१०. 

 

बिस्तारै सबै कुरा चलि राखेको थियो । एक बर्ष नबित्दै मेरो पेटमा गर्भ रह्यो । घरमा अर्की कान्छी बुहारी पनि आइ सकिकी थिइन् । गाउ भरि हल्ला भएछ । यस्तै छाँट हो भने कान्छीले त अब बर्शौटे छोरा छोरी पाउछे  ! भर्खर की छे राम्री छे \ यो कुरा छोराका ससुरालीमा समेत पुगी हाल्यो । त्यो थाहा नपाउने कुरै थिएन । काहिली जेठानीले थाहा पाउनु भएको रहेछ । कान्छीसासुले बर्शौटे छोरा पाई भने हाम्रा ज्वाइको अंश खोटिन्छ । अहिले खान पुगेर के गर्ने पछि त्यहि सम्पत्तिमा भागबण्डा लाउने हो । यी हाम्रा ज्वाइले बाहिर गएर कमाएर सम्पत्ति जोडने हैनन् क्यारे ! कुनै हालतमा  छोरा नपाउने, यदि पाई हाले पनि नबाच्ने गराउन कुराको उपाए खोजे रे । उनीहरुले पन्चवलीको भाकल गरेका छन् रे ! यो भाकल गरे पछि छोरा जन्मीदैनन रे ! जन्मी हाले पनि बाच्दैनन रे । यी कुरा मैले थाहा पाइकि थिए । पधेर्निहरुले एक आपसमा खुसुर फुसुर गरेका थिए । 

मलाइ भाकल गरेर यस्तो हुन सक्छ भन्ने कुरा थाहा पनि थिएन । जेठानीले मलाइ      बिश्वास पनि थिएन । हुन त मेरा लोग्नेलाइ थाह नभएको होइन । वहांले पत्याउनु भएन, 

गाउँले महिलाहरुले भन्दै थिए, भाकल काट्नको लागि आफूले फेरी  भाकल गरेर उल्ट्याउनु सकिन्छ रे । भाकल गरिसकेपछि भाकल पूरा नगर्ने हो भने आफूलाई ठूलो   हानि हुन्छ रे,  त्यसैले मैले केही निर्णय गर्न सकिन ठिक एक वर्षपछि म फेरि सुत्केरी हुने समय आयो । म प्रसव बेथा ले छटपटाई रहे, अघिल्लो दिन  देखि पेटको बच्चा चल्न छोडेको थियो । रगत बग्न थाल्यो, लामो प्रसव बेथाले मलाई यस्तो लाग्दै थ्यो कि अब म बाँच्दिन ! न अस्पताल थियो न डाक्टर मसँग काहिली जेठानी मात्रै एक सहारा हुनु हुन्थ्यो । बुहारीहरू अधकल्चा उमेरका थिए । फेरी उनीहरुबाट सहयोग होला भन्ने पनि ठानिन । उनिहरु मैले छोरा जन्माएर आफ्नो अंश खोटिंछ भन्ने कुराले पिरोली रहेको कुरा गाउलेबाट मैले थाहा पाइकि थिए । जेठानीको बच्चा भएका थिएनन् । त्यसैले सुत्केरीको न अनुभव थियो । न सुत्केरी गराउने तरिका नै थाहा थियो । गाउँकी एक जना बुढी आमालाई बोलाउनु भयो, जेठानीले। वहाले हात हालेर बच्चालाई निकाली दिनु भयो । के गर्नु त्यही समयमा लोग्ने नून ल्याउन बुटवल झर्नु भएको थियो । लोग्ने नभएकै बेला मर्छु क्या हो ? भन्ने लागेको थियो । साच्चै नै मेरो गर्भमा छोरा रहेछ  । आफूले नौ महिना  गर्भमा राखेर जन्मिसकेको छोराले  सास फेर्न सकेन, भर्खरै बोल्छ की जस्तो थियो । सुढेनी बज्यैले हल्लाएर तल माथि पार्नु भयाे। चल्दै चलेन । न त रोयो । 

