४.
मन नपरेको पाहुनालाई बिदा गरे जस्तै भयो। अब त छुट्कारा पाइयो भन्ने लाग्यो । भिनाजु त आफु संगै आएकोभरियालाइ लिएर आफ्नो घरतिर ओरालो झर्नु भयो । बस मलाइ के चाहियो कान्छो भिनाजु के भन्ने मसंग बिहे भयो रे, पति परमेश्वर नै भन्न पर्छ रे, आमाले अब भिनाजु भन्नु हुन्न बाबै, भन्नु हुन्छ । वहाँ घरबाटै बिदा भएपछी मलाइ त पिन्जराबाट चरी मुक्त भए जस्तो लाग्यो । टाउकोमा थिचिएको जाँतोको बोझ उत्रिएर हलुङ्गो भएको अनुभव गरे । मेरो मुहारमा पनि अरु चमक थपियो । कहाँ दुलही बनाएर पो पुजा गराए अनी ससुरा जेठाजु भन्दै ढोगाए ।
मलाई सपना जस्तै लागेको लाग्यो। दुलाहा दुलहीको पुतलीको खेल खेलेकी म यस्तो अजंगको भिनाजुसंग किन बिहे गर्देको होला ? बाले पनि बित्थामा । सानी केटा केटि मिलेर उत्रे उस्तैसंग पो गर्छौ त । जोडी नै भन्न नमिल्ने संग बिहे, अनि दिदीकै देवरसंग ! के थाहा मलाई बिहे यस्तो हुन्छ ? भनेर ।अनि केटा केतिलाइ यस्ता कुराको के थाहा ?
अब म घर आउन पाए । बाबा आमाको घर, यहि त मेरो घर हो ? अब मलाइ कहिल्यै पनी नपठाउनुस । म जादै जान्न भन्दै बाबा आमाको अगाडी खुट्टा बजारे । आमाले मेरो गाला मुसार्दै मलाइ ढाढस दिदै अब त जान्ने छोरी तिनका घरमा । बाउतिर आँखा तर्दै यो बिहे गरेर छोरीलाई त जिउदै मार्नु भयो हजुरले त !! भन्दै गुनासो गर्नु भयो । गाउँलेले सम्मान गर्ने बा केहि नबोली मुन्टो तल झुकाएर बोल्नु भएन ।
मेरी सानी बैनी झुमालाई पनि उसैदिन लगेका थिए । म बरु दुइ तिन दिनमै फर्किए । बैनीलाई आजसम्म पनि फर्काएका छैनन् । त्यो सानी बैनी कत्ति आत्तिएकी होलि ! आमालाई मैले भने, हैन आमा बैनीलाई अझै फर्काएका छैनन् । कत्ति रोइ होलि ? उ त झन् बाल्ख छ । हुन त उ संगै छिमेकी काकी हुनुहुन्छ । मैले बैनीलाई रात भरि सम्झी रहे । उसले के गरिकी होली ? अहिलेसम्म कसैको घरमा रात काटीकी छैन ! सधै आमा कै काख छोडथिन । मेरै पछि पछि लागि रहने मेरी बैनी घरमै नभए पछि मलाइ नरमाइलो लागि रह्यो । दिनभरि मैले उसैलाई सम्झी रहे । मेरा आँखामा बैनी नाची रही । त्यो दुलाहा केटो, त्यसलाई पो के थाहा ? नयाँ कपडा लाउन पाएर खुशी मात्रै भएको होला । आमालाई भने, मलाइ त एक दमै नरमाइलो लागेको छ । बैनीलाइ कहिले ल्याउछन ? आमाले भोलि त पक्कै ल्याउलान नि ! भन्नु भयो । मनमा डर लागि रह्यो । कुरा खेलाउदा खेलाउदै निदाएछु ।
अर्को बिहानदेखि नै बैनीलाइ पर्खि रहे । घाम डुब्नु अगाडी टुप्लुक्क आइ पुगे, । बैनी के हिडन सक्थी, बोकाउने मान्छे चाहिन्छ, भनेर काकीले भन्नु भएको रहेछ । उनीहरुले दुलाहा केटाको दाइलाइ फर्किदा साथि हुन्छ भनेर संगै पठाएका रहेछ, बोक्ने मान्छे पठाएनन । बैनी हिडन सकिन । आधा बाटो आइसकेपछि बैनी रोएर पाइलो चाल्न सकिन। के गर्नु मलाइ त कम्ता माया लागेर, आयो । मैले नै बोकेर ल्याएको भनेर काकीले भन्नु भयो ।
कस्ता अधर्मी रहेछन ! बैनीको घरका मान्छे ! भनेर गालि गर्न मन लागेको थियो । तर आमाले केहि नभन, भनेर रोक्नु भयो । बैनीका दुलाहाले आज त मैले दुध भात घ्यू मात्रै खान्छु, है । भन्दै थिए आफ्नो दाइसंग । हैन यिनले दुध भात नै देखेका छैनौ ? भनेर सोध्न मन लागेको थियो । हुन त बिचरा केटा केटि न हो, त्यो बैनीको दुलाहा ! वहालाइ तिमीले पनि ज्वाई भन्न पर्छ, आमाले भन्नु भयो । तपाइले पो भन्नु होला आमा ! मेरो त बैनीको दुलाहा हैन र ? आमाले फेरी दोहाराउनु भयो ! “मेरो छोरीज्वाई हो”, तिम्रो बैनी ज्वाई हो क्या !
