मलाइ अन्याय भयो ?
रवीको मा जाउ ।
मलाइ फलाना मेनपावरले ठग्यो ?
रवीको मा जाउ ।
मालपोतमा घुस माग्यो ?
रवीको मा जाउ ।
ठेकेदारले काम ठग्यो ?
रवीको मा जाउ ।
भाडामा बस्नेले भाडा दिएन ?
रवीको मा जाउ ।
ठेकेदारलाइ अफिसले पेमेन्ट दिएन ?
रवीको मा जाउ ।
मेरो नागरिकता बनाउदा घुस माग्छ ?
रवीको मा जाउ ।
खोलाको ढुंगा गिट्टी चोरेर बेचे ?
रवीको मा जाउ ।
पुलिसले गाडीवालासित घुस लियो ?
रवीको मा जाउ ।
भन्सार कर्मचारीले घुस ली तस्कर गरे ?
रवीको मा जाउ ।
फलानो ठाउमा हत्या भयो ?
रवीको मा जाउ ।
पुलिसले जाहेरी लिएन ?
रवीको मा जाउ ।
बलात्कार भयो ।
रवीको मा जाउ ।
खोजि गरि पाउ पुलिसले जाहेर लिन मानेन ?
रवीको मा जाउ ।
बृद्ध भत्ता गाउपालिका दिएन ?
रवीको मा जाउ ।
मेलम्चीको पानि आएन ?
रवीको मा जाउ ।
मेलम्चीको ठेकेदार भाग्यो ?
रवीको मा जाउ ।
अरबमा छोरो मर्यो लास ल्याउन सकिएन ?
रवीको मा जाउ ।
मेरी छोरी हराई । पुलिसले निबेदन लिएन ?
रवीको मा जाउ ।
मेन पावरले मेरी छोरीलाइ कता पठायो ?
रवीको मा जाउ ।
दलालले केटि बेच्यो ? लौ न के गरम ?
रवीको मा जाउ ।
बसले भाडा बढी लियो ?
रवीको मा जाउ ।
मलाइ नोकरी चाहियो ?
रवीको मा जाउ ।
कर्णालीमा अस्पताल छैन ?
रवीको मा जाउ ।
बाढी पिडितको बिचल्ली भयो ?
रवीको मा जाउ । उसले घर बनाइ दिञ्छ ।
मेरो सानो समस्या छ ?
रवीको मा जाउ ।
मेरो ठुलो समस्या छ ?
रवीको मा जाउ ।
मेन पावरले पठाएका अरबमा अलपत्र परे, उद्दार गर्न पर्यो ?
रवीको मा जाउ ।
( सरकारको अकर्यमन्यताले ससाना जनताका कामलाई बेवास्ता गर्ने, भ्रष्टाचार माफिया, ठगि दलालीको चगुल परि देश लुटने क्रममा लिप्त भएको दुइ तिहाइ सरकार नियन्त्रण लिनुको सट्टा माफियाको पछाडी लागेको अवस्थाले सृजना गरेको अबस्था हो यो)

( हामीले सुन्दै आएको कम्युनिष्ट सरकारले जनताको गाँस बास कपासको ब्यबस्था गर्छ । भ्रष्टाचार हुदैन, सबै जनतालाई न्याय दिन्छन । रोजगारी दिन्छन । जनताको पिर बुझछन । राष्ट्रको निर्माणमा ज्यान दिएर काम गर्छन । देशमा दलाल, घुषखोरिको उन्मुलन हुने छ । संसारमा जति पनी राम्रा काम हुन्छन त्यै समाजबादी कम्युनिष्टहरुले गर्नेछन ।
देशमा दुइ तिहाइको सरकार छ । तर सबै काम रबीले गर्न पर्ने भए पछि यो सरकार किन चाहियो ? समुन्द्र नै नभएको देशमा पानीजहाजको अफिस खोलेर कति दिन जनतालाइ झुक्याउने ? उखान टुक्का र दुइ तिहाइको दम्भ देखाएर जनताको ससानो काम हरु पनि नगर्दिने ! जनताको सानो काम पनी गराउन महिनौ लाग्ने । घुस र भ्रष्टाचार भयो भन्दा प्रमाण जुटाएर कारबाही हुन् पर्यो भन्दा रबीलाइ सरकार बिरोधी भनेर खोरमा थुन्न खोज्ने वा फसाउन खोज्ने ? जेलमा हालेर पचाउन खोज्ने वा कस्तो हो ? यो जनताको सरकार !!!