मेरो दोश्रो गर्भको छोरो जीवित  थिएन । जिउँदो जन्मिन सकेन,  जन्मदै   मरेको जन्म्यो ।   मलाई असाध्यै पिर पर्यो । साच्चै नै उनीहरुको भाकलले मेरो छोरो खाइ दिए । भनेर रुनसम्म रोए । काखमा   बाबु थिदै थियो ।  गाउँमा हल्ला भयो । मेरो छोरो जन्मदै मर्यो, भनेर । यी कान्छीका बुहारी र माईती अधर्मी रहेछन् , भाकल गरेर मराए। भनेर मलाई पनी भने । म केही बोलिन । मेरो भाग्यमा जे लेखे होला त्यही भोग्ने छु । मलाई लाग्थ्यो । भावीले लेखेको के मेटिएला र ? हिमा दिदीले शान्तन्वा  दिन आउनु भयो। मेराे मुटु चुँडिएको थ्यो । म के नै गर्न सक्छु र । जिम्माल जेठाजुले मृत छोराको सतिगती गराउन माँछे खटाउनु भयो । अर्को दिन मेरो लोग्ने घर आइपुग्नु भयो । वहाँ पनि दुखी हुनु भयो । यो सब सुनेर । पहिलाकी पत्नी पनि सुत्केरी हुन नसकेर मरेकी हुनाले, धन्यै मेरो ज्यान बचेको कुराले पिडामा अलिकति भए पनि शान्त  हुनु भयो । बाबु भएको हुनाले मेरो हृदयबाट बगेका दुध खेर जान पाएन । त्यसपछि  म बर्शौटे सुत्केरी हुदै दुइवटा छोरी जन्मिए । म बिस बर्षकी नपुग्दै चारजना सन्तान जन्माई सकिकी थिए । 

स्वास्नी मान्छे भनेको सन्तान जन्माउनकै भगवानले बनाएका रैछन जस्तो लाग्थ्यो । जिउ बिस्तारै कम्जोर हुदै गैरहेको थियो । ससाना सन्तान भएकाले घास दाउरा बाहिर फेराका काम मेरालागि बन्द भैसकेका थिए । दुइ जना बुहारी, जेठानी अनि म गरेर आठजनाको परिवारमा थियो । स्वास्नी मान्छे एउटै घरमा एउटै घरमा भान्छामा अटाउन सक्दैनन् रे ! भन्नु हुन्थ्यो मेरी आमाले । बिस्तारै कसले पकाउने ? कल्ले मिठो पकाउने ? कल्ले फोहर गर्यो ? फलनाले पकाएको खाना मिठो भएन ! यत्तिकैमा काहिला जेठाजु बिमारी हुनु भयो । अलि अलि तंग्रिन थाल्नु भएको थियो । छोराहरुले अंशको कुरा गर्न थाले । जिम्माल भिनाजुसँग मेरो बुढोको सम्बन्ध बिग्रदै गएको थियो । मेरो बुढोले पनि म पनि जिम्मालाकै छोरो हुँ । दाइले हामीलाई रैती जस्तो ब्यबहार गर्नु हुन्छ !  गाउका मान्छेले आफ्नो जग्गा छेउको जग्गा हाम्रो नाममा गर्न नदिएर जिम्माल आफैले दर्ता गरेका छन् । लौ न जिम्माल कान्छा कमसेकम हाम्रो आँठो मिलेको जग्गा त हामीलाई मिलाउन पर्यो । परेको राजस्व तिर्ने थियौ भन्दै कयौ पटक आएका थिए । अरु भाइले जिम्मालीबाट खासै फाइदा लिन पाएका थिएनन । दुइ तिन भाइलाई जिम्माल्ले आफ्नो हातमा लिनु भएको थियो । अड्डा अदालतको काम काज मिलाउने प्यादाको रुपमा, कोइलाइ पोत उठाउने नाममा । वहाँले गाउभरिका सरकारी जग्गा आफ्नै नाममा गरेर सयौ मुरी धान फलाउनु भएको छ । गाउलेको कुरालाइ दाइसंग भन्नु भयो । यसो गर्दा गाउले ले तपाइँलाइ घृणा गर्छन । अगाडी भन्न नसके पनि पछाडी कुरा काटिरहेका छन् । भनेर गाउलेको पैरवी गर्नु भयो । यसो गर्दा जेठाजुलाई लागेछ । यो मेरो विरुध्दमा गाउले उठाउन खोजेको सम्झनु भएछ । जेठाजुले मेरो बुढोलाई नराम्रै सोच्नु भएको रहेछ । जिम्मालको खेति लगाउदा गाउलेले बिना ज्याला पारिश्रमिक लिएर लगाई दिन पर्ने । खेति स्याहार दिन पर्ने । हाम्लाई पनि यहि नियम लाग्थ्यो । वंहालाई लागेछ । हामि यसै रैती उसै रैती भनेर रोपाइको दिन हल गोरु खोलि दिएर आज देखि जिम्मालको घरमा बिना ज्याला कसैले काम नगर्ला भनेर डाको हाल्नु भएछ । हामीलाइ ज्याला चाहिन्छ । हाम्रो श्रम सित्तैमा दिदैनौ भनेर गाउले हरुले काम रोकेछन । त्यस दिनदेखि दाइ भाइको बोलचाल बन्दै भएको रहेछ । गाउमा जिम्मालकै कानून चल्थ्यो । सबै गाउलेहरु डरले करले जिम्माल्को कुरा मानि हाल्थे । आखिरमा जिम्मालाको लागि भाइ तारो बन्नु भयो । 

