अचेल मैले उनीसंग आँशु साटेर रुनु पर्या छ
आफैले आफैलाइ भरोसा कम गर्नु परया छ
मुश्किलले जागेको थियो भरोसा ति जनहरुको
आशा भरोशा मरेको शोकमा मनाउनु पर्या छ
आशा जगाएको थिए शुखि र सम्बृधि देशको
तुषारापात पार्न मलजल व्यर्थमा गर्नु पर्या छ
बोलेर मात्र कहाँ हुन्थो गरि पुराउन पर्ने थ्यो
उनको चित्त बुझाउन जे पनी बोल्नु पर्या छ
आसेपासे माफिया गरि खान दिने होइनन
त्यसैले त मुटु माथि ढुंगा राखी हास्नु पर्या छ
०२/२५/२०१९