साँझ आमाले बन्दबस्तले भान्सामा लगेर दुवै दाजु भाइलाई खुवाउनु भयो । काकीलाइ यतै भान्सा गरेर जाउ भनेर खाना खाइवरि काकी आफ्नाघरमा पठाउनु भयो । बैनीका खुट्टामा फोरा परेका रहेछ । इया इया भन्दै थिइ ।
पाहुनालाई सुताउन कोठीमा बिस्तारा लगाएर सुत्न पठाएर बैनीलाई तातो नुनपानिले खुट्टा धोई दिनु भयो आमाले । बिचारी बैनी । म अझै भन्दा सानै छ ।
झुमा तिमीलाई के भने तिम्रो घरमा भनेर सोधे ? बैनीले खै के के मैले त केहि बोलिन बुझिन पनि, भनिन । कुन्नि काकीले के के कुरा गर्नु भयो वहालाइ थाहा होला । म त दुलाह्सित खेल्न लागेको त्यो घरकी एउटी काली बुढीले बेस्सरी गालि गरिन । म त रोइ दिए बाइ । भनिन । रात दिदिबैनी र आमाको गनथन गरेर बित्यो । बिहान सबैरै उठेर पाहुनालाइ खुवाएर पठाउने तरखर गर्नु भयो आमाले । उनीहरुलाई अरनी र पाहुर पोको लाएर बिदा गर्नु भयो । बा आमाले दुवै भाइलाई रातो टिका लगाएर दक्षिणा दिनु भयो । पैसा देखेर दुलाहा ज्वाई आहा पैसा पनि पाइयो भन्दै खुशीले उफ्रिए । उनीहरु बिदा भएर गए । म र बैनी असाध्यै खुशी भयौ । हामि पिन्जराबाट आजाद भएका पन्छी जस्तो भान भयो । आमा बा हामी त खेल्न जान्छौ भन्दै बाहिर केटा केटि जमा गरेर खेल्न थाल्यौ । आमा कराउनुदै थियो । बिहे गरेकी छोरी उत्ताउली हुन हुन्न भनेर ।
तारा बाजी लै लै
मामा आए घोडा
आइजु आइन डोली
पापा ल्याइन सोली
बाउ माम सुपुक्क
बिरालो भन्छ म्याउ म्याउ
****
तारा बाजी लै लै
मामा आए घोडा
आइजु आइन डोली
पापा ल्याइन सोली
काफल गेडी कुटुक्क
बिरालो भन्छ म्याउ म्याउ
अगुल्टो भन्छ उछिट्याउ
तारा बाजी लै लै
मामा आए घोडा
ठुलामान्छेले उनलाई अब बिहे गरेपछि यिनी केटाकेटि जमा गरेर खेल्न हुन्न है, जुना ! भनेर हप्काए मलाइ । तर मलाई बिहे न सिए, मेरो बिहे भएकै छैन , बिहेमा बाजा बजाएर हुन्छ, त्यो त पुजा हो बाइ । भन्दै झन् उफ्रिदै नाच्न थाले। बैनीले पनि मलाइ साथ् दिदै थिइ ।
यति यति पानी, गंगै रानी !
बसी बसी भरु भने
घैला भन्दा सानी
उठी उठी भरु भने
कम्मर दुख्ने बानी
क्रमश: