ओली सरकारको पुनर्गठित मन्त्री मण्डलमा कृषि तथा पशुपन्छी मन्त्रीको रुपमा प्रवेश पाउनु भएका कृषि मन्त्री घनश्याम भुसाललाइ सर्बप्रथम त बधाई दिन चाहन्छु / मलाइ लाग्थ्यो, ओली रहे सम्म उनि कहिल्यै मन्त्री बन्ने छैनन् / ओली सरकारको रबैया र घनश्यामको मार्क्शबादी चिन्तन एकै ठाउँमा बस्ने सक्दैन ? तर यो सम्भव भयो ! हुन त राजनीति गर्ने भनेकै मन्त्रि बन्नलाई हो / ओली र घनश्यामभित्रका अन्तरंग कुरा जे पनी हुन् सक्छ ! ओली भनेको ०४६ साल पछिका सबै भन्दा वाक पटुता भएका सफल प्रधान मन्त्री हुन् कसैले मानुन या न मानुन / नाकाबन्दि ताका भारतले लगाएको नाकाबन्दीको खुलेरै बिरोध गरि अडान लिए पछि ओलीको अगाडी कोइ टिक्न सक्ने कुरा थिएन । चतुर भएका कारणले एमाले र माओबादिको एकिकरण गरेर नेपालमा अहिलेसम्मको बलियो सरकार बनाउन सफल भए / सारिरिक रुपमा असक्त भए पनी मानसिक रुपमा उनि ससक्त छन् भन्ने कुरा अहिले सम्मको ब्यबहारले देखाई सकेको छ ।
घनश्याम भुसालसंग मेरो परिचय २०३६ सालको बिद्यार्थी आन्दोलनको सिलसिलामा भएको थियो । म भैरहवा हाइस्कुलमा १० कक्षामा पढथे / वहाले मणिग्रामको गिर्वाण संस्कृत विद्यालयबाट एसएलसी दिनु भएको थियो / भैरहवा तत्कालिन अबस्थामा बिद्यार्थी मण्डलको कब्जामा थियो / मण्डलेको राजधानीको रुपमा चिनिन्थ्यो /
दिपक बोहराको हैकम चल्थ्यो / मनिग्रामका बिध्यार्थीहरुको सहयोगमा हाम्रो स्कुलमा पनि हडताल गराउन सक्ने बाताबरण बन्यो । भैरहवा क्याम्पसका बिद्यार्थी भैरहवा बासि समेत भएर बिद्यार्थी मण्डलको अफिस बोर्डलाई फाल्न सफल भएका थियौ । त्यो सुत्रधार मध्ये म पनि थिए होला / घनश्यामसंगको पहिलो भेटको कुरा कुरा कानिमा म अच्चामित भएको थिए । अरुलाई सजिलै कन्भिन्स गर्न सक्ने खुबी थियो वहामा । राजनीतिका कुरा बुझ्थिन त्यति बेला मैले /
घनश्याम अनेरास्ववियुको केन्द्रिय सचिब सम्म बन्नु भयो, अध्यक्ष भएको मैले थाहा पाइन् / बिद्यार्थी आन्दोलनमा पटक पटक जेल गएको सुन्थे मैले । एकै चोटी भैरहवाका सांसद धनपति उपाध्यायको निधन भए पछी
बाँकी समयको लागि वहालाइ पार्टीले उम्मेदारी बनायो । वन्हाले जित्नु भयो / धनपतिले देउवाको पजेरो सुबिधा लिनु भएन, घनश्यामले पनि सो सुबिधा लिनु भएन / घनश्यामलाइ आम पार्टीका सदस्यहरु बिचमा एक इमान्दार ससक्त बुलन्द बक्ता, मास कमाण्डरको रुपमा लिन्छन / एउटा गहन मार्क्सबादी चिन्तक, सैदान्तिक नेताको रुपमा उनलाई लिन सकिन्छ । भावी पाटीको अध्यक्ष र प्रधान मन्त्रीको रुपमा समेत देख्ने गर्दछन ।
महाकाली सन्धिको बिरुध्द उभिएर एक किसिमको राष्ट्रबादीको छबि बनाएका थिए उनले / पार्टी फुट्यो, महाकाली सन्धिका विरोधीहरु माले भए । बिस्तारै माले कम्जोर भए पछि बामदेव लगायत केहि नेताले एमालेमा यथोचित भाग पाएर एमाले प्रवेश गरे / धेरै कार्यकर्ता लाखा पाखा भए कोइ आमोबादी भए, कोइ विदेश भासिए /
घनश्यामलाइ एमालेमा जम्न धेरै दुख भएन उनले बनाएका धेरै साथि थिए एमालेमा / घंनश्यामलाई एमालेमा एक हुनहार बिध्दत र इमान्दार नेताको रुपमा विरोधीहरुले पनी मान्ने गरेका छन् । एमालेमा पनि एउटा बलियो पङ्गति घनश्यामको लाइनमा देखिन्छ । सायद त्यो समुहलाई चित्त बुझाउन पनी उनलाई यो मन्त्री पद दीइएको हुन् सक्छ ?
दलाल पुँजीपति सरकारको दलदलमा हालेर घनश्यामको राजनैतिक छवि बिगार्न सकिने हुनाले यो पद दीएको पनी हुन् सक्छ ? मन्त्री बने संगे उनका घि पछि दलाल र माफियाहरु स्वागत फुल माला लिएर घेरी सकेका छन् / के घनश्यामले तिनलाई चिन्न सक्छन र जोगिन सक्छन त ? महाकाली सन्धि गलत थियो, भन्ने कुरा कालापानि लिम्पिया धुराको सिमा अधिग्रहण गरिरहेको अबस्थामा ठिक थिएन । कालापानीमा सेना भारतले राखिरहेको अबस्थामा महाकाली सन्धि गर्नु एतिहासिक भुल थियो । महाकालीको मुहानको ठेगान नगरिकन, महाकालीको सन्धि गर्नु हुन्थेन । समयले प्रमाणित गरिसक्यो तर एमाले ले गल्ति गरेका थियौ भनेर अहिलेसम्म स्विकारेको छैन / हुनत महाकाली सन्धि कांग्रेसका देउवा प्रधानमन्त्रि हुदा उनिको नेतृत्वमा गरिएको थियो / खैर यी कुरालाइ छोडौ /