भिनाजुले मलाइ बोलाएर भाइलाई राम्रोसंग संझाउ साली, यसले मलाइ बदनाम गराउने भयो । मैले उसलाई यसो आम्दानि  हुने काम लगाई दिम्ला भनेको उल्टै मेरो काममा अडंगा लगाएर हिडन थाल्यो । हैन यसले यस्तै गर्यो भने नराम्रो होला है !मैले सम्झाएर मानेन । म केहि नबोली घर आए । मैले बुढोको अगाडी भिनाजुले भनेका कुरा त भने तर वंहालाई यसो गर्नुस यसो नगर्नुस भन्ने न मेरो बुद्दि थियो । न मैले सल्लाह दिन नै सक्थे । वन्हालाई सबै  गाउलेहरुले मन पराउथे । गाउमा परेको बेला सर सहयोग पनि गर्नु हुन्थ्यो । घरमा बुहारी जेठानी बिचको कुरा अंशका कुरा निस्किरहेको बेला हाम्रा यी दुवै छोराहरुले यहि मौका छोपेर अंश हाम्लाई चाहियो । भनेर जिम्माल कंहा उजुरी गर्न पुगे । यता काहिलो जेठाजुका सन्तान भएका थिएनन, छुट्टिए पनि मेरी सौता दिदि बितेपछि ससुराबुवालाई स्याहार गर्न खाना पकाउन आपती परेर बुवा ससुराले सगोलमा मिलाउनु भएको थियो रे । 

भीनाजुले सोच्नु भएछ । काहिला जेठाजु को सन्तान हुन् नसकेकोले त्यो सम्पत्ती भाइले पाउदा यसलाई दवाउन सकिन्न भन्ने लागेछ । पहिलो प्रहार उनीहरुलाई अर्को भाइसंग मिलाएर राख्न लगाउनु भयो । यसरी हाम्रो सगोलको सम्पत्ति आधा घट्यो । यो कुरा छोराहरुले बुझेनन् । उनीहरुलाई मात्रै के लागिरहेको रहेछ कि यी सौतिनी आमाले छोरा पाई भने हाम्रो अंश चोइटिञ्छ । यहि डर थियो । त्यो भाकल गरेर छोरा जन्मिओस, जन्मिहाले पानि छोरी नै जन्मिओस । भनेरै भाकल गरेका थिए, पहिला  ।

