१२. 

भुटेका मकैलाई सिलौटोमा पिसेर ठुली छोरीलाई खुवाएर सुताए । घर अगाडी खेतमा रोपेको धान झारपात गोडन गए । आगौ सालको प्राण बचाउने अन्न फलाउन पर्ने नै थियो । मलजल पाएर धान पनी सप्रेर आएको थियो ।  कसै कसैले तिम्रो लोग्ने त बर्मा गएका छ रे पनि भन्ने गर्थे । तर भर पर्दो कुनै खबर थिएन । जिम्माल जेठाजुले बटौलीसंम  खोज्न त मान्छे पठाउनु भएको थियो । पठाएको मान्छेले केहि सुइँको पाइन हजुर भन्दै फर्केर आएको थियो । धान भर्खर पसाउन थालेको के मात्र  थियो । म घाँस काटन बारीमा गएकी थिए । जब म घर आएर के डोको बिसाउन खोजेकी थिए । 

आफ्नै गोठमा बाधेका डिगाले मेरै खेतमा मज्जाले चर्दै थिए । सर्लक्कै आधा भन्दा धेरै धान खाइ सकेछन । धानका बाला त नामेट पारेछन ।  मैले राम्रैसंगै बाधेर छोडेका यी गाइ  मेरै मात्र धान कसरि खाए ? म अचम्म परे पशुलाई के थाहा हुन्छ र यो खेत हाम्रै मात्र हो । आठामा रहेको छोराको अंशमा यी गाइ भैसीले टेकेकै छैनन् ? के अचम्म हो ? घरमा  पनि कोइ छैनन् । छेउकातिरका मान्छे पनि घरमा कोइ छैनन् ।  यो मान्छेली दाम्लो खोलेर खेतमा नहुले सम्म   कसरी हुन् सक्छ ? मेरो छैटो इन्द्रिय मलाइ झट्का दियो । 

म जाँदासम्म यी दुवै छोरा बुहारी घरमा थिए । अहिले छैनन ? बल्ल बल्ल डीगा  रिसले पिट्दै रुदै गोठमा ल्याएर बाधे ।  कैफियत यिनकै हुन् पर्छ भन्ने ठम्याएर म जेठाजु कंहा उजुर गर्न गए । हुन पनि जेठाजु आएर हेर्नु भयो । पसाउन लागेको बाली कामै नलाग्ने गरेर खाइदिएछन । यी छोराहरुलाइ बोलाउन पठाएर बेस्सरी गालि गर्नु भयो । तिमीहरुले सानिमाको  बालि नास गरे वापत हर्जाना दिनु पर्छ । भन्नु भयो । उनीहरुले भने हाम्रो कुनै कसुर छैन । सानिमाका डीगा हाम्ले फ़ुकाएकै हैनौ । यत्रो नोक्सान हुन् हाम्ले दिन्थेउ  र ? हामि  घरमै थिएनौ । हाम्लाई त्यो दोष नदिनुस् जिम्माल बा भनेर । उनीहरुको कुरो सुनेर केहि नबोली घर फर्कनु भयो, जेठाजु । 

घरमा खाने अन्न छैन । फल्न आँटेको अन्न नास भैसक्यो । लोग्ने घर छोडेर गएको अत्तो पत्तो छैन । झडकेला छोराको घरको पालिमा माग्नेको जस्तो बास छ । काख र कन्नामा ससाना छोरी छन् । हे भगवान ! मैले के गरु ?  मलाइ खटाइ नसक्नु भयो । मैले उनीहरुलाई बेस्सरी गालि गरे तिमीहरु अपराधी हौ । मेरो छोराको टाउको फुटाली दियौ ! तिमीहरु नै भाकल गरेर मेरो सन्तान मार्ने पनि तिमीहरु नै हौ ! त्यो धानको बोरा पनि तिमीहरुले गायब बनायौ । आज खेत डीगा फुकाएर फल्न लागेको बालीमा लगाई दिने पनि तिमीहरु नै हौ ।  तिमीहरुले बाउलाई के गर्यौ ? कि मारेर फाल्यौ ? किन खोज खबर गर्दैनौ ? हे भगवान, तिमीहरुले पनि छोरै छोरा पाए ! छोरा छोरीलाई खान दिन  नसकेर रुन परोस । भोकमरी लागोस ।

