चिराइतो chiraito(swertia) 

 

चिराइतोलाइ तिते पनि भनिन्छ । किन भने असाध्यै तितो हुन्छ । अंग्रेजीमा chireeta भनिन्छ भने यसको बोटानिकल नेम swertia chirayita हो  । चिराइतो  करिब एक मिटर अग्लो डाँठ हुने बनस्पति हो । चिराइतो एक आयुर्बेदीय औषधीय गुण भएको बनस्पति हो । चिराइतोको डाँठ, जरा र  पात समेत औषधिको रुपमा प्रयोग गरिन्छ । नेपालको उच्च पहाडी क्षेत्रमा सबभन्दा उपयुक्त  १५०० देखि ३००० मिटर सम्ममा चिराइतो खेति राम्रो उत्पादन गर्न सकिन्छ । तर नेपालमा भने १००० मिटर देखि ५६०० मिटरसम्म  चिराइतो भेटिन्छ ।  चिराइतो प्राय उत्तर र पश्चिम तर्फको ओसिलो ढलान पहाडमा राम्रो सप्रिने हुन्छ । तर दक्षीण  र पश्चिम पहाडी ढलानमा समेतको  जंगलमा चिराइतो  पाइन्छ । चिराइतो परिपक्क बन्न २-३ बर्ष लाग्दछ । चिराइतो पहिलो र दोश्रो  बर्ष गुलाबको रुपमा फुल्छ । पुरानो बिरुवा पहेलो फुलको साथै लामो डाँठको हुन्छ । नेपालमा करिब नौ प्रजातिका चिराइतो पाइञ्छ । नेपालको भोजपुर, दोलखा र  संखुवासभामा यसको ब्यबसायिक खेति गरेको पाइन्छ । नेपालमा प्रति किलोको २०० देखि ६०० सम्ममा बिक्रि गरिन्छ । इन्डियामा चिराइतोको धुलो भारु ५७० खुद्र मुल्य छ । amazon $ 9. 99 / 100 gm खुद्रा मुल्य छ ।  

 

Chirata Stick/ Swertia Chirayita/ Chirata Of 100 g  $16. 21  

Kingdom: plantae

Class: Gentianales

Family :Gentianaceae

Genus: Species:Swertia L 

Source: wikipedia

चिराइतोको आयुर्बेदीय प्रयोग :

१. चिराइतो प्लान्टलाइ थिचेर पकाएर दिनको २-३ पटक खुवाएर मलेरिया, भाइरल ज्वरो र  डेंगुको ज्वरोमा खुवाइन्छ ।

२. यसको जरा थिचेर रस खुवाएमा रुघा खोकी संच हुन्छ ।

३. लुतो, ज्वाइन्ट पेनमा र  छालाको रोगमा यसको लेप लगाएमा संच हुन्छ । 

४. चिराइतो कब्जियत, पेट फुल्ने, पेटमा जुका पर्ने र अरुचि हुने पाचन क्रिया कमजोर हुने समेत यसको प्रयोग गरिन्छ । 

५. कलेजोको खराबीमा यसले राम्रो काम गर्दछ । क्यान्सरसेल लाइ बृधि हुन् रोक्न मद्दत गर्दछ ।

६. चिराइतो उच्च रक्तचाप, सुगर लेबल कम गर्न मद्दत गर्दछ ।

७. पुरानो आस्थमा स्वास सम्बन्धि रोगलाई समेत कन्ट्रोल गर्न मद्दत गर्दछ । 

४. चिराइतो अल्कोहल बनाउन र कुनै सफ्ट ड्रिंक बनाउने काममा पनि प्रयोग हुन्छ । 

 

साइड इफेक्ट :

  • गर्भावस्था, दुध खुवाउने सुत्केरी, 
  • सुगरलाइ कम गराउछ, डायावेटिक रोगीले बिचार गरेर खाने 
  • सर्जरी गर्नु भन्दा १५ दिन अगाडी बाट नखाने । 
  • अल्सर र ग्यास्ट्रिक हुने ले खाँदा अरु खराब गर्न सक्छ ?

amazon : Chirata Stick/ Swertia Chirayita/ Chirata Of 100 g  $16. 21 

 

०३/३१/२०२२