११.

 

सम्पत्ती छोटो भएकै कारणले हो भनौ या मेसो नमिल्दै छोराहरुले अंश माग्दा भएको हो ! अथवा काहिला जेठाजुको सम्पत्ती अरु भाइको हिस्सामा मिलाई दिएर होस् । वा जिम्माल जेठाजुले भाइले आफुलाई असहयोग गरेकोले प्रपन्च गर्नु भएको हो ?  मैले बुझ्न सकेकी थिइन र केहि अन्दाज गर्न  सकिन  । यी छोराहरुलाई छुट्याई दिएर,  मलाइ र मेरा सन्तानलाइ  घरबाट बेघर बनाइ यी नाबाल्खको यो दशा पार्नु भयो । मलाइ  चित्त दुखेको थियो । खेतबारी भन्दा पनी बास चाहिएको थियो, मलाइ र यी मेरा ससाना सन्तानलाई बास । के गर्नु समाजले गरेको निर्णय, मेरा बुढाले पनि झडकेला छोरालाई घरबाट निकाली  सानिमाले भन्ने आरोप लाग्छ, भनेर मलाइ थामथुम पार्नु भयो । 

*** 

०७ सालको प्रजातन्त्र आन्दोलन भयो । भनेर गाउ भरि हल्ला थियो ।  अब जिम्माली प्रथा जान्छ रे ! अब कांग्रेसका बिपी भन्ने नेताले सरकार चलाउछन रे ! मैले त्यति खेर न यस्ता कुरा बुझ्थे, न थाहा थियो, प्रजातन्त्र र कांग्रेस भन्ने के हो ? भन्ने कुरा जाबी अनपढ आइमाइले बुझ्ने कुरो थिएन । एक दिनको कुरो थियो । दुइ चार जना राइफल बोकेका मान्छे र आठ दश वटा सेता काला घोडा चडेर लगभग बिस जना मान्छे जिम्मालको घरमा पसे । साच्चै ति मान्छे कांग्रेसका रहेछन ।

जिम्माल जेठाजुलाई पिर रहेछ, अब कांग्रेस आएपछि मेरो जिम्माली गैहाल्छ ! भनेर । तर जेठाजुले ति मान्छेलाई ठुलो सत्कार गर्नु भयो । गाउ भरि बाट खसी बोका कुखुरा रासन पानि उठाएर ख्याएर र केहि दाम पैसा समेत भेटि चढाएर बिदा गर्नु भयो । वहाँको जिम्माली बरकरार  राकिदिने बचन दिए रे !  कांग्रेस गाउमा आउदा गाउलेको रासन पानी ससि बोका रासन पानीको सत्यानास बनाउदा रहेछन । आफै राजा हूँ जस्तो गर्दै, सबै गाउलेहरुले निहुरेर नमस्ते गरे । त्यसपछि ति कांग्रेस भन्ने घोदसवार हाम्रो गाउमा कहिले आएनन । त्यति खेर पनि हाम्रा बुढाले जिम्माका पाहुना आउदा हाम्ले किन रासन पानि रसद उठाएर दिने ? भन्दै दिनु भएको थिएन । यो कारणले गर्दा पनि जेठाजु अल्लि आफ्नै भाइसंग  रिसाउनु भएको थियो । प्रजातन्त्र आए पनी जेठाजुको जिम्माली कायमै थियो । गाउ भरि राणालाइ राजा मान्नेहरु अब काङ्गेस भैसकेका थिए । कोइ कोइ त जिल्लैका नेता हुँ भनेर, हैकम चलाउथे । 

