१०.  कुरिलो (Asparagus)

कुरिलोलाइ अंग्रेजीमा (Asparagus) भन्दछन । करिब ५ फिट जति अग्लो हुन्छ । कुरोलोको कलिलो टुसालाइ तरकारीको रुपमा खाने गर्दछौ । कुरिलोको टुसा तरकारीको रुपमा खाए पनी यसको फल चाहि बिषयुक्त हुन्छ । कुरिलोको जरामा औषधीय गुण हुन्छ । कुरिलो बिशेष गरेर युरोपतिर उत्पादन हुन्छ । नेपालमा पनी अचेल प्रचलित भैरहेको छ । यसको तरकारी, सुप, तागतिलो हुन्छ । यसको कन्दमूल औषधीय रुपमा प्रयोगमा समेत आउदछ । 

रासायनिक मिश्रण: 

nutritional value per 100g.

Energy 85 KJ( 20kcal) Carbohydrates 4 g, sugar 1.88g, fiber 2.1 g, fat 0.12g, protein 2.2g, vitamin A 5%, beta-carotene 4%, thiamine(B1) 12%, riboflavin(B2) 12%, Niacin(B3) 7%, pantothenic acid(B5) 5%, vitamin B6 7%, folate(Bg) 13%, choline 3%, Vitamin C 7%,, calcium 2%, vitamin E 7% vitamin K 40% iron 16%, magnesium 4% manganese 8%,phosphorus 7%, potassium 4%, Zinc, 6 %, source: wikipedia

 

Scientific  classification 

Kingdom: plantae

Class: Asparagales 

Family : Asparagaceae 

genus : Asparagus 

Species : Asparagus officinalis  

 

आयुर्वेदीय गुण : शित,लघु, वातहर, स्नेहन एवं उत्तम बल्य युक्त हुन्छ । 

 

औषधीय प्रयोग : 

१. पिसाप रोकिएको, युरिनारी ट्रयाक इन्फेक्सन  र पिसाप थैली इन्फेक्सनमा यसको प्रयोग लाभदायक हुन्छ । 

२. वातको लागी यसको जराको पाउडर सेवन लाभदायक हुन्छ ।

३. महिलाको हर्मन असन्तुलनमा लाभदायक हुन्छ ।

४. घाँटीमा र फोक्सोमा ड्राइनेसलाइ लाभदायक हुन्छ ।

५. नसा दुखेको, र पारासाइडले निर्मित रोगलाइ समेत लाभदायक हुन्छ । 

६. क्यान्सर, किडनी र रक्त अल्पता समेतलाई लाभदायक गर्दछ ।

 

साइड इफेक्ट : 

१. तरकारीको रुपमा खाँदा कुनै किसिमको नोक्सान हुदैन तर औषधिको रुपमा धेरै खाएमा गर्भवती महिला र दुध खुवाउने आमालाई हानि हुन् सक्छ !

२. लहसुन, प्याजमा एलर्जी हुनेलाई यसको पनी एलर्जी हुन् सक्छ । 

Leave a Reply