मधुमेह (diabetes):
डाइबेटिज २ किसिमको हुन्छ |
मधुमेह टाइप १ एक ;
मधुमेह टाइप एक हो भनेर पत्ता लगाउनु भनेको हाम्रो पेक्रैज (pancreas)ले आबस्याकता अनुसार इन्सुलिन उत्पादन गर्न सक्दैन भन्ने बुझ्नु पर्दछ | त्यसैले आफ्नो रगतमा ग्लुकोज लेबेल मोनिटर हेरेर डाक्टरको सल्लाह अनुसार दैनिक रुपमा इन्सुलिनको सुइ लिनु पर्दछ यो प्राय बच्चा र युवा पुस्तामा देखिने गर्छ | शुरुमा देखिने मधुमेहलाई जुवेनाइल (juvenile diabetes) भनिन्छ | यसमा सरिरले इन्सुलिन उत्पादन गर्दैन | इन्सुलिन एउटा यस्तो हर्मोन हो, जस्ले गुलियो, स्टार्च र अन्य खानालाई शक्तिमा परिणत गर्न मद्दत गर्दछ | इन्सुलिन एक महत्वपूर्ण रसायन हो, यस्ले खानालाई शक्ति (energy) मा परिणत गर्दछ र हाम्रो दैनिकी जीवनको परिचालनमा शक्ति प्रदान गर्दछ |
मधुमेह टाइप २
रगतमा चिनीको मात्रा नर्मल लेबलबाट माथि गएपछि हामीलाई मधुमेह हुन्छ | यसलाई हाइपरग्लिसेमिया पनि भन्दछन | मधुमेह टाइप २ मधुमेहको साधारण अबस्था हो | यदि हाम्रो शरीरमा इन्सुलिन ठीकठाक प्रयोग हुन् सकेन भने यो मधुमेह टाइप २ हो, यसलाई इन्सुलिन उत्पादनमा अबरोध भएको मानिन्छ | पहिले पेंक्रैजले प्रसस्त इन्सुलिन उत्पादन गर्छ, पछी गएर आबस्याक इन्सुलिन रगतमा पुराउन नसकी मधुमेह रोग बन्न पुग्दछ |
जब ग्लुकोज सरिरको कोषमा जानको सट्टा रगतमा गैरहेको हुन्छ | यसको २ वटा कारण छन् | यसले तुरुन्त हाम्रो सरिरको कोषले शक्तिको लागि खाना मागिरहेको हुन्छ | धेरै समयसम्म उच्च मधुमेह (high blood glucose levels) सरिरमा रहिरह्यो भने यस्ले आँखा, किडनी, नशा र मुटुमा नोक्सान गर्छ | केहि मान्छेले आफ्नो टाइप २ मधुमेहलाइ स्वास्थ्य खाना र सारीरिक क्रियाशील भैरहेर कन्ट्रोल गर्न सक्छन | टाइप २ मधुमेहलाइ प्राय शुरुका दिनमा औषधि चाहिदैन तर लामो समय बित्दै जादा यस्ले धेरै नोक्सान गर्न सक्छ त्यसैले आफ्नो रगतमा चिनीको मात्रा रोग लाग्यो भनेर आत्ती हाल्नु पर्दैन | तर साबधानी भने भै रहन पर्ने हुन्छ | यसमा आफ्नो रगतमा ग्लुकोज लेबल कति छ ? कति इन्सुलिन कति पटक लगाउनु पर्छ ? भन्ने कुरा भुल्नु हुदैन | बेला बेलामा डाक्टर संग सल्लाह लिन जरुरि छ |
मधुमेह हुने रोगीले ब्लड सुगर लेबल यस अनुसार ब्यबस्थापन गर्नु आबस्याक छ |
भोको पेटमा – 100 mg/dl भन्दा कम हुन् पर्छ |
खाना खानु अघि – 70 – 130 mg/dl हुन् पर्छ |
खाना खाएपछि – 180 mg/dl (१ -२ घण्टा सम्म)भन्दा कम हुन् पर्छ |
ब्यायाम गर्नु भन्दा – 100 mg/dl कससे कम हुन् पर्छ यदि रोगीले इन्सुलिनको सुइ लिएको छ भने |
सुत्ने बेलामा – 100 – 140 mg/dl बिचमा हुनु पर्छ |
औषधि उपचार :

सरिरमा ग्लुकोजको मात्रा सन्तुलन राख्न आबस्याक पर्ने हुनसक्छ, त्यसैले आफ्नो डाक्टरबाट खाने औषधि र इन्सुलीनका इन्जेसन साथमा लिई राख्नु पर्दछ |
सारीरिक ब्यायाम::(Exercise)

ब्यायाम र योगाले मधुमेहलाइ सन्तुलन राख्नलाइ ठुलो मदत गर्दछ | यसो गर्यो भने आफुलाई चुस्त दुरुस्त पनि राख्छ र ग्लुकोज लेबललाई सन्तुलन बनाउछ |
जरिबुटी :

बेसार , निम, कुन्द्रुकको फल, अमला, त्रिफला, करेला, पानी अमला, बेलको पात, दालचिनी, तेजपत्ता, गुडमारको फुल र पात, मेथी, घ्रित कुमारी, जामुन

बिधि १. तेजपत्ता र बेसारको धुलो मिसाएर – एक चम्चा
ध्यु कुमारी जेल – एक चम्चा
खाना खानु अघि

बिधि २. साँझ पानीमा मेथी भिजाएर राख्ने, बिहान च्खाली पेटमा दुइ चम्मच बिहान बेलुकी खाने

बिधि ३। मेथीको धुलो र बेसारको धुलो मिसाएर दुइ चमच खालि पेटमा साँझ बिहान खाने

बिधि ४/ एक लिटर पानीमा दालाचिनिको धुलो चार चम्चा मिसाएर २०मिनेट उमालेर राख्ने, दिनभरिमा सो पिउने /

बिधि ५ / जामुनको भित्रि गेडाको धुलो एक एक चम्चा साँझ बिहान मन तातोमा खाने /

बिधि ६ / अमलाको रस प्रतिदिन २० मिलिलिटर पिउने /

बिधि ७ / त्रिफला खालि पेटमा एक चम्चा बिहान बेलुकी /

माथी उल्लेखित औषधि हैनन् / यी सबै जरिबुटी हुन र प्राकृतिक औषधीय गुण सम्पन्न छन । त्यसैले खानपानमा यी समाबेस गरेर मिलाएर खाएमा, चिनी रोग लाग्न पाउदैन र लागेमा पनी बिस्तारै निमिठ्यान्न पार्न सकिन्छ ।

आयुर्वेदिक औषधि: मधुकल्प ,ग्लुकोसिल, सिलाजित,चन्द्रप्रभा, अश्वगन्धालाइ भनिए पनी रोग लागिसकेका बिरामीले यसैको भर नगर्नु होला ? यिनको भर गर्दा ज्यान जान सक्छ । डाक्टरको सल्लहा लिएर मात्र गर्नु होला । आयुर्वेदिक औषधी, औषधी हैनन यी सहायक खाना हुन ।

पुण्डरी अर्याल

Leave a Reply