****

त्यो रिटायर्ड लाहुरे बस्नेतले यो जिम्माललाइ काटछु, भनेर हातमा तरवार लिएर घरभित्र थुनेर राखेको थियो । हातमा तरवार  लिएर जिम्माल्को घर आँगनमा नाचेर बस्यो । जिम्माल जेठाजु, दिदि घरभित्र आग्लो ठोकेर मात्रै बच्नु भयो,  नत्र काट्ने थियो   । त्यतिखेर कसैले हिम्मत गरेनन, बस्नेतका हातबाट तरवार खोस्ने । मेरै बुढोले कोशिश गर्नु भयो । बस्नेत त  मुर्ख पनि हो, उ बहुलाई सकेको थियो ।  जिम्माल कान्छा तिमीलाई भनेर छोडी दिएको हो । मेरो नजिक नआऊ ।  अरुलाइ भए यतिखेर मैले काटी सकेको हुन्थे । बुझ्यौ । यो फटाहालाइ नकाटी छोडदिन भन्दै घरका झाल ढोकामा तरवार हान्थ्यो । भाइ भाइमा हुने ससानो  मन मुटाव  जसको घरमा पनि हुन्छ । अफ्ठ्यारो परेको बेलामा काँध हाल्नु पर्छ, भन्दै । मेरो श्रीमान बाग्लुङ्ग अड्डामा गएर राइफल सहित पुलिस लिएर  आउनु भयो, । कसैले हिम्मत गरेका थिएनन । बस्नेतलाई पाता  कसेर लगे र जेठाजु घर बाहिर निस्कान पाउनु भयो । यसरी दाजुलाई बचाउनु भएको थियो, मेरो बुढाले । त्यसपछि बल्ल भाइभाइमा बोलचाल फुकेको थियो । 

यी मेरा झडकेला  छोराहरुको छुट्टीने  बेला भएकै थिएन ।  ब्यबस्था मिलाएर अब छुट्याउन पर्यो भनेर भन्दै हुनुहुन्थ्यो । यत्ति जाबो सम्पतीले यिनीहरुलाई खान पुग्दैन । बरु बेचेर तराइ झर्न पर्यो । हुन् त तराइमा हैजा लागेर दिन दिनै मान्छे मरेका मर्यै छन् रे ! यस्तै सुनेकी थिए ।  तर पनि हाम्रो अंश बेचबिखन गर्न पाएनौ । त्यो पनि जिम्माले नभने सम्म कसैको घर जग्गा कसैले न किन्न सक्थे, न त बेच्न सक्थे । बुढाले खेतबारी बेची मधेश झर्न सक्ने अबस्था रहेन । सुकुम्बासी भएर म जान्न भन्नु भयो । मेरा बर्शौटे सन्तान नै चाडै छुट्टीने कारण बन्यो । मैले छोरा पाइहाले, जेठी पट्टिका छोरालाई अंश खोट्टिने डरले मेरो यो अबस्था आयो हे भगवान के गरौ । छोरो समातेर लिएर गएका लोग्ने फर्केर आएनन । यता मेरो  काखमा छोरी छ, पिठ्युमा अर्की छोरी छ । अनि पेटमा अर्को बच्चा छ । यहि पेटको बच्चा भएकोले भएकोले फेरी छोरो भए अंश घटछ भन्दै जोर जुलुम गरेर छुट्टीभिन्न गर्न गाउ सम्माज गुहारेर छुट्टी भिन्न  भै छाडे । मैले मेरो कर्मलाई धिकार्नु भन्दा कुनै उपाए थिएन । 

 

एक दिन दुइ दिन हुदै हप्तौ भयो । वहाँ फर्केर आउनु भएन । म हलचल गर्न सक्ने अबस्थामा थिइन । छोराहरुलाई भने लौ न बाउ लाइ खोज्न जाउ ! उनीहरु जान्थे,  हामीले पत्ता लाउन सकेनौ । खैरेनीबाट माथि लागेको भन्ने थाहा पाइम । बाउ त ससुराली पुग्नु भए होला । भन्दै  हास्दै आए । मलाइ  आश्चार्य लाग्यो । ससुराली गैर यति धेरै दिन किन बस्या होला ? गए पनि फर्की हाल्न पर्ने हो । गोठ डीगा छन् । मेरो  हालत छ, किन नसोच्या होला ! केहिसिप लागेन र जिम्माल भिनाजुलाइ बिन्ती बिसाए । जसरीनी भाइको  खोजी गरिदिन ।  वहाँले मेरो माइतीसमा गएर भाइको खबर ल्याउनु भनेर एक जना मान्छे खटाउनु भयो । हुन् त भिनाजुले मलाइ माया गर्नु हुन्थ्यो । तर भाइसंगको ब्यबहार र मेरा झडकेला छोरासंगको रुझानले सकभर दिदि भिनाजु भनेर जान मन लाग्थेन, मलाइ  । जति सुकै नजिकको नाता भए पनि पद र पैसा भएको आफन्तले आफ्नैलाई पनि सानो देखेर हेप्छन भन्ने कुराको बोध हुन थालेको थियो । सम्पत्ती नहुनु भनेको सबै आफन्तबाट पुछिने रहेछ । आफ़न्थहरु भनेका गहना जस्तै रहेछन । बाहिबाट हेर्दा मात्रै झल्किने ! सायद आफुले त्यस्तो सोचेर हो कि ? तर के गर्नु । तर पनि जिम्मालले जे भन्यो गाउमा वहाँकै सबै चल्थ्यो । 

