आयुर्वेद के हो ?

आयुर्वेद विश्वको सबभन्दा पुरानो उपचार विधा हो । आयुर्वेद अथर्वेदको एक उपवेद हो ।
यसको अर्थ “जीवनको ज्ञान “ जुन आयुसंग सम्बन्ध छ । चरक, सुश्रुत, कश्यप आदि मान्य ग्रन्थ आयुर्वेदलाइ अथर्ववेद को उपवेद मान्दछन । त्यसैले हामी भन्न सक्छौ कि आयुर्वेदको रचनाकाल ईसा पूर्व ३,००० देखि ५०,००० वर्ष पहले यानि सृष्टिको उत्पत्तिको आस-पास हुनुपर्दछ । आयुर्वेद विधा स्वास्थ, कल्याण , मन मश्तिश्क र आत्मा बीच अनन्य सम्बन्ध र सन्तुलनको बिश्वासमा आधारित हुन्छ । यो विधा मुख्यत रोग लाग्नबाट बचाउनु र राम्रो स्वास्थ बनाउन प्रोत्साहन गरेको पाउदछौ । न कि रोगको उपचार । तर उपचारमा भने बिशेष समस्या आउन सक्छ ! तर रोग निको हुन् भने मानसिकरुपमा सहायक सिध्द हुने जन बिश्वास छ ।

हिताहितं सुखं दुःखमायुस्तस्य हिताहितम्। मानं च तच्च यत्रोक्तमायुर्वेदः स उच्यते॥ – (चरक संहिता १/४०)

जीवनको अनुकुल, जीवनको प्रतिकुल स्वस्थ जीवन र रोगको अबस्थालाइ बर्णन गरिएको हुन्छ, त्यहि नै आयुर्वेद हो । आयुर्वेद र आयुर्बिज्ञान दुवै नै चिकित्सा शास्त्र हो, तर ब्यबहारमा प्राचिन चिकित्सा विज्ञानलाई आयुर्वेद भनिएको छ र आधुनिक चिकित्सा पध्दतिलाइ एलोपेथिक प्रणालीलाइ आयुर्विज्ञान भनेर भनिन्छ ।

आयुर्वेदयति बोधयति इति आयुर्वेद: ।
जुन शाश्त्रले आयु (जीवन) को ज्ञान गराउदछ त्यसैलाई आयुर्वेद भनिन्छ । सम्पूर्ण मानव सरिरको
स्वास्थ्य र रोगीको पहिचान, जसमा उमेरको बर्गिकरण, आयु बिध्या, आयु सुत्र, आयु लक्षण, आयु तन्त्र (सारीरिक रचना र क्रियाहरु) रोग तथा निधानको बृहत शास्त्रलाइ नै आयुर्वेद भन्दछन ।

चरक मतानुसार ( आत्रेय सप्रदाय)

चरक, सुश्रुत, काश्यप आदि मान्य ग्रन्थ आयुर्वेदलाइ अथर्ववेद को उपवेद मान्दछन । त्यसैले हामी भन्न सक्छौ कि आयुर्वेदको रचनाकाल ईसा पूर्व ३,००० देखि ५०,००० वर्ष पहले यानि सृष्टिको उत्पत्तिको आस-पास हुनुपर्दछ ।
आयुर्वेदशास्त्रको आदि आचार्य अश्विनी कुमारलाई मान्दछन । ब्रह्माबाट प्रजापतिले, प्रजापतिबाट अश्विनी कुमारले र अश्वनी कुमारबाट इन्द्रले यो बिध्या प्राप्त गरेका थिए र इन्द्रले धन्वन्तरीलाइ यो बिध्या सिकाए । काशीका राजा दिवोदाशलाई धन्वंतारिको अवतार मानेर उनिसंग सुश्रुतले आयुर्वेद पढेका थिए । अत्रि र भारद्वाज पनी यो शास्त्रको प्रवर्तक मानिन्छन । आय़ुर्वेदका आचार्यहरु — अश्विनीकुमार, धन्वंतरि, दिवोदास (काशिराज), नकुल, सहदेव, अर्कि, च्यवन, जनक, बुध, जावाल, जाजलि, पैल, करथ, अगस्त, अत्रि र उनका छ शिष्य (अग्निवेश, भेड़, जातूकर्ण, पराशर, सीरपाणि हारीत), र सुश्रुत और चरक पनी आयुर्वेदका अग्रज बिध्दत मानिन्छन ।
छ शिष्य मध्ये अग्निवेश सबभन्दा विध्दान थिए, तिनैले आयुर्वेद संहिता लेखेका थिए जुन अग्निवेश तन्त्र भनिन्थ्यो । जसलाई परिष्कृत गरेर आचार्य चरकले संहिता बनाए । त्यो संहिताको नाम चरकसंहिता राखियो । जुन आज आयुर्वेदको आधारस्तम्भ मानिन्छ ।

सुश्रुत मतानुसार ( धन्वन्तरी सम्प्रदाय)

