आकासमुनि सारा धर्ति हरा भरा भै रहोस.

हिमाल पग्ली नदि भएर खेतमा गइ रहोस ।

सुनका बाला गरा गरामा सुसेली भै बनोस  

मेहनती कृशकका घर अनाजले भरिओस ।

 

खुन पसिना बगाइ उब्जाको खेतीको अन्न

बिचौलिको नाफाको ब्यापार नदिउ है बन्न ।

पसिना बगाउछन पाखुरा बजारी खेतमा

यी किसानहरु महान छन सारा संसारमा ।

 

जति धन भए पनि खानलाई त अन्न चाहिन्छ

कामका लागि अन्नको बल सबैलाइ चाहिन्छ ।

किसानको मान कसले पो गर्छ यो दुनियामा

शोषण गरि ब्यापारी बन्छ धनि यो दुनियामा ।

 

न ब्यापार गर्छ न त किसानी न त  नोकरी नै

कसरि बन्छ सबभन्दा धनि देशका नेता उ नै  ?

दुनिया पाल्ने किसान आज थला परेका छन

यिनको कल्याण र मान का खातिर कोइ छन ?

 

Leave a Reply