५. 

 

मेरो बालपन हठ बालपन सुलभको अगाडी बा आमाको केहि चलेन ।  फुर फुर पुतळी जस्तै नाच्दै हिदथे । बा आमाको काखमा रमाएर मरो  दिनचर्या बित्दै जादै थियो । समयले बिस्तारै अगाडी लैजादै थियो ।  आमासंग भान्छा पकाउने देखि लिएर, खेतमा रोपाइँ गर्न, घाँस, दाउरा समेतमा उनले संग संगै साथ दिएकि थिए । आमाले पनी यो छोरी घर गए पछि मलाइ कती सम्झना भैरहने छ । यसले त मेरो सबै काममा सघाएकी छ । बा संग कुरा गर्नु हुन्थ्यो  । 

बाको खेतिपाती गरिदिने माने दाइको घर मलाइ आफ्नै घर जस्तो लाग्थ्यो । उनकी छोरी मनमाया संगैकि भएकी हुनाले पनि माने दाइले आफ्नी छोरीलाई जस्तै माया गर्नु हुन्थ्यो । म प्राय मनमाया संग खेल्न पुगेकी नै हुन्थे  । मनमाया संगै खाने, खेल्ने र कहिले काही त्यहि बस्न बस्थे । बिहे भएको भनेर पछी हाम्रो घरमा खान मिल्दैन नानी । भनेर रात काट्न भने कहिल्यै दिनु भएन । 

अब तिम्रो त बिहे गरेर कर्म चलिसक्यो ! अब नानि हामीले पकाएको खान हुन्न भनेर माने दाइले भनिरहनु हुन्थ्यो  । तर मलाई केहि मतलब हुन्थेन । मनमायाले जे खान्थी मैले खोसेर  त्यहि खान्थे । मगरको घरमा मोही जस्तो झोल पनी बनाइ राखेका हुन्थे । मनमायाले सुटुक्क कटौरामा लिएर आउथि र दुवै जनाले मिलेर थोरै खान्थेम । मलाइ के थाहा त्यो जाँड हो भनेर, मनमायाले बिठ्याई गर्न पनि सिपालु थिइ । थाहा नपाइकन सुटुक्क केहि न केहि गरिहाल्थिन र मैले गरेको भनेर लगाउथिन । उनका बाबुले मैले भनेपछि गालीबाट बच्थिन। 

एवं रितले गर्दै दिनहरु बितिरहेका थिए, मेरा । ति स्वर्णिम दिनहरु, महिनाहरु र बर्ष गर्दै बितेका थिए । मेरो सरिरमा आएको सारीरिक परिवर्तनले रोमाञ्चित हुन्थे । मेरा सुडौल तिघ्राहरु र मेरा छातीमा बढ्दै गरेका लाजका पोकाहरुले के भएको होला भनेर सोच्थे । आफैले आफैलाई हैन म कत्ति राम्री भएकी हुँला जस्तो भान हुन्थ्यो । आमाले म सानै हुँदा भन्नु हुन्थ्यो । छाती देखाउन हुन्न लाज हुन्छ । त्यति खेर मेरा यी लाजका पोका थिएनन, छाती सम्मै थियो ।  म चौध बर्ष टेकेकी मात्र थिए । म भान्छामा काम गर्दै थिए । आमाले कठोरै सित च्याप्पै समातेर बाहिर ल्याउनु भयो । म त डराएछु, मैले के बिराम गरेछु ? जस्तो लाग्यो । हैन आमा तपाइले किन लतार्नु भाको ? यस्तरी मेरो हात दुख्यो क्या ? भने मैले । बैनी पनी पछि पछि आइ ।

