व्यंग कविता !!

 

डलर कमाएको देखाउन एनआरएनमा पसेको

नाम अनी चर्चा चलाउने रहरले चुनाबमा उठेको

अरुमा त साच्चै काम गरि  देखाउन पर्छ

ठुलाकुरा गर्न पाइन्न सानामा अल्झिन पर्छ

 

समाजमा ठुलो हुन एनआरएन  हुन पर्छ

जित्नलाई  राजनीति गुठबंदीमा हुनु  पर्छ

 

एन आर एन यताको तामेली जति उताको  

भाषण मात्रै गरे पुग्ने, काम कुरा त कताको

 

समाजसेबी संस्था हो रे एनआरएन कानुनमा

यहा त पोलिटिक्स र राजनीति घुसेको घरमा

 

कोइ भन्छन एनआरएन उनै  पैसा वालाको

कोइ भन्छन एनआरएन उनै झण्डा वालाको

 

कोइ भन्छन हामि जस्तो  पाते बुन्गाको होइन ।

कोइ भन्छन एनआरएन सबैको हुनु पर्छ, होइन ?

८/०७/२०१७

 

Leave a Reply