एउटा नजिकबाट चिनिएको साथी मन्त्रि भएका छन । जो नेपालको नेकपाको अध्यक्ष हुने हैसियत राख्छन र भावी प्रधानमन्त्री हुन सक्ने हैसियत राख्छन / अहिलेसम्म बदमासी गरेको रेकर्ड छैन / त्यो इमान्दार मित्र यहि मन्त्रि पदले उनको इमान्दारितामा, उनको कार्य कुशलतामा सफलताबाट फर्किन परोस, गुल्मीबाट गोकर्ण बिष्ट श्रम मन्त्रि भए / उनले गरेका उल्लेखनीय अघिल्लो र पछिल्लो कार्य काललाइ जनताले सफल भएको मानेका छन् / आफ्नो पदको दुरुपयोग गरेनन / भ्रष्टाचार गरेनन / नाजायज काम गरेनन / जबकी श्रममाफिया बाट धेरै रकम भ्रष्टाचार गर्न सकिन्थ्यो / माफियालाइ तह लगाए / माफिया तत्न्त्रलाई सागुरो बनाउदै आफ्नो कब्जामा लिन थालेको अबस्थामा उनीलाई, मन्त्रिपदबाट निकालिएको छ / सरकारले निकाले पनी जनताले उनलाई राम्रो काम गरेको स्याबासी दिएका छन् /

तपाइको स्वच्छ छविलाई धमिल्याउने थुपै कोशिश हुने छन् / त्यसको ख्याल गर्नु होला र बरु निस्कन तयार हुनुहोस / तपाइँ माथि गरिएको भरोसामा तुसारापात नहोस / डटेर काम गर्नु होला जनताको पक्षमा ! इज्जतको साथ जानु भएको छ, फर्केर आउदा पनी सम्पत्ति हैन इज्जत कमाएर आउनु होला / तपाइलाइ धेरै धेरै शुभ कामना !!!

मैले देखेका तपाइले समाधान गर्न सक्ने चुनौती र अवसर तल बुदागत रुपमा उल्लेख गरेको छु /

१. एमालेमा धेरै भ्रष्टाचारी मन्त्रि भए, जनताको काम भएन, सदा भ्रष्ट ठेकेदार, ब्यापारी र माफियाहरुबाट बिहान चियापान देखी रातको सुत्ने बिस्तारासम्म घेरिएको छ, यो सरकार दलाल पुंजिबादहरु सरकार भएको ठहर गर्ने घनश्याम यहि सरकारको कृषि मन्त्री बनेर सरकारलाइ दलाल पुंजीपतीको चंगुलबाट निकाल्न सक्लान ?

२. सदियौदेखि मलखादको अभावले ग्रसित किसानको लागि समयमै मलखांद उन्नत बिउ बिजन उपलब्ध गराउने परिपाटी मिलाउन सक्लान ?

३. आफ्नै देशमा रासायनिक मलको कारखाना खोलेर किसानलाई भारतीय बोडरमा पाउने सास्ती मेटाउने योजनाको शुरुवात होला ? रासायनिक मल उत्पादन गर्ने कारखान नेपालमा खोलिन्छ ?

४. कृषि क्षेत्रमा भएको भ्रष्टाचार अनियमता र नक्कली किसानलाइ अनुदान रोकिएला ?

६. कृषियोग्य जमिनलाई चक्लाबन्दी बनाएर किसानलाई सहकारीको रुपमा ब्याबसायिक गराउन सक्लान त ?

७. मल्खादमा बिचौलिया, बिउ बिजनमा धोका, कृषि उत्पादनमा बिचौलिया, भारतीय कृषि उत्पादन रोक्दै, नेपाली कृषकका उत्पादनको यथोचित ब्यबस्थापन गर्न सक्लान ?

८. किसानलाई कुनै सुबिधा छैन । खेति किसान गर्ने खेतको मालपोत मिनाहा, कृषि उत्पादनमा कर मुक्त, कृषि उत्पादन गर्ने कामदारलाइ यथोचित तलब र सामाजिक सुरक्षा पेन्सनको ब्यबस्था हुन सक्ला ?

९. कृषि उत्पादनको अनुपातमा मेसिनरी, टेक्टर, पम्पसेट अनुदानको ब्यबस्था, ० भन्सार सुबिधा दिने ब्यबस्था दिलाउन सक्लान त ?

१०. देशलाई आत्म निर्भर गराउन सक्ने खाद्यान्न र पशु पन्छीको उत्पादन गर्न परिस्थिति सृजना गर्न सक्लान त ?

सरकारलाइ दलाल पुंजीवादको चंगुलबाट निकाल्न कोशिश पक्कै गर्नु हुने छ / यो तपाइको राजनीति जिन्दगीको सफल वा असफल को निर्णय हुने छ । एउटा आश लाग्दो नेता तपाइको कार्यकाल सफलताको कामना गर्दछु ।

पुण्डरी अर्याल
११/२४/२०१९

Leave a Reply