जसरि मलाइ लखेटन खोजेका छौ । एक दिन तिम्रा छोराले यहि घरबाट कुकुरलाई जस्तो गरि लखेटेको देख्न पाउ । हे प्रभु अब मैले खप्न सकिन । यो ठाउमा कहिले फर्किन नपरोस । लोग्नेले पनि यस्तो हालत बनाएर छोडे पछि यसरी म बाच्न सक्दिन । भन्दै सराप्न सम्म ति छोरालाई सरापेर । म अब बडियारमा फाल हालेर मर्ने निधो गरेर पटुका कसे ।  एका बिहानै गोठका डिगालाई फुकाई दिए ।  भाडामा भएको नुनलाइ खेतमा छरेर हे धर्तीमाता मलाइ बिदा देउ भनेर बिन्ति गर्दै एउटि छोरीलाई काँधमा र एउटी छोरी काखमा राखी आँशु पूछदै घरबाट निस्के । अँधेरे थियो । गाउले कसैले देखेनन । देखे पनि कठै भन्ने भन्दा के गर्न सक्थे र !  ओरालो लागेर बडियार झर्ने बाटो लागे । झिसमिसे बिहान हुन् लागेको थियो । बडियारमा पुगे । त्यहाँ पुगे पछि नित्य कर्म धर्म किन  छोड्नु भनेर नुहाए । सूर्यलाई अर्घ दिए ।

हे परमेश्वर मलाइ माफ गर्देउ । मेरा बाच्ने आधार सबै सकिए । म तपाइको शरणमा आउछु । मलाइ र मेरा छोरीहरुलाई आफुमा लिन गराउनुस । भनेर दुवै छोरीलाई काध र पिठ्युमा बोकेर नदि भित्र पसे । हेलिन नपाउदै एक जना मान्छे आएर च्याप्प पाखुरामा समातेर नदि किनारामा ल्याए ।  उनले मलाइ बेस्सरी हकारे, यसरि सन्तानलाइ नै घात गरेर आत्महत्या गर्न खोज्ने ? यो जघन्य पाप हो ! धेरै सम्झाए उनले । तिमि को हौ ? किन यस्तो पाप गर्न खोजेको ? डाको छोडेर रोए ? उनका अगाडी र  मैले मेरो सबै कुरो उनलाई बताए । वहाँ मान्छे त मेरो लोग्नेको मित हुनु हुदो रहेछ । मित हराएको सुनेर वहाँलाई नै खोज्न भनेर कुखुरा डांको संगै उठेर भन्ज्याङबाट हिड्नु भएको रहेछ ।

 मिताले छोरालाइ सापले टोक्दा फुकेर संच गराउनु भएको रहेछ । सापले तोकेको  बिष झार्ने देखि लिएर झार फुक गरेर संच गराउने, ओखति मुलो गरिदिने । यस्तो गाउमा सेवा गर्ने काम गर्नु हुदो रहेछ ।  मेरो बिहे हुनु भन्दा पहिले नै मित लगाउनु भएको रहेछ । मैले कहिले देखिकी थिइन् । आइ जाइ थिएन । वहाँ जातले कुमाल भएकोले बाहुनको टोलमा जाँदा मेरो अपमान हुन्छ । मेरो देवताले आफुलाई अपमान गरेको ठान्नु हुन्छ । त्यसैले म घरमा आएकालाई मात्र झारफुक गर्छु, भन्नु भयो ।

  मित मलाइ भेटन त आइ रहनी हुन्थ्यो । म मित मात्रै पनि होइन । म वहांको गुरु पनि हो । मैले धेरै मन्त्र साधना दिएको छु मितालाई । उनि मरेका छैनन् । मेरो बिध्याले उनि जहा गए पनि भोको मर्न पर्दैन । हिडनुस तपाइलाइ तपाइको माइतीमा लगेर छोडी दिन्छु । र मितालाई खोज्न मधेश झर्छु भन्नु भयो । तब मैले झल्यास्स सम्झे । माइतीमा मेरो बाबु छोरो छ । त्यो त मेरो प्राण हो, आवेगमा आएर आफ्नै छोरोलाइ बिर्सेर धन्न्नै हेलियर मरिन । हे भगवान मलाइ माफ गर । मिता संग डाको छोडेर रोए । 

वहांले एउटी छोरी बोक्नु भयो र मैले सानी छोरीलाई बोके । हामि सम्साझ देउराली भन्ज्यांग हुदै माइती पुग्यौ । हातमा टुकीको उज्यालो लिएर आमा ढोका अगाडी आउनु भयो ।  आमालाई देखेर मैले रोक्न सकिन र खुब रोए, खुब रोए,।  अँगालो हालेर भित्र लैजानु भयो । पिडीमा मिता थकाइले थाच्च बस्नु भयो । बा ले हेरेको हेर्यौ हुनु भयो । दाइ भाउजु छेउमा उभिएर आश्चार्य मानेर मलाइ नै हेर्नु भयो । 

 

********