बाहिर आए पछि आमाले देखाउनु भयो मझेरी देखि भान्सासम्म रगतका थोपा चुहिएको छ ? कस्तो था नभएको । भन्दै हकार्नु भयो । खुनका थोपा खसिरहेको रहेछ, भान्सा देखि मझेरीसम्म मेरो जिउबाट । म एकदम आत्तिए अनि डर पनि लाग्यो । मलाइ कतै घाउ भएर  खुन आएको हो कि ? हात खुट्टामा केहि भएको छैन । कतै चोट पटक पनि लागेको छैन ।  घागर उठाए दुवै खुट्टाको बीचबाट अलिअलि खुन बगेको रहेछ । त्यो देखेर म छ्टपटिए अब म पक्कै मर्छु होला ? भन्ने लाग्यो मलाइ । 

हिजो देखि अलिअलि पेट दुखेको थियो । मेरो तल तातो भएको थाहा पाइकि थिए । तर यसरी रगत बगे होला भन्ने मलाइ के थाहा ? म रुन थाले । मा त मर्छु क्या हो ? आमा यस्तो रगत बगेपछि, के भएर होला ? आमा भनेर मैले सोधे । आमाले किन आत्तेको म छु नि ! भन्नु भयो । । नानि तिमि पहिलो चोटी  नछुने भयौ ।  अब तिमीले कसैलाई हेर्नु हुन्न नौ दिनसम्म, कुनै लोग्ने मान्छेको अनुहार हेर्ने हुन्न । अनि बा र दाइको त हुदै हुन्न । भन्दै मलाइ पल्लाघर्मा गरेर खास खुस गर्दै वहाँकै  गोठमाथिको कोठीमा लगेर थुन्नु भयो । बैनीले मलाइ के भएको भन्ने बुझिन र वाल्ल परेर कति खेर मलाइ र कतिखेर आमाको मुखमा हेरिरही ।

यस्तो प्रत्येक महिनामा भैरहन्छ । पहिलो पटक भएर घरमा नराखेको हो पछि आफ्नै घरमा छुट्टै ठाउ बनाम्ला । न आत्तिउ छोरी यो त तिमि तरुनी भएको लक्षण हो । आमाले भन्नु भयो । साझ बिहान भात रोटि लिएर मात्रै आमा आउनु हुन्थ्यो, दिनभरि एक्लै अध्यारो कोठामा बस्नु मलाइ काल्कोठरी जस्तै लाग्थ्यो । दिनमा झुमा बैनी कसैलाई थाहा नदिई मसंग बस्न आउथि । जब रात पर्दै जान्थ्यो । कतै बाघ भालु बादर आएर मलाइ चिथोर्छन कि मारेर खान्छन कि ? भन्ने लाग्थ्यो । रात भरि झिमिक्क हुन्थेन  । बाहिर खस्र्यांग खुस्रुंग भयो भने पनि ज्यु लगलग काप्थ्यो । कति खेर ज्वरो आए जस्तो हुन्थ्यो । कतिखेर सरिर कामि राछ जस्तो लाग्थ्यो ।  

एक दिन मनमायाले थाहा पाइछन र भेटन आइन ? हाम्रै घरमा लगेर राख्छन आमा भनेर हाम्री आमालाइ भनि उसले, साच्चै उसले कत्ति माया गर्छे मलाइ । आखिर माने दाइ आएर बालाई भने नानीलाई मेरो घरमा लगेर राख्छु ? मान्छे नबस्ने गोठमा मैले त नानीलाई राख्न दिन्न भनेर कराउनु भएछ र बा ले लौ त तिमीले हेर बिचार गर्नु भनेर मनमायाको घरमा जान पाए । त्यो पनि कसैले नदेख्ने गरि रात पारेर ।  उनको घरमा भने त्यस्तो सकस हुन्थेन भन्थिन मनमायाले । तर हाम्रो बाहुनको जातलाई किन यति बिधि नियम लाग्छ ? यो गर, यो नगर, बिहे भएपछी लोग्नेको खुट्टाको जल खानु रे ? मलाइ कम्ता घिन लाग्छ ! लोग्नेलाई परमेश्वर जस्तो मान्न पर्ने । मान्छे पनि कहिँ भगवान हुन् सक्छ र ?  