हिजो तिमीलाई हिजोको सरकारले तिमीलाई दुस्मन देखेको थियो जनता समस्या लिएर हिडदा । यति चाडो बिर्सिएर, जनताको समस्या समाधान गर्नको लागि सरकार, कर्मचारी र जनतालाई सदा सजक बनाउने घुसखोरी, माफिया, भ्रष्टाचारी दोहलो काढेर जनताको अदालत बनेका रबी लामिछानेलाइ बिरोधि देखेका छौ ? तिम्रा कार्यकर्ता रबीको रिहाईको लागि सडक उत्रेका छन ? तिमीलाई होस् छ कि छैन ? तिमीले ट्रेन गरेका गोरिल्लाहरु अब तिम्रा बिरुध्द जाइ लाग्दै छन् । अब धेरै दिन पर्खनु पर्दैन होला ? इतिहास हेर, ३६ सालमा भुट्टोलाइ फाँसी दिएको बिरोध गर्न बिद्यार्थीले एम्बेसी जादा पुलिसले दमन गर्दा, राजाले जनमत गर्न बाध्य भए । धाँधली गरेर जनमत संग्रहमा पंचायतलाइ जिताउदा ४६ सालमा बहुदल घोषणा गर्न बाध्य भए राजा । जनताको समस्यालाई बेवास्ता गर्दा देशले माओबादि बेहोर्न बाध्य भए ।
चाहे कांग्रेस होस् चाहे एमाले सबैले जनताको मत लिएर जनतालाई लात मारेर आफैले मै खाउ मै लाउ, गरेर माफियाको इसारामा राज पाठ गर्दा राजा ज्ञानेन्द्रले सत्ता हत्ताए । सबै पार्टी मिलेर राजालाइ हटाए । दलाल भन्दा सबै रिसाउछन तरसाचो हो कांग्रेस, एमाले ए माओबादिले गरेको सम्झौता बारह बुदेले प्रमाणित गरेको छ । यी सबै भारतका प्रतिनिधि भएर नेपालि जनताका प्रमुख हुन् पुगेका छन । यी सबै मिलेर खान्छन। जनतालाइ लड़ाउछन । झुक्याउछन केहि बोले झुट्टा मुद्दामा फ़साउछन । जति सुकै जे भने पनी जनताको समस्या सुल्झाउने र जनस्तर उकास्ने कसैले काम गरेका छैनन । सच्चाई भन्ने हो भने राजनीति पार्टीमा लागेका मान्छेहरुको मात्रै कल्याण भएको छ । उनीहरु न कुनै ब्यबसाय, न कुनै उद्दोग, न नोकरी गरेर आज उनीहरु कसरि अरबपतिको भन्दा ठुलो हैसियत बनाएका छन् ? हिजका पाटेबुन्गाहरु !!! अबका जनताले बुझ्न थालेका छन । खरदार, सुब्बाले प्रहरी अफिस समाधान गर्न सक्ने कुरा नगर्दिएर जनताले रबीलाइ गुहार्न परेको र उनले टेलिभिजनको माध्यम बाट यो नियम संगत काम किन नगरिएको भन्दै आम जनताको आवाजलाइ बुलन्द गरेर समस्या समाधान गर्न दिलोज्यान लगाएका थिए । सरकारी निकाएको गलत क्रियाकलापलाइ जनता समक्ष उजागार पारेका थिए । घुस लिने दिने, भ्रष्टाचार, अनियमितता बिरुध्द ज्यानको बाजी लगाएर समाज र राज्य सुधार गर्न लागी परेका रबी तस्कर, माफिया, भ्रष्टाचारीहरुको तारो बन्न पुगे । माफिया, तस्कर र भ्रष्टाचारिहरुको चंगुलमा परेको सरकार न यो कुरा सुन्छ ? न महसुस गर्छ । यस्ता कुरा उठाउने मान्छेलाई बिरोधि भन्ने ठान्छ । यस्तै गतिबिधि र बेतिथी रमाउने हो भने यो सरकार नेपाली जनताको नजरबाट गिर्ने छ र गिर्दै गैरहेको छ ।
