असुरो : अडुसा, वासा, adhatoda vasica, malabar nut  

बिशेष गरेर नेपालको पहाडी भेक मा प्रसस्त पाइन्छ । यो आयुर्वेद औषधिकोलागि अन्त्यन्त महत्वपूर्ण जरिबुटि हो ।  यो सदावहार हरियो हुने दुइ देखि तिन मिटरसम्म अग्लो हुने झाडी बनस्पति हो । यसको फुल सेतो र बैजनी रंगको हुन्छ । फुल चुस्दा गुलियो रस आउछ ।  धेरै रोगहरुमा असुरो अन्त्यन्त लाभदायक हुन्छ । असुरो बिशेष गरेर ब्रोङ्ग्काइटिस, आस्थामा,  कफ, खोकिमा र स्वास प्रस्वासमा असाध्यै लाभदायक हुन्छ ।  

 

Kingdom: plantae

Class: asterids 

Family : Lamiales 

Genus: Justica 

Species: J. adhatoda 

Source: wikipedia

 

आयुर्वेदीय औषधीय गुण : 

रस स्वाद: तिक्त bitter, कषाय astringent 

गुण : लघु light, रुक्ष dryness 

विपाक: कटु , पाच्य भएपछि तिक्तमा परिवर्तित हुन्छ ।

शित, 

काफ वात पित्त दोषलाइ सन्तुलन गर्दछ ।

Elements: Abortifacient, anthelmintic, anti-asthamatic,anti- inflammatory, antioxidant, antiseptic, antitussive, antiulcer, hepatoprotective, oxytocic, rubefacient, wound healing

 

असुरोको सेवनले औषधीय फ़ाइदाहरु 

१. टि बी रोगमा  असुरोको क्वाथ दिनमा एक कप 

२. ब्रोङ्ग्काइटिस : असुरो तेलले फाइदा गर्छ ।

३. रुघा खोकी र घांटी दुखेमा असुरो को क्वाथ सिरप दिनको दुइ पटक एक चिया चम्चा 

४. Leucoderma रोगमा समेत असुरोको पाउडर ३ देखि ६ ग्राम दिनको एक पटक खाएर 

५. असुरो ले रगतलाई सफा गर्दछ । 

६. गला साफ गर्दछ ।

७. साधारण ज्वरो, बमिट सुगर, र bleeding disorder  र कुष्ठ रोगमा समेत फाइदा गर्दछ । 

८. अपच पेटको दुखाइमा फाइदा हुन्छ ।

९. पायल्स रोगमा समेत फाइदा गर्दछ । 

१०। असुरोको स्याउला धानको बिउ राख्दा मलको रुप मा प्रयोग गरेको पाइन्छ ।

 

Side effect :

महिलाले गर्भावस्थामा असुरोको  क्वाथ खान हुदैन, गर्भ पतन हुने सम्भावना हुन्छ । दुध खुवाउने आमाले समेत यसको प्रयोग नगरेकै राम्रो हुने छ ।

०५/२०/२०२२