काशीराज दिवोदाशको रुपमा अवतरित भगवान धन्वन्तरीको साथमा अन्य महार्शिका साथ सुश्रुत अध्ययनको लागि आएका थिए । त्यतिबेला भगवान धन्वंतरिले उनीहरुलाई उपदेश दिदै स्वयम ब्रह्माजीले श्रीष्टि पुर्व नै अथर्वेदको उपवेद आयुर्वेदलाई एक सहश्र अध्याय प्रकाशित गरे / ब्रह्माजीले मनुष्यलाई अल्प मेधावी छन् भनि आयुर्बेदको अध्ययन सजिलो रहोस भनि आठ भागमा विभक्त गरि दिए । यसप्रकार धन्वंतरिले पनी आयुर्वेदका प्रकाशन ब्रह्मदेव व्दारा नै प्रतिपादित गरेको मानेका छन् । फेरी पनी आयुर्बेदका देवता धन्वंतरिले भन्दछन कि ब्रह्माबाट प्रजापतिले, प्रजापतिबाट अश्विनी कुमारले र अश्वनी कुमारबाट इन्द्रले आयुर्वेदको ज्ञान प्राप्त गरेका थिए ।

आयुर्वेदको उदेश्य :

आयुर्वेदको मुख्य उदेश्य भनेको स्वस्थ प्राणि वा मनुष्यको स्वास्थ्यको रक्षा गर्ने र रोगीलाई रोगबाट बचाउने रक्षा गर्ने नै हो । मनुष्यलाइ रोगका बिकारबाट छुटकारा दिएर स्वस्थ बनाउनु नै आयुर्वेदको मुख्य उदेश्य हो ।

निदान ( diagnosis )

आयुर्वेदमा आठ तरिकाले रोगलाई चिन्न वा ठम्याउन सकिन्छ । यो विधिलाई निदान भनिन्छ । ति बिधि यस प्रकार छन् । नाडी, मल, मुत्र, जिब्रो, बोलि, स्पर्श, आँखा, आकृति हुन । तर आयुर्वेदिक चिकित्सकले आफ्नो पांच इन्द्रियको सहायताले रोगको निदान पत्ता लगाउछ ।

उपचार (Treatment )
आयुर्वेदका आठ बिभागमध्ये सर्जरी वा शल्यचिकित्सा र शल्या तंत्र बाहेक समकालीन आयुर्वेद प्रणालीमा स्वस्थ बनाउन पाचन प्रणालीलाई स्वस्थ बनाउन र मलमुत्र उत्सर्जन ब्यबस्थित बनाइ जिबन शक्ति प्राप्त गर्न प्रयास गराउदछन । आयुर्वेदले कसरत, योगा र ध्यान अनि सात्विक भोजनको लागि प्रोत्साहन गर्दछन /
आयुर्वेदमा असन्तुलित दुषित खानपानबाट नै रोगको शुरुवात हुन्छ भन्ने मान्यता हुन्छ र रोगीको पेटमा भएको दुषित खानालाइ पेटबाट बाहिर निष्काशित गरि खालि गराउने शोधन र परिपूर्ति समन गराउने बिधि गरिन्छ । जसलाई लंघन (depleting )भानिन्छ ।

१. शोधन (purification)
बमन (emesis)
बिरेचन (pugation)
बस्ति ( Enema)
नश्य (nasal medication )
रक्तमोचन (bloodletting )

२. समन (pacifying)
पाचन ( using digestives)
दिपना ( increase digestive fire)
छूट ( hunger )
प्यास (thirst )
ब्यायाम ( exercise )
आथप ( sanlight )
माथुर ( wind )

दोश्रोमा आबस्याक पोशक तत्व सहितको स्वास्थ्बर्धक खाना खानको लागी सुझाब गरिन्छ । जसलाई ब्रह्मना ( Nourishing ) भनिन्छ ।

