कविता – मृत्यु

Share

उ मेरो साया हो छाया हो
उ, म संग संगै बसेको छ /
उठेको छ / सुतेको छ /

मेरो प्रत्येक श्वास प्रश्वाशमा
मुटुको धडकनसंगै
जीवनको साक्षी बनेर
बसेको छ म संगै !

अचेल मेरो र उसको
पक्का मित्रता छ ।
मेरा हरकतलाइ उसले
हेर्छ, मुस्कराउछ, र भन्छ
नडराऊ म छु !
तिम्रो साथमा /

उसले मलाइ बाच्ने कला
सिकाएको छ /
प्रकृतिसंग रमाउन
सिकाएको छ /
उसले संसारको
रित बुझाएको छ /
मलाई /

मैले उसलाई बिकराल
रुपमा देख्थे पहिले
उ त मेरो पथ प्रदर्शक
भएको छ ऐले

अझ भन्ने हो भने उसले
मृत्युको कला पनि सिकाएको छ /
उसले भन्छ
जसले मृत्युको कला जान्दैन
उसले बाच्ने कला पनी जान्दैन ।

उस्ले मलाइ भन्ने गर्छ
जसले मलाई जान्यो ।
मलाइ चिन्यो र बुझ्यो /
उ त अमर बन्छ ।
यस धरतीमा /
तारा बन्छ आकाशमा /

अस्तु
पुण्डरी अर्याल
डालस ०८/२८/२०१८

Leave a Comment

Share