कोइ मान्छे तलब थोरै दियो भनेर आत्महत्या गर्छ के उ संग सम्बन्धित मान्छे जेल जान पर्ने भए पछि भोलिका दिन झन् भयाभय नहोला भन्न सकिन्न । उधोगी ब्यापारी जसले कामदार राख्छ उ जहिले पनी जेल जान सक्छ ! कसले पुग्ने गरि तलब दिएको छ र ? कमजोर मानिसले जहिले पनी आफ्नो गल्ति नदेख्ने अरुको गल्तिको कारण देखाएर आत्मा हत्या गर्न सक्छ । अनि के हुन्छ ? यस्तो कानुनलाइ सच्याउन जरुरि छ । सो कानुन कस्कोलागि बनाइएको हो सो स्पष्ट हुन् जरुरि छ ।
केहि बर्ष अगाडी एमाले केन्द्रिय अफिस बल्खु अगाडीको पार्कमा झापा आन्दोलनका योध्दा। चौधरी थरका पार्टी सदस्यले महिनौसम्म आफ्नो छोरालाई सानो तिनो जिबिका चलाउने नोकरी लगाइदिन भनेका थिए । पार्टीका नेताले आफु र आफ्नो परिबार सदस्यलाई सहयोग नगरेको र उनको बिन्ति कसैले नसुनेको कुरा भनेर लेखेर अफिस अगाडी नै रुखमा झुन्डीएर आत्महत्या गरेका थिए । त्यो आत्महत्यामा दुरुत्साहि गर्ने नेकपा अध्यक्ष्य वा पार्टी नेतालाइ कानुन लाग्ने कि नलाग्ने ? रबी न्युज २४ का मालिक पनि होइनन, उनले पनि तलब लिन्छन । अनि उनले तलब थोरै दिए भनेर भन्दैमा कसैले आत्महत्या गर्छ भने त्यस्तो पनी दुरुत्साहि हुन्छ ?
यस्तो घाम जस्तो छर्लग्न उज्यालो कुरालाइ टेड़ो मेड़ो बनाइ रबीलाइ नियतबश फसाएर उनको कार्यक्रम सिधा कुरा जनतासंग बन्द गराउने र उनलाई जेलमा हाल्ने नियतले ओतप्रोत भै फसाए । आज जनता बकमफुसे नेता भन्दा धेरै जानकार छन, नबुझ्ने भेडा ठान्ने नेताहरुको बिरुध्द स्वत् स्फुर्त जनताको खबरदारीले गर्दा अदालतले सकेसम्मको धरौटी लिएर छोड्न बाध्य भएको छ । अझै उसले जहिले पनी हिरासतमा लिन सक्ने गरि मुद्दा कायमै राखी राखेको छ ।
रबी आम जनताको आँखाको नानी बनेका छन , राज्यको लापरबाहीले दुख पाएका जनताको मसिहा बनेका छन् । कोइ सक छैन आज सम्म यति ठुलो एक जना व्यक्ति जो राजनीतिमा लागेको छैन त्यसको लागि बच्चा बुढा महिला सबै सडकमा उत्रे ।
राम्रो काम गरेर नेता लोकप्रिय हुनको लागि कसैले छेकेको थिएन तर बिडम्बना पार्टीका मान्छे लोभीपापी कमाउ धन्दामा व्यस्त भए । मलाइ लाग्थ्यो रबीले त सरकारले चाहे जस्तै भ्रष्टाचार सुन्य बनाउन सहयोग गरेका छन सायद नेकपाले उनलाई भित्रि रुपमा सहयोग गरेको होला ? भन्ने थियो । तर होइन रहेछ । भ्रम रहेछ, भ्रष्टाचार सुन्य सहन, कानुनि राज्य, र सम्रिध्दिको नारा त मुखको बोलि मात्रै रहेछ । देखाउने दांत रहेछ । सरकारको नियत भण्डाफोर भएको देखेर रबीलाइ बाटोको काँटा ठानेर बढारेर फाल्न खोजिएको रहेछ ।
यो सरकारले तिमीलाई राष्ट्रको नायक बनाउन मद्दतै गरेको हो कि ? दुइ तिहाइ सरकारले सजिलै गर्न सक्ने काम नगरेर । जनताका आवाजलाई बुलन्द बनाइ न्याय खोजिदिने रबी तिमीलाई नेपाली जनताले राष्ट्रको नायक बनाएरे छोडे । तिमीलाई बधाई छ ! तिमीले गरेका असल कामको लागि नेपाली जनता सदा ऋणी हुने छन । तिम्रो यस्तो कर्मको निरन्तरता रहिरहोस ! तिम्रो आँट हिम्मतमा कमि कहिँ कतै न आओस ।

अस्तु
पुण्डरी अर्याल
टेक्सास
८/२६/२०१९

Leave a Reply