अर्को दिन भिनाजुले खटाएको मान्छे खबर लिएर आयो ।  वाहाँले छोरालाइ केहि समय यहि राखी छोडछु । ससाना नानि काखमा भए अलि गारो  पर्यो । म दुइ  महिनामा लिन आउछु भन्दै त्यो दिन बसेर फर्कनु भएको हो  रे ! अब झन् मलाइ पिर पर्यो ।  बर्षामास  बाटोमा लडेर बडियारमा खस्नु भयो कि ? मेरा झडकेला छोरालाई रुदै बाउको खोजि गर न भन्दै बिन्ति गरे । उनीहरु ढुक्क हुदै भने बा मदेश झर्नु भएको होला ? बुटवल किन कान गरेर फर्कनु हुन्छ क्या ! न आत्तिनुस आमा भने । तर मेरो मनले मानेन । नभनिकन त नजानु पर्ने ? मेरो यस्तॊ हालत छ ! मन भरि केहि भयो कि भन्ने आशङ्काले घेरी रह्यो । एक एक दिन गर्दै महिना दिन नाघ्यो । वहाँको केहि खोज खबर भएन ।

हाम्रो हिस्साको भैसी थाकेको थियो । छोरीलाई दुध ख्याउन धौ धौ पर्न थाल्यो । तर पनि छर छिमेकबाट थोर बहुत मागेर जेन तेन गर्दै थिए । दुध नदिए पनी भैसीलाई घास खुवाउने पर्यो । ठुली छोरीकै दादिमा सुताएर घाँस काटन गएकी थिए । सानी छोरीलाई संगै लगेकी थिए । घाँसको भारि माथि छोरीलाई राखेर घर आइ पुगे । ठुली छोरी रुदा रुदै घाती सुकी सकेछ । गु मुत्मा लतपतिएकि थिइ ।   घरमा कोइ रहेनछन ? मूल ढोकामा चाबी लगाएको  रहेछ ? घरमा कोइ नभए पछि छोरीको कसले ख्याल गर्दिन्थे र ? अन्नको नाममा  एक बोरा धान बचेको थियो,  यो खेति उतार्न्जेलको लागी ! त्यो पनि पालीबाट गायब छ ? पहिला त मैले सोचे, सासुलाइ त्यति गर्दिउ भनेर पल्ला घर ढिकीमा लगेछन कि भन्ने लाग्यो । हत्तपत्त छोरीलाई सफा गरि आफ्नो दुध क्ग्याए र पल्लो घर गए । त्यहा कोइ थिएन ! 

अब भने मलाइ शंका लाग्यो, यो अन्न कसैले चोर्यो ?  साँझ घरमा छोरा बुहारी आए । मैले धानको बोरा कहाँ लग्यौ, कसले लागेछ,  भनेर सोधे ? उनीहरु  मलाइ नै खाउला जस्तो गरेर हाम्लाई चोर लाउने ! भन्दै बम्केर पिटलान जस्तो गरे । अनि घरको ढोका ड्याम्म गर्दै ढोका बन्द गरे । खाने खर्च सकिएको थियो । पालीमा घुसारेर राखेका मकैका झोता थिए । त्यहि एउटा झोताबाट दुइ चार घोगा निकालेर छुडाएर भुटे । त्यहि मकै मुखमा चपाएर छोरी खुवाए । त्यहि भुटेको मकै मकै र पानि टन्न खाएर सुत्न खोजे । छोरीको पेट भरिएको थिएन । रातभरी रोइ रही ! 

****