बाले माने दाइलाई छोरो सरह ब्यबहार गरेकोले माने दाइले पनी बालाई छोडन सक्दैनथ्यो । माने दाइले बालाई बा भनेरै बोलाउथ्यो । अरु कसैले पनी काम गर्ने मान्छेको यति सारो ख्याल गर्दैनथे ।

बाको रेसुङ्गाका प्रभुसंग राम्रो सम्बन्ध पनी थियो रे । रेसुङ्गाका प्रभुको राजासँगको पहुँच थियो । वहाँको ख्याति नेपाल भरि नै थियो त्यति बेला । रेसुङ्गा प्रभुको आश्रममा धेरै जसो पुगी रहने र वहाँको साथ सहयोगमा जुटी रहने हुनाले प्रभुको वहाँलाइ बिशेष आशिर्बाद पनि थियो भन्दथे गाउलेहरु । रेसुङ्गाका प्रभुसंग भेटेको वहांले काखमा राखेको अलि अलि सम्झना छ, तर अनुहार भने कस्तो थियो भनेर भन्न चाँही सक्दिन । रेसुङ्गाका प्रभुले बालाई भनेका थिए रे । बाजे तपाइले मलाइ तपाइको  छोरो दिनुस, मैले उसलाई चेलो बनाएर मेरो उत्तराधिकार बनाउछु । मेरो मठको सम्पत्तिको कुनै उत्तराधिकार छैनन भनेर पटक पटक भनेको कुरा सुनाउनु हुन्थ्यो बाले गाँउमा । बाको एक्लो छोरो मेरो दाइ  प्रभुलाई दिन सक्नु भएन । बाले यस कुराको दुखेसो जहिले पनी मनाई रहनु हुन्थ्यो । दुइटा छोरा भएको भए, एउटा छोरा प्रभुको शरणमा पठाउने थिए । भन्नु हुन्थ्यो, आफन्तसंग । 

बढी बाहिर पट्टिकै ध्यानले गर्दा घर ब्यबहार काम काजमा माने दाइ कै भर गर्न परिरहेको थियो । त्यति धेरै प्रसस्त धन सम्पत्ति नभए पनी खानलाई मानेदाई लाई छुट्याएर आफुलाई आटो पिठोको कमि थिएन । रह्यो दाम पैसाको कुरो । नुन चिनी केहि लुगा फाटोको कुरा सालमा एकआध चोटी फेर्न पाए सुखी भएको ठानिन्थ्यो नै, त्यसबेला । 

हाम्री  ठुलीदिदिको बिबाह पछि, माइली छोरीको अचानक मृत्यु हुन् पुग्यो ।  बिबाह हुने उमेरकि छोरीको मृत्युले चोट परेकै थियो, बालाई । हामी दिदि बहिनिलाइ सबैले असाध्यै राम्रा छन, भन्थे । छोरी माग्नेको कमि थिएन । बस छोरीको उमेर बढन मात्रै त बाँकी थियो । बाले ज्योतिषलाइ बोलाएर छोरा छोरीको चिना देखाउनु भयो । आफ्नो सन्तानको भविष्यको कुन आमाबाबुलाई पिर हुन्न र !  पिर गर्नु स्वभाविकै थियो । 

ज्योतिसले चिना पल्टाएर ग्रह गोचर केलाउन थाले र भने यी दुइटी छोरीको बिहे गरेको घरमा घरबार नहुने देखिन्छ, यिनलाई दोश्रो बिहे गर्ने  केटोलाइ बिहे गर्दिए मात्र घरबार हुने छ । छोराको पनी एउटै बिहे बारीले घरजम नहुने पक्का छ, ग्रहले यहि भन्छ । ज्योतिसको भविष्यवाणीले बा अरु त्रसित हुन पुग्नु भयो रे । छोराको बिहे अर्को गरे पनी भयो तर छोरीको बिहे गरेको घरबार बिग्रियो भने मेरो इज्जत कहाँ पुग्ला ? यो चिन्ताले बालाई भोक न निद्रा बनाएर भित्र भित्रै अतालिन पुग्नु भएको थियो रे । बालाई माइली छोरी मरेको पिर हुदाँ हुदै फेरी बचेका छोरीहरुको घरवार बिग्रने ज्योतिषको त्यो भविष्य वाणीले उनले ज्योतिषसंग फेरी त्यसको निदान खोज्न पुग्नु भयो रे । 

ज्योतिसले बिबिध ग्रह शान्ती पाठ पुजा गरेर  दोष काटिन्छ भनेका रहेछन  । बा ले धेरै पण्डित ल्याएर सबै बिधि बिधानले ग्रह पुजा जप लगाउनु भाको थियो रे । यसो गरेमा आफ्नो इज्जत जोगिने कुरामा ज्योतिसले ढाडस दिए । मलाइ आमाले यो कुरो जहिले पनि सुनाइ रहनु हुन्थ्यो  । पुजा र जपले छोरा छोरी को भाग्यमा ल्याएको कुरा के मेटन सकिएला र ! भन्दै, मलाइ दोश्रा  बिहे भनेर मलाइ जिम्माल्का भाइलाई बिहे गरिनु भएको थियो रे ।  हिमा दिदी जिम्मालसंग कान्छी स्वास्नी भएर भित्रिनु भएको  थियो । त्यसैले जिम्माल भिनाजुसंगको नाता भएकोले भिनाजुको कुरो काटन नसकेर वहाँकै भाइसंग बिहे गरिदिनु भएको थियो रे ! जिम्मालसंगको बसाउठीले समाजमा बा को इज्जत बढेको थियो । मलाइ झडकेला माथि त्यति धेरै उमेर नमिल्नेलाइ बिहे गर्दिने भए पछि, आमाले ज्योतिशेको कुरा पत्याएर बालक छोरीलाई झडकेला माथी दिनु भयो ? अब सानी छोरी झुमालाई त उसैको दौतरी मिलाएर बिहे गर्ने पर्छ, भनेर  पर्रा लाउनु भएको थियो रे । मेरो बिहे संगै बैनी झुमाको पनि सानै उमेरमा मसङ्गै बिहे भएको थियो । 

दाइको पनि पहिलो बिहे गरे पनि सन्तान भएनन  भनेर ग्रह कटाउन भन्दै अर्को बिहे गरेर आउनु भएको रहेछ । सानी भाउजुको उमेर अझै सानै छ भनी घर अझै ल्याउनु भएको छैन । जब म यसरी आफ्ना छोरा छोरीलाई घरै नफर्किने गरि आएको सुनेर जेठी भाउजुले मलाइ नराम्रै सोच्नु भयो । बा आमालाइ  घर छोडेर आएको मेरो यो कदमले दुखी हुनुहुन्थ्यो । जब मिताले बालाई धेरै सम्झाउनु भयो । बा मितको खबर नआउञ्जेल मितेनीज्यु आफ्नो माइतीको शरण लिने पर्यो । म जसरी भए पनि मितको खबर लिएर आउने छु । सबै कुरा ठिक हुन्छ । यति भनेर अर्को दिन बिहानै बटुलीतिर जान्छु भन्दै गाउबाट उरालो लाग्नु भयो ।