जननी जन्मभूमिश्च  स्वर्गादपि गरियसी

तिम्रा चरण मुनिका धुलो  शिरमा धसी

रक्षा गर्ने छौ मातृभूमिको कम्मर कसी

हुदैन यो देश बलियो  चुप लागेर बसी

 

छन दुष्टमति सन्तान आमा चकार्नेहरु

चुसेर लाम्टो पियर रगत जाइलाग्नेहरु  

फेरी पनी मन्टो नउठोस  मेरो राष्ट्रमा

तिनले माफी पाउने छैनन यो  देशमा

 

फासी दिनुपर्ने  कुपुत्र सम्मान हुदैछन  

सरकार लाचार भएर  किन चुक्दैछन

माटोलाइ दुत्कार्ने र फुटाउन खोज्नेहरु

अबिर फूलमालामा छन् आज उनीहरु

 

सरकार जनताको गर्ने छौ राम्रो  काम

भन्नेहरु गर्छौ किन यस्तो आपत्ति काम

उठाई टाउको फेरी बुलन्द गर्दै शानले

उनीहरु हौसेका छन तिम्रो यो कामले

 

जोगीको भेषमा आइ सिता हर्ने बनमा

उ जस्तै हौ कि तिमि पनी हाम्रो देशमा

शंका उपशंका घेरामा छौ आज  तिमि

गर्ने काम छोडी,

किन गर्छौ यस्ता बितण्डा  काम तिमि

 

लाज लागेन तिम्लाई तारतम्मे कस्को  हो

गोटी भै चलेका त छैनौ ? यो हाम्रो शंका हो

०३/१०/२०२०

 

Leave a Reply