 बर्षा मास थियो । छोराहरु तम्सेका थिए । चाडै छुट्टीइ हाल्न पर्यो भनेर । म फेरी दुइ जिउकि भैसकिकी थिए । यो मेरो पाचौ सन्तान हुने वाला थियो । उनीहरुले जोतिशीलाइ हेराएछन । ज्योतिषीले यसपाली त छोरै जन्मिन्छ । त्यो तिमीहरुले रोकेर रोकिन्न । उनीहरुले रोकेर के रोइन्थ्यो र ! मैले त अब जन्माउन्न भनेर त रोकिएन । आज जस्तो जमाना कंहा थियो । जति सन्तान भए पनि इश्वरका बरदान हुन् भनेर थापिन्थ्यो । त्यतिखेर । रोक्ने कुनै उपाए थिएन । कसिले गर्भ तुहान खोजे आइमाइको ज्यान नै जान्थ्यो । न अस्पताल थियो , न त डाक्टर बैद्य झार फुकले मन बुझाउने मात्रै थियो । 

अनन्त : जिम्मालले अंश लगाउन गाउले जमा गर्नु भयो ।वन्हाहरुले बुढो घर दुवै छोराको हिस्सामा पार्न भन्नु भयो । गोठ छोरा र बुढाको अंशमा पर्यो । गाउले र जिम्माल भने छोरालाइ  घर नदिए सौतेनी आमा भएकोले घरबाट निकाले भन्ने आरोप लाग्ला ?  तिम्लाई भनेर मतिर फर्केर भनूभयो । यो बर्ष घर नबनुन्जेल पालीमा बस्न पाउने, तत्पक्ष्यात घर छोड्न पर्ने गरि सबै सम्पत्ति आधा आधा बाडियो । आजि का दिन देखि घरको पालीमा बास बन्यो । आधा पालि बारेर एउटा कोठा बनाइम , छेउमा ओदान राखेर चुलो, आफ्ना भागमा परेका बस्तुभाउलाइ घाँस चुलो बाल्न दाउरा, मेरा काखमा तिन सन्तान, बुढालाई यी सबै कामले हैरान हुनु भएको थियो । मेरो छोरो बाबुलाई केहि थाहा थिएन \ घर भित्रै पसेर दुध निकालेर खाइ दिन्थ्यों । उसलाई छुट्टेको के थाहा । उ सुत्न  भित्रै जान खोज्थ्यो । हाम्रो कोठामा जान्छु, हिडनुस बाबा हाम्रो कोठा जाम भन्थ्यो । हेर्नुस न दाइहरुले ढोका लाएर हाम्लाई बाहिर पार्नु भयो । भाउजुहरुले मलाइ माया नि गर्नु हुन्न किन ? आमा भनेर पटक पटक सोध्थ्यो । छोराले । म एक तमासले आँशु खसालेर उसलाई हेर्थे । 

बुढाले जनतन रिन  गरेर गोठालाइ बारेर हामीलाई सार्न खोज्नु भयो । वहांले ऋण पाउनु भएन । जिम्माल को स्वीकृति बिना ऋण धन गर्न पाइन्थेन । बुढालाई कसैले पत्याएनन । आफुसंग पैसा थिएन । आफु जिम्माल्को कान्छो छोरो भएर सानले बसेको मान्छे आज भिजेको बिरालो जस्तो भैयो, भन्दै निरास बन्नु भयो । धेरै दिन देखि चुपचाप गुमसुम हुनु भयो । कसो कसो खेतिपाटि लगाइयो ।  मैले पालीमा खाना बने राखेकी थिए । सम्साँझ पर्न लागेको थियो । बाबुले भित्र कुढेमा दुख देखेछ । मलाइ भोक लाग्यो । भन्दै कतौरा लिएर भित्र गइ दुध निकालेछ,  तेती खेरै तेरीमा दुध चोरेको भनेर कचौरा दुध खोस्न खोजिछिन उसले नाइँ मैले खाने हो भन्दै मानेन र त्यहि धकम्धकामा मूल ढोकामा  बाबुको टाउको बजारिन पुग्यो । बाबुको टाउको फुटेर रगत मझेरी भरि छरियो । त्यति खेर नै बुढा घरमा के पस्नु भाथ्यो त्यो त्यो देख्नु भयो । बुढाले केहि बोल्नु भएन  र बाबुलाई च्याप समातेर उसको  टाउकोमा कपडा बाधेर बाहिर निस्कनु भयो ।  

क्रमश :

 

0000000