हामीले सबभन्दा पहिले यी चार कारण मध्ये पहिलो कारण विषाक्त पदार्थ Toxin के लाइ भनेको हो ? भन्नेबाट बहस शुरु गरौ । toxin भन्ने कुरा बुझ्नु आबश्याक छ । toxin भनेको एक किसिमको मन्द बिष नै हो । जब सरिरमा toxin को मात्रा अत्यधिक हुन्छ ।  सरिरले त्यसलाई धान्न सक्दैन भने हामि बिमारी बन्न पुग्दछौ उस्तै परे मर्न बेर लाग्दैन । कुनै पनी रोग लाग्न को लागी कुनै न कुनै कारण नभैकन रोग लाग्दै लाग्दैन । के कारणले गर्दा हाम्रो सरिरमा toxin ले प्रवेश पाउदछ ? यो पनि एउटा महत्पूर्ण प्रश्न हो ।

 एउटा कारण मध्ये हामीलाई के के विषाक्त पदार्थ toxin हो भन्ने कुराको ज्ञान  छैन । हामीले जे जति लोभ लाग्दा मिठा खाने कुरा भेट्यो कि खाइ हाल्छौ, के कुरा खानाले  सरिरमा टोक्सिन बन्न पुग्दछ । कुन चिज खानेकुरा toxin  हो भन्ने कुराको न त अध्ययन छ न त ज्ञान  नै छ । त्यहि खानाको कारणले हाम्रो सरिर विसंच हुन् पुग्दछ । अनि डाक्टर कहाँ जान्छौ, डाक्टरले केहि औषधि लेखिदिन्छ । केहि आफै जान्ने भएर औषधी आफैले किन्छौ । यो त दवाई हो  । साच्चै बाहिर देखिएको रोगको लक्षणलाइ दवाउनु नै यसको काम हो । त्यसैले मान्छेले औषधिलाई दवाई भनेको होला ! निको पार्ने यसको काम त होइन ।

हरेक दवाइको साइड इफेक्ट त भै नै हाल्छ । अनि त्यहि साइड इफेक्टबाट सृजित अर्को लक्षणले  फेरी औषधिको डिमाण्ड आउछ । फेरी  अर्को औषधि गर्दा गर्दै, जे जे सरिरमा देखा पर्दै गएका रोग अथवा लक्षणको आधारमा औषधिको एउटा सर्कल बन्न पुग्दछ । दवाइहरु भनेको रोगको लक्षणलाइ दवाउन प्रयोग भएको हो । यी दवाईबाट रोगबाट मुक्ति पाउन सम्भावना नै छैन । यसको प्रयोगले हामीमा भएको इम्यून रोग प्रतिरोधात्मक शक्ति क्षण हुन पुग्दछ ।  त्यसपछी जुनसुकै भाइरस, ब्याक्क्टेरियाले सजिलै हामीलाई आक्रमण गर्न सक्षम हुन्छ । बिसौ बर्ष देखि एउटै ब्राण्डका औषधि बेचिराखेका छन् । कतिपय भिटामिंसको नाममा, कतिपय फूड सप्लिमेंटको नाममा, ब्यापार गरि राखेका छन् । न यी औषधि निर्माताहरुको नियमित  अनुगमन नै भएका छन् । कतिपय औषधी खाएकै कारणले मान्छेको मृत्यु भएको छ । एउटा बिमारी मर्यो भने कहिँ औषधिको कारणले मरेको हो कि भन्ने कुनै अनुसन्धान संसारको कुनै ठाउमा भएको देखिदैन । त्यस्तै फुड आइटमको हालत त्यस्तै छ । अहिले अमेरिकामा केहो बेबीमिल्क को कारणले बच्चाहरु मरेको हुनाले केहि ब्राण्डका बच्चाको दुधका डिब्बालाइ बन्द गराएको छ । 

ठुलै दुर्घटना भइ  केश दायर नगरे सम्म बिकसित मुलुकमा त यस्तो हालत छ भने हाम्रो नेपालमा त के कुरा गर्ने र ! यो धन्दामा त ब्रह्म लूट नै छ । संसार मै प्रत्येक बर्ष लाखौ मान्छेहरु औषधि कै कारणले मर्दछन । धेरै मान्छे त खानको कारणले बिमारी पर्दछ अनि मर्दछन । जुनसुकै औषधि पनि केमिकल नै हो । सरिरमा केमिकल पुर्याउनु भनेको बिष सेबन गरे बराबर हो । अब हेर्नुस आजकलको खानामा केमिकल नमिसिएको कुनै खाना होला ? असम्भव जस्तै भयो । अर्गेनिक, प्राकृतिक अन्न कहाबाट पाउनु । 

