एउटा गित लेख्ने मन छ

गित बन्दै बनेन |

तस्विर बनाउने मन छ

तस्विर बन्दै  बनेन |

राम्रो कविता लेख्ने मन छ

राम्रो बन्दै बनेन |

निरोगी भइ बाच्ने मन छ

रोगले छोड दिएन |

खुशी भएर बाच्ने मन छ

दुखले साथ छोडेन |

नाम कमाउने मन छ |

गीतकार भएर,

संगीतकार भएर,

कवि भएर,

लेखक भएर,

कलाकार भएर ,

नेता भएर,

खेलाडी भएर,

बिध्दान भएर,

धनवान भएर,

समाजसेवी भएर,

ठुलो मान्छे भएर

मन  भएर मात्रै भएन

भाग्यले साथ त दिएन

यस्तै यस्तै भएर बाच्ने मन छ

सायद,

सबैलाई यस्तै लाग्दो हो !

 

११/१८/२०१६

 

Leave a Reply