१६. गाजर (carrot)

गाजर (carrot)

गाजरलाई गृंजन , गाजर र नाराङ्गबर्णक पनी भन्दछन । गाजर तरकारी सलाद फलफुल जुनसुकै रुपमा यो खान सकिन्छ । गाजरको मूल नै तरकारी वा सलादको रुपमा प्रयोग गरिन्छ । गाजरमा प्रसस्त भिटामिन फाइबर प्रोटिन हुनुको साथै औषधीय गुण समेत समाबेस भएको हुन्छ ।
आयुर्बेदानुसार गाजर मुत्रजनन, बल्य, एबम पोशक मानिन्छ । मिठो मधुर रसयुक्त तिखो उष्ण अग्निदिपक, लघु , ग्राही रक्तपित्त अर्श , गृहणी, काफ तथा वात नाशक हुन्छ ।

Nutritional value per 100g.
Energy 41kcal), Carbohydrates 9.6 g, sugars 4.7%, fiber .5 g, fat 0.24 g, protein 0.93.g, vitamin A equaiv. 104%, beta- carotene 77%, thiamine(B1) 6%, , Riboflavin (B2) 5%, Niacin(B3) 7 %, pantothenic acid B5 5%, vitamin B6 11%, Vitamin(Bg) 5%, Vitamin C 7 %, vitamin E 4%, vitamin K 13%, calcium 3%, iron 2%, magnesium 3 % manganese 7%,phosphorus 5%, potassium 7%, sodium 5%, Zinc 3% source: wikipedia

Scientific classification
Kingdom: plantae
Class: Apiales
Family : Apiaceae
Genus: Daucus
Species: Daucus carota

आयुर्बेदीय औषधीय गुण :

१.गाजरमा अत्यधिक न्युट्रिसन प्रसस्त मात्रामा पाइन्छ ।
२. एन्टी अक्सिडेन्ट भएकोले प्रोस्टेट, लंग र ल्युकेमिया क्यान्सर रोगको लागी अन्त्यन्त लाभदायक हुन्छ ।
३. भिटामिन A र C प्रसस्त भएकोले यसले हाम्रो इम्युनिटी पावर बढाउछ ।
४. गाजर खाँदा आँखाको रोसनी बढाउछ । भिटामिन A युक्त छ ।
५. खाना डाइजेष्ट गर्न मद्दत गर्दछ । तौल घटाउन मद्दत गर्दछ । सुगर लेबल घटाउछ ।
६. पोटासियम, भिटामिन सी र फाइबरले मुटुको रोग र ब्लड प्रेसरलाइ स्वास्थ्य राख्न मद्दत गर्दछ ।
८. एन्टी अक्सिडेन्ट भएकोले इम्युन पावर बढाउनु साथै रोग प्रतिरोधी पनी हुन्छ ।
९. गाजरमा भिटामिन K भएकोले सरिरको हड्डीलाइ मजबूद बनाउछ ।

गाजरको जुस दिनको तिन पटक दिनहू पिउनाले क्यान्सर कन्ट्रोल गर्न मद्दत पुर्याउछ ।

०६/०८/२०२०

Leave a Reply