पहिलो चोटी नछुने हुँदा एकाएक मैले थाहा नपाइकन हर्लक्क बढेको मेरो उमेर सानो भए पनी बयस्क जस्ती देखिन थालिकी थिए, म । गाउका मानिसहरुले जुना तिमि कति राम्री भैकी छौ, भन्थे । कस्तो पुष्ठ सरिर लोभ लाग्दो छ । लोग्ने मान्छेले भन्ने त ठिकै होला !  आइमाईहरुले पनि लोभ लाग्दो भनेको सुनेर म अचम्म पर्छु । के का लागि लोभ लागेको होला ?  यता बाले छोरीलाई पठाइदिने हो कि ? भनेर सोच्नु भएको रहेछ । आमाले भने पन्द्र बर्ष नकटीकन पठाउन मैले मनासिब  देख्दिन भन्नु भयो ।

 उ अझै सानै छ । त्यसले घर गएर सुख पाउने हैन, क्यारे । राडो ससुरा, दुइ दुइ जना झडकला छोरा घर खेत सबै काम र सबैलाई चित्त बुझाएर कसरि छोरीले घर गरि खालि ? अझै बाल्खै छ क्या ! दिक्क परेर टाउकोमा हात राख्नु हुन्थ्यो आमाले । सरिर देखेर भएन ? बा आमाका यस्तै कुरा मैले सुने कि थिए ।  मलाइ डर लागि राखेको थियो । कतिखेर घरका लोग्ने आउने छन लिन । मेरो उमेर बढ्नु भनेको त त्यहि घर समाल्नको लागि नै लायक भएको थियो होला ?  

अब त सानो भिनाजु के भनि रहनु, उनि त मेरो लोग्ने हुन । अनायास सम्झन्छु:  उनका दुइ छोराहरु अहिले कत्रा भएका होलान ?  अब त बारह तेरह वर्षा कै भैसकेका होलान ? सायद बिहे पनि भैसके होला ? जताततै आठ दश बर्षमै सबैको हुन्छ । तर केटामान्छेले आफु भन्दा जेठी केटीलाई बिहा गर्दैनन रे हो आमा  ? भनेर मैले आमालाई सोधे । अ गर्दैनन भनेर आमाले छोटो उत्तर दिनु भयो । केटाले आफु भन्दा सानी लाइ बिहे गर्ने ! अनि बुढो मान्छेले केटाकेटी किन बिहे गर्छन ? आमा, आमाले यसको जवाफ भने दिनु भएन । उनीहरुको बिहे गरिदिएको भन्ने सुनेकी थिए । भएरै नै होला नि । मलाइ भने लिन आएनन । ठिकै  भयो । कमसेकम मन नभएको ठाममा त जान परेन । साचै भन्ने हो भने त्यो घरमा जानै मन छैन । 

छोरी मान्छे आमा बाबुले बिहेगरि दिएको ठाममै घर गर्नु पर्छ रे । छोरि मान्छेको त्यहि धर्म हो रे । जस्तो केटोलाई दिए पनि उसैसंग जीवन बिताउन छोरी मान्छेको धर्म हो रे । मलाइ के थाहा मान्छेको धर्म के हो र  र छोरी मान्छेको धर्म के हो ? मैले पढेकै छैन । लोग्ने  मान्छेले मात्रै पढेको शास्त्रले के भनेको छ? छ कि छैन ? मैले जान्ने कुरै भएन । शास्त्र आइमाइलाइ पढन नदिने 

अनी शास्त्रमा लेखेको छोरीले यो गर्न हुन्छ, यो गर्न हुन्न भन्ने । मैले बा बाट धेरै कुरा सुनेकी छु । अझ आमाले त छोरी मान्छे त धर्ति हुन् । पृथ्वी माता हुन । तिमीले धेरै सहनु पर्छ घरमा । भन्नु हुन्छ आमाले । 

आमाले अझै थप्नु भयो । पहिले पहिले त लोग्ने मरेपछि लोग्ने संगै जल्नु पर्थ्यो रे । चन्द्र समशेरले सतिप्रथा खारेज गरेपछि मात्रै आइमाइले लोग्नेसंग जल्न नपर्ने भयो ।  आमाले भन्नु हुन्थ्यो । आइमाइलाइ  समाजले जस्तो कुरा लादेपनि सहन पर्ने हुन्छ । लोग्ने मान्छेले जति अपराध गरेपनि क्षम्य हुन्छ । आइमाइको मर्का पिर कसैले बुझ्दैनन र सुन्दैनन । आमाले यस्ता कुरा मलाइ किन सुनाइ रहनु भएको छ । आमाले  भन्दै हुनुहुन्थ्यो, हैन आइमाई भएर जन्मनु भनेको समाज र लोग्ने मान्छेले  गरेको अतिलाई सहन नै जन्मेका हुन र ?   धेरै कुरा त मैले बुझिन् । 

त्यसको एक हप्ता पछि घरबाट ससुरा धेरै बिमारी हुनुहुन्छ । कान्छी बुहारीलाई लिएर आउ भनेर भन्नु भयो भनेर मान्छे पठाउनु भयो । ससुरा बालाई वहांले छोडन मिलेन रे, ज्वाइले । सिकिस्त भएरै होला ! आफन्त मान्छे आएका थिए । ज्वाईआएको भए हुन्थ्यो । बा लाइ पनि लागेको थियो । सम्धी बिरामी भएकोले छोरीलाई नपठाउ, त्यो पनि भएन । पठाउ ज्वाइसंग पठाउन पाइएन । बढो अफ्ठ्यारो लाग्यो, बालाई। पांच बर्षको पछि आफ्नी छोरीलाई पहिलो पटक घर पठाउदै हुनुहुन्छ बाले मलाइ । धेरै घोरिएर मात्रै बाले भन्नु भयो । सम्धीको अबस्था सारो भएर होला । कान्छी बुहारीलाई केहि भन्न मन गरेर हो कि ? छोरी तिम्रो ससुराले तिमीलाई खोज्नु भएको रहेछ । अन्तिम अबस्थामा खोजेको मान्छेको इच्छा पुरा गर्न पर्छ । तिमि तयार हौ ! भोलि बिहानै जान पर्छ । बाको कुरा सुने पछि म सिताङ्ग भए । सबै मेरा सरिरका अंगहरु लुलिए । ज्वरो आउला आउला जस्तो भयो । आमाले भोलि लैजानको लागी ढिकी जातो गरेर चामलको पिठो बनाएर सेल रोटि बनाउनु भयो । छिमेकीसँग दुध पैचो लिएर कुराउनी घोटनु भयो । रात भरि सुत्नु भएन । मैले आमालाइ सहयोग गर्न मन थियो तर म सिताङ्ग भएकी छु । सगै बसेर साथ दिन पनि सकी रहेकी थिइन । जसो तसो आमाले बाटाका लागी अर्नी र पाउर डोकोमा ठिक्क बनाएरै मात्रै सुत्नु भयो मलाइ भने पटक्कै निद्रा लागेको छैन । ५ बर्ष अगाडी छोडेर गएका लोग्ने  कस्ता भएका होलान । म त केटीबाट लक्का जवानीले भरिएकी युवति भै सकिकी छु । उनि त अझ पाका भएका होलान । ति छोराहरु पनि त ठुलै भएका होलान ! ससुराबुबालाइ भेटन पाउछु कि पाउदिन ? के हुने हो कसो हुने हो ? घर त्यो परिबार अनि म । सोच्दा सोच्दै म भुसुक्कै निदाएछु । 

********