गाइ पालन  गर्ने व्यवसायीले बढी दुध निकाल्न गाईलाई अनेक केमिकल युक्त भिटामिन ख्वाएर दुध निकालिन्छ । यो दुध हाम्रो सरिरमा परेपछि पक्कै toxin हुन्छ । दुध डेरीले पहिले दुधलाइ धेरै दिन टिकाउन pasteurized गरिन्छ । र केमिकल हालेर धेरै दिन सम्म न फाटने गराइन्छ । एक त pasteurized गर्दा दुधमा भएको ब्याक्टेरिया जीवाणु सहित सबै भिटामिन मिनरल तत्व नाश भएको हुन्छ । त्यो खाएर फाइदा भन्दा बेफाइदा नै हुन्छ । 

बिमारी अर्थात रोगी हुनुमा सयौ कारणहरु छन् । जसले गर्दा यस यो बिषय नै धेरै जटिल बन्दै गैरहेको छ । जस्तै फुड माफिया, मेडिकल माफिया, मेडिकल इन्सुरेन्स माफिया , वातावरण बिगार्ने उधोगीहरु, वायुमंडललाई दुषित बनाउने हरु, यी सबै बिचमा काँही न कहिँ कनेक्सन छ भनेर अनुमान लगाउन सजिलै सकिन्छ । हुन् त म मेडिकल डाक्टर होइन, तर पनी म आयुर्वेद र प्राकृतिक उपचारको बिधार्थी भएको नाताले अबस्य केहि कुरा भन्न चाहि सक्छु ।

 प्राकृतिक रुपमा अर्गानिक खाना र खानपिन को ब्यबस्थापनले धेरै रोगलाई सरिरमा प्रवेश गर्न रोक लाग्न सक्छ ।  मेन मेड फूड मान्छेव्दारा बनाइएको खाना अप्राकृतिक हो । रासायनिक मल हालेर हाइब्रिड गरिएको बिउ, किटनाशक केमिकल हालेर उत्प्पादन गरेको अन्न तरकारी के सरिरलाई स्वास्थ्य राख्दछ त ? पक्कै पनी राख्दैन । ति सबै toxin हुन् । 

 मान्छेको सरिर र सरिर भित्रका भित्रि अर्गनहरु (अंगहरु) स्वयम मा एउटा बायो केमिकल इन्डस्ट्री हो । हामीले खाएको खानालाई एनेर्जिमा बदल्ने र  सरिरलाई चाइने तत्व भिटामिन, मिनरल खानाबाटै पूर्ति गर्ती गर्ने स्व चालित कारखाना संचालन पनि हाम्रो सरिरले आफै गरिदिन्छ । त्यसैले उपयुक्त मात्रामा  अर्गेनिक खाना र शुध्द पानी खायौ भने सरिरको इम्युन पावर घटदैन । जबसम्म सरिरको इम्युन पावर बलियो हुन्छ । तब सम्म कुनै रोगले शिकार बनाउन सक्दैन । यदि कुनै रोगको लक्षण देखिहाल्यो भने प्राकृतिक रुपमा पाइने जरिबूटिका सम्रिश्रणको सहायताले हाम्रै सरिरले आफै उपचार गरिदिन्छ । toxin ले सरिरभित्रको इम्यूं पावरलाई घताउछ र सरिरको सन्तुलन बिगारी दिन्छ ।  

आयुर्वेदमा भनीएको छ, कफ वात पित्तको सन्तुलन बिग्रन गयो भने सरिरमा रोगले आक्रमण गर्दछ । सरिरमा कुनै पनि खतरनाक रोग लाग्नु भन्दा अगाडी केहि लक्षण देखा पर्दछन । वास्तबमा त्यो रोग हैन । ज्वरो आउने, कम्जोर महसुस हुने, पिसाव पहेलो हुने, टाउको दुख्ने, पेट दुख्ने आदि इत्यादि रोग होइन । यी लक्षणहरु तपाई हाम्रो सरिरले रोगको प्रतिरोध गर्न प्रयास गर्दा देखिने लक्षण हुन् । जब सरिरको इम्यूं पावरले प्रतिरोध गर्न सक्दैन तब तपाइँहाम्रो सरिरमा कुनै खतरनाक रोगले प्रवेश गरिसकेको हुन्छ । जबसम्म सरिर प्राकृतिक  रुपमा सन्तुलन रहन्छ, तबसम्म कुनै पनि रोगका लक्षण देखिदैन । 

रोग नलाग्नको लागी हामीले सर्बप्रथम सरिर भित्र प्रवेश गर्ने toxin को मात्रा कम गर्न आवश्याक छ । पुरै त toxin नभएको खाना वातावरण पाउनु त असम्भव नै भैसक्यो ।  त्यसैले हामीले स्वस्थ रहनलाइ सरिरबाट कसरी toxinलाइ घटाउने बारे सोचौ । केहि टिप्स छन् जसले गर्दा सरिरमा प्रबेश गरि सकेको toxin कम गर्न मद्दत गर्छ । 

 

क्रमश :