मजदुरका कर्मले यी उन्नति फलेका छन यहा
यिनैका पसिनाले शहरका महल खडा भै जहा
आकाशचुम्ने महल यिन्ले खडा गरेका हुन यहा
अन्नका भकारी यिनैका बलले भरेका हुन यहा
कपास फलाउने धागो कातने यिनै हुन धर्तीमा
सिलाएर सुरुवाल कोट चिटिक्क पार्ने छातीमा
छालाका जुत्ता बनाइ दिएका छन हाम्रा खुट्टामा
डकर्मी भै भरेका फूलबुट्टा यिनै झ्याल ढोकामा
गाडी, बिकासका औजार चलाइदिने बनाइदिने
उद्योगमा सदा तत्पर भै पसिना बगाइ चलाइदिने
जोखिममा खानि खनेर बिकाशका मूल फुटाउने
चट्टान फोडी बाहुबलले सुन र हिरा निकाली दिने
अदम्य साहस, जागर कलाकारिता छन यिनमा
पसिना इनको पुजा, सिर्जना कर्तब्य छ यिनमा
पौरखले यो धर्ति बनाएका छन त्यो स्वर्ग यिनले
आजको विश्वमा बिकास फलाएका छन यिनले
तर बिडम्बना !!!
जुत्ता बनाउने मजदुरले जुत्ता लगाउन सक्दैन
लुगा बनाउने मजदुरले लुगा फेर्न सकेको छैन
अन्न उब्जाउने किसानले पेटभरी खान सक्दैन
मोटर बनाउने मजदुरले मोटर चढन नै सक्दैन
यस्ता श्रमजीवीलाई जगतले सम्मान दिन पर्ने
यिनलाई अछुत मान्दै किन हो तिरस्कार गर्ने ?
यिनले बनाएका सबै चल्दछ चल्दैन पानि दुध
मानवको दर्जा दिन कठिन छ यिनलाई किन ?
नेताका भाषणले मजदुरको अबस्था फेरियन
सर्बहाराको सरकारले नि केहि गरेको देखिएन
ठगीरन्छन दलालले बिदेशमा काम दिन्छु भनि
लाख लिइ हजारको भर्पाइ हातमा थमाई अनि
हिजो र आज पनि सरकार कानो अनि बहिरो छ
कहिले होला मजदुरको भलाइ जो भएनी उस्तै छ
श्रमको मुल्य तोक्नु पर्दछ कामको सम्मान हुनु पर्छ
ठग्नेलाइ पाता कस्नु पर्छ,उद्योग देशमा खोल्नु पर्छ ।
( मजदुर दिवशको सन्दर्भमा )
०४/३०/२०१८