जसले मलाइ जसरि चिन्छ
त्यहि मान्छे म हु होला !
राम्रोले राम्रो भनेर चिने होला ?
खराबले खराबै सोचे होला ?
जस्ले जति जरुरि थियो
त्यति नै बुझे होला मलाइ !
मोफोसलमा ठुलो बढो बन्ने
ख्वाहिस छैन र थिएन मलाइ
अर्थात
औकात थिएन होला मेरो ?
तपाइले चिन्नु भयो भने
त्यति नै काफी छ मलाइ !
बसिरहदा जमिनमा माटोसंग
उसंगको नाताले भित्रैदेखि
मेरो औकात सम्झाइदिने गर्छ
हरिया रुखसंग बार्ता गरिरहदा !
समुन्द्रको लहरसंगै लहराउन
आफ्नै मन्द गतिमा रमाउन
शान्त चुपचाप समाहित हुन
उसैबाट सिकेको हु नी मैले
अच्चमै छ दिन रात काट्न पनि
कष्ट भैराछ बिताउन यसै पनि ।
नपत्याउने गरि बर्षहरु चिप्लिरहेछन
धकल्दै मलाइ उसले बुढो बनाएर !
जिन्दगिको दौड रैछ हारको जस्तै
एक किसिमको म्याराथुन रेस जस्तै
जितिरहदा छुटी रहनछन आफ्नैहरु
हार्दा नी छोडी पछि पार्छन आफ्नैहरु
२/२५/२०१९