मेरो एउटा साथि छ !
जसले मेरो स्वास्थको बारेमा सोधिरहन्छ ।
जसले मेरा बारेमा सदा चिन्ता गरिरहन्छ ।
उसले कहिले नी सोचेन मसंग फाइदा लिन
उसले कहिले सोचेन मलाइ होचो बनाउन ।
मेरो एउटा साथि छ !
म उसलाई सम्मान गर्छु
उसले मलाइ सम्मान गर्छ
दुबैका दुख साटने गर्छौ हामीहरु
दुबैका सुखमा रमाउछौ हामीहरु
मेरो एउटा साथि छ
अर्काका लागि भलो चिताउने कुरोमा एक हुन्छौ
बेमानिहरुको संगतबाट टाढा हुने सल्लाह दिन्छौ
फाटो पारेर फाइदा लिनेहरुलाइ रुचाउनौ हामि
देश लुटने पदीय नेताको चाकडीमा जादैनौ हामि
मेरो एउटा साथि छ
आफ्नो दुखगरि खानेमा सहमत छौ हामीहरु
न पदका, न धनकालागी लोभी छौ हामीहरु
साचो कुरामा अडिक रहन मन लाग्छ हाम्लाई
झुटो अनि फटाइकुरो गर्न मन लाग्दैन हाम्लाई
मेरो एउटा साथि छ
उसले जान्दैन ठग्न कसैलाई पनि
बरु ठगिन्छ अरुबाट आफै पनि
इमान्दार छ उ नैतिकतामा पनि
अरुलाई सहयोग गर्न चुक्दैन पनि
मेरो एउटा साथि छ
परिश्रम गर्छ, बेइमान ठगि गर्दैन उ
मान्छेको गुणदोष चिन्न पारखी छ उ
इश्वरमा र कर्ममा भरोशा राख्दछ उ
कर्ममा निष्ठा, प्रसन्न चित्त राख्दछ उ
मेरो एउटा साथि छ
मेरा बेदनालाइ बुझ्छ उसले ।
मेरा बेदनालाइ सुन्छ उसले
उसका दुखदर्दलाइ सुन्छु मैले
उसका दुखदर्दलाइ बुझ्छु मैले
मेरो एउटा साथि छ
मेरा दुखमा धाप लगाउन आइपुछ उ
मेरा आफ्ना पिरमर्कामा पिरोलिन्छ उ
उसको भलो भैरहोस भन्ने हुन्छ मलाइ
उ सर्बदा खुशी रहोस भन्ने हुन्छ मलाइ
०६/१/२०१८