कबिता- वृक्ष

Share
नआदि कालदेखि उभिएका छन्

यी रुखहरु, वृक्षहरु र बनस्पतीहरु




कतै मान्छेहरु 

सास फेर्न नसकेर मर्छन कि भन्दै

यो धरती मरुभुमी हुन्छन कि भन्दै

औतो जडिबुटी  पाउनन कि भन्दै 




मान्छेले प्रत्येक पल  फालेका 

दुषित श्वासलाई बिष पान गर्दै 

निलेका छन यी रुख, वृक्षहरू 

खडा छन धरतीमा 

अनादि कालदेखि 

आदिबासी बनेर 




वृक्ष रुख एवं बनस्पति 

कार्बन खाएर अक्सिजन 

दिन्छन प्राणीहरुलाइ 

प्राणीका  हुन प्राण दाता 

चरा चुरुन्गिका बासदाता 




मान्छेका चुलो चौका देखि 

घर मकान महल यिनैका 

हाडखोरले सजिएका छन ।

आलिशान फर्निचरले 

मान्छेका बैठक र अफिस 

सजिएका छन । 




भेदभाव गर्दैन वृक्षले कसैलाई 

निच जात भनेर

फलनो धर्म भनेर

वृक्ष अचल भै  खडा हुनु यसको साधना 

 वृक्ष तपश्वि हो कल्याण यसको आराधना 




गर्मीमा आमाको आचल जस्तै छाँया, 

सरर चलेको हावामा कति हो  माया 

दवाई अनी भोकमा दिन्छ यस्ले खाना 

चल्छ रोजगारी मान्छेका जिबन भर 

जन्मेदेखि पनी मर्दासम्म यसैको भर 




दिन्छ यसले मान्छेलाई रोटी कपडा र मकान 

तपमा मग्न छ दानबीर भै कति नमारी थकान 

मन्दिरदेखि मशानघाटसम्म चाहिन्छ तिम्रा अंग  

वृक्ष बिना बाच्दैन कोइ जीव संसार हुने छ भंग 




धर्मले भन्छ रुख रोपौ,    रुख हाम्रो जिबन दाता हो 

शास्त्रले भन्छ रुख रोपौ, रुख हाम्रो जिबन गाथा हो 

विज्ञानले भन्छ रुख रोपौ, रुख हाम्रो श्वास प्रस्वास हो 

पर्यावरण बचाउँ रुख रोपौ,रुख हाम्रो प्राणप्रदायक हो 




०५/०३/२०१९ 


Leave a Comment

Share