उही शहर,

उही कोठा,

उही ओछ्यान

तर आज लागिरहेछ

नया नौलो र अनुपम

अपुर्ब उमंग छाइरहेछ

मन र मस्तिष्कमा

आशाका उर्जाशील किरणहरु

कोठाभरी छरिरहेछ ।

 

एउटा महाभारत जिते जस्तै

युध्द जितेको महारथी जस्तै

बाहिर जतिसुकै चिसो किन नहोस

रुख बिरुवाहरु कठ्याङ्ग्रिएका भएपनि

जीवनको बाच्ने अभिलाषासंगै

न्यानो स्पन्दनको  जिजीबिषाले

अन्तत मुर्तरुप पाइरहेछ ।

 

बसन्त आउनलाई फुल फुलिरहन

नपर्दो रहेछ ।

मान्छेका मन फेरीए

हरेक ऋतुहरु फेरिन नपर्दो रहेछ

जनवरीको चिसोमा पनि मनका

बुकिफुलहरु ढकमक्क मनभरी  

फुलिरहेछ

जड-जीवित  चेतन अचेतन

सवै बस्तुहरु पदार्थमा   

मन गइरहेछ ।  

सुन्दर र कुरुप भनेर छुट्याउने

न्यायाधिश पनि मनै रहेछ

गमलामा कथ्याङ्ग्रिएका

आभाहीन फूलहरुलाइ

भन्न मन लागिरहेछ ।

पख ! अब छिट्टै बसन्त

आइरहेछ ।

फुल फक्रेर फुल्नलाई

थाहा छ तिमीलाई  म पनि

चार चार बर्षसम्म मृत्युको

संत्रासमुनी थिचिएर

नयाँ जिबनको प्रतिक्षामा थिए

यसै भन्दै फुलसंगै बात मार्न

मन लागिरहेछ, आज ।

 

न्यु योर्क

 

( २०१२ डिसेम्बर ५ मा कोलम्बिया हस्पिटलमा कलेजो प्रत्यारोपण भै एक महिनाको अस्पतालको बसाइ पछि कोठामा आइसकेपछिको एउटा सुखद अनुभूति )

 

Leave a Reply