बिहानै उठिन जुना दैलो कुचो बढार कुंडार गरिसकेपछि लिपपोतको धन्दा गर्न थालिन त्यो काम सकेर चक्रपानिले पधेरोसम्म पुराउन गए । जुना संग चक्रपाणिलाइ देखेर पधेर्निहरुले जिस्काउदै भन्न थाले :” हैन हो जिम्माल कान्छा बाजे स्वास्नी लैदिन्छन कि भनेर अंग रक्षक बनी आया छौ क्या हो ? “ याँहा त पधेर्नी मात्रै हुन्छन है ! के को डर मान्या हो ? जुनाको पहिलो दिन भएकोले चक्रपानिले आफ्नी स्वास्नीलाई पानी भर्ने पधेरो देखाउन गएका थिए । 

 त्यहाबाट नुवाइधुवाइ सकी पानि गाग्रीमा फरेर डोकामा नाम्लो लगाई जुनाले पानी घरमा ल्याइन । लोग्नेलाई नुवाउन पानी बाल्टीमा खन्याइदीइन । अनि  फेरी पधेरोमा गएर गाग्री भरि  पानी  ल्याइन । त्यतिन्जेल चक्रपानिले हर हर गंगे भन्दै नुवाउदै थिए । गाग्री बल्ल बल्ल चक्रपाणिको सहयोगमा बिसाएर राखिन । जिम्माल कान्छाले पाञ्चायन पुजा गर्न थाले : धुप बत्तिको सुगन्ध आइरहेको थियो भने संस्कृतका श्लोक गुञ्जिएको थियो ।  अब खाना पकाउनु भान्छामा पस्नु थियो, जुनालाई  । लोग्ने मान्छेले भान्छा पकाएको ठाँउमा न भाँडा कुडाँ नै सफा थिए । न त ठाउ थात्मा नै थिए । जुनालाई चित्त नबुझेर सबै भाडा बटुली जुठेल्नुमा लगेर मस्काएर माझिन । भाडाले जुनी फेर्यो । टिलिक्कै टल्यो । 

बारीमा टिप्न टापन गरि एक मुठो साग जमा गरिन । जुनाले  तरकारी दाल भात पकाउन भान्सातार गरिदीइन शुरु गरिन । चक्रपानिले गाइ दुहेर कराइमा खन्याए र ठुलो ओछ्यान बसी जुनालाइ दुध तताउन भने । त्यो सून्य घरमा साच्चै नै लक्ष्मी घरमा पसेको अनुभूति भैरहेको थियो, चक्रपानिलाई । स्वास्नी बितेका पनी एक दशक नाघी सकेको थियो । झल्झल्ती आफ्नी अघिल्ली पत्नीलाई पनि सम्झीए । बेथा सानो थियो । उनलाई बचाउन सकिएन भनेर पिर हुन्थ्यो घरीघरी । न अस्पताल नै थियो त्यो पहाडी गाउँमा न त डाक्टर नै । लागो भागो, अलिअलि जरी बूटी गरेकै हो । केहि गरेर पनी भएन  ! बिगतका कुरामा अल्झिएर टोलाई रहेका चक्रपाणि, जुनाको ‘भान्छातार भयो, अब पकाउन आउनुस  “ भन्ने आवाजले झसंग भए । 

चक्रपाणि दंग थिए । आज घरमा लक्ष्मी पसेर उनीकै हातबाट बनाएको खाना  खान पाउँदा कस्तो हुने थियो । बिचार आयो ।   बरखी बसेकोले आफैले पकाउने पर्ने कुरालाइ उनले आफैले बिहे गरेर ल्याएको पत्नीले चोखनित गरेर पकाएको खाने निधो गरेर जुनालाई नै पकाउन लगाए ।  

जुनाले चक्रपाणीलाइ ख्वाई सकेर मात्र, भान्छामा आफुले भाडा  पुछपाछ गरी खाइन ।  चुलो चौको सिध्दाएर गाइ भैसीलाई घास काट्न खर्यान जान पर्ने थियो । चक्रपाणिले जुनालाइ लिएर आफ्नो भागको खर्यान चिनाए र घाँस काट्न लगाए । आफु भने केहि डाले घाँस रुखमा चढेर एक भारी बनाए । चक्रपानिले यसो जिस्काउन थाले भने लाजले मुन्टो झुकाउथिन ।

 भर्खरकी जुना आफु जिस्कन पनि नसुहाउने भन्ने लाथ्यो चक्रपाणिलाइ । घाँसको भारि गोठमा राखेर गैरी खेतमा झार गोडन जानु थियो ।  खेतको काम सकेर घर आउन  पाएको छैन, बर्खे पानीले भीजाई छाड्यो । पहाडको ठाउँ त्यसै त जाडो हुने अझ पानिले निर्थुक्कै भिजेपछि, काम्दै दुवै घर भित्र पसे । कपडा फेरेर आगो फुक्दै, आफु न्यानो हुँदैमा  भान्साको काम सकियो । खाइवरि सुत्ने मेसो गरेर बिस्तारामा पल्टिए । 

जाडो थियो, अझ पानीमा भिजेको  बिस्तारै रात ब्त्दै थियो ।  न्यायो हुदै थियो । जुना चक्रपाणिसंग टासिन पुगीन । निदाएकि जुनालाइ चक्रपानिले बिस्तारै अँगालोमा बेरे, ऎठन भए जस्तै भयो जुनालाइ  छटपटाइन, सरिर तातियो । केहीबेरको बेचैनीपछि चक्रपानिको काखमा जुना निदाइन ।

क्रमश :