आयुर्वेदमा निदान र उपचार बिधिमा त्रिदोष

यो जगत ब्राह्माण्ड जन्म मृत्यु र जीवनमा संग आपसमा जोडिएका छन । यदि हाम्रो सरिर मतिश्क र आत्मा एक आपसमा ब्रमाण्डसंग सुमधुर तालमेल मिलाउछ भने हाम्रो सरिर स्वास्थ्य रहेको हुन्छ । त्यसमा कुनै किसिमको बाधा वा असन्तुलन हुन् गएमा हाम्रो स्वस्थ खराब हुन्छ । ब्रमाण्डमा स्थित पंचमूलभुत तत्व आकास, हावा, अग्नि , पानी र पृथ्वी यी तत्वको असन्तुलन वा दुषित हुन् गएमा मानिस रोगि बन्दछ भन्ने आयुर्वेद अभ्यास कर्ताको बिश्वास छ । मानब सरिरको गठबन्धनमा तिन किसिमका जिबनशक्ति वा उर्जाशक्ति हुन्छन, ति हुन् वात पित्त र कफ हुन यी तत्वको असन्तुलन लाइ त्रिदोश भनिन्छ । तिनीहरु यस प्रकार छन १. वात दोष : ( आकाश र वायु) २. पित्त दोष : ( आगो र पानी ) ३. कफ दोष : ( पानि र पृथ्वी ) प्रत्येक मानव सरिरमा यी तिन तत्वको बंशानुगत अद्वितीय मिश्रण भएको हुन्छ । प्रत्येक तत्वले सरिरको फरक फरक कार्य सम्पन्न गर्दछन । तर कुनै कुनै बेला यी तिन मध्ये एउटा तत्व बलवान भै राखेको हुन्छ । जब यी तिन तत्वको सन्तुलन बिग्रन जान्छ तब मानब सरिरमा रोग ब्याधि देखा पर्दछ वा बिमारी हुने खतरा बढेर जान्छ । रोग ब्याधि अथवा स्वास्थ्य समस्या यी तत्वको असन्तुलनले निम्त्याउछ । स्वास्थ्य समस्याहरु यी तिन तत्वको त्रिदोशको कारणले भएको हो भन्ने आयुर्वेदका बिद्यार्थी वा चिकित्सकको बिश्वास छ र आयुर्वेदको मान्यता पनि यहि हो । यी तत्वको सन्तुलन बनाउन र बिगार्नको लागि आनुबांशिक बिकलान, चोटपटक, मौसम परिबर्तन, उमेर, मनोभाव, बातावरण र खान पानमा निर्भर गर्दछ ।

वात दोष (आकाश र वायु ) :

वात उर्जाले सरिरको आधारभूत सरिर संचालन जस्तै ब्रेन, सास फेर्न, रगतको प्रवाह, मुटुको क्रिया कलापलाइ नियन्त्रण र ब्यबस्थित गर्दछ र दुषित तत्वलाइ आन्द्राबाट निष्कासित गर्ने क्षमता राख्दछ । यदि हामी वात प्रकृति हौ भने यसको असन्तुलित भएमा । यदि वातदोष हाम्रो सरिरमा भएको छ भने आत्तिने डराउने , मुटुकोरोग, दमकोरोग र छालाको समस्या र वात रोग हुने सम्भावना हुन्छ ।

पीत्त दोष : ( आगो र पानी )

पित्त उर्जाले हाम्रो पाचन क्रिया digestion, metabolism लाइ नियन्त्रण गर्दछ । जुन एक किसिमको हर्मोन हाम्रो भोक (appeite) संग जोडिएको हुन्छ । मसालेदार चटपटे र पिरो अमिलो खानाले लामो समयसम्म पच्न सक्दैन । यदी हाम्रो सरिर पित्त प्रकृतिको हो भने यो असन्तुलन भयो भने वात दोष हुन् जान्छ र पेट सम्बन्धित रोग लाग्दछ । मुटुको रोग, हाइ ब्लाड प्रेसर र इन्फेक्सन हुने संभावना बढेर जान्छ ।

कफ दोष:( पानि र पृथ्वी )
कफ प्रकृति उर्जाले सरिरको मांसपेशीहरुको समुचित बिकास सरिरको बल स्थिरता वजन प्रतिरक्षा प्रणालीलाई नियन्त्रण गर्दछ । यदि हामी कफ प्रकृति हौ भने यसको असन्तुलनले कफ दोष हुन् जान्छ । दिउसोमा निदाउने, धेरै गुलियो खाना खाने, नुनिलो र पानि धेरै खानाले सरिरमा मोटोपन हुने, सुगर रोग , सास गन्हाउने, सास फुल्ने, क्यान्सर आदि रोग लाग्ने संभावना हुन्छ । खान पानमा नियन्त्रण नगरे यो रोग सजिलै लाग्दछ ।

त्यसैले मानब सरिरमा भएको यी उर्जा स्वरुप वात पीत्त र कफलाइ सन्तुलनमा राखेर स्वास्थ्य बन्न सक्दछौ ।

आयुर्वेद उपचारका फाइदाहरु :

१. यो उपचारबाट व्यक्तिको सारीरिक र मानसिकरुपमा सुधार हुन्छ ।
२. आयुर्वेद औषधि मुलत: प्राकृतिक जडिबुटी, पात, बिउ र फल र फुलबाट हुने हुनाले यो प्रकृतिसंग नजिक छ ।
३. मुलत : यी औषधिमा साइड इफेक्ट दुष्प्रभाव हुदैन ।
४. धेरै जसो दोर्घ र जिर्ण रोगमा यो प्रभावकारी माध्यम हो ।
५. यसमा रोगको उपचार मात्र होइन, रोगलाई नियन्त्रण पनि गर्दछ ।
६. खान पान जीवन शैली परिबर्तन गराएर रोगबाट छुटकारा दिलाउछ ।
७. यो उपचार घरेलु मसाला, र जरिबुटीलाइ प्रयोगमा ल्याउन सकिन्छ । अपेक्षाकृत एलोपैथी भन्दा सस्तो पनि हुन्छ ।
८. आयुर्वेद स्वस्थ व्यक्तिको लागी पनी सारीरिक तन्दुरुस्ती र रोगि हुनबाट बचाउन पनि मद्दतगार हुन्छ ।

०६/२५/२०१९
टेक्सास

Leave a Reply