मन अशान्त
आंधी आउनु भन्दा अगाडिको शान्ति
देखिन्छ बाहिरबाट,
होरिक्यान आउने हो कि ?
आशा, भरोसा, इच्छा हराएको हो कि,
खोसिएको हो !
भ्रमित छन अधरका मुस्कान
हास्न खोजेर
अनायास बन्द ओठ
निरस अनुहार, कठोर भावना
एक झोका चिसो बतासले
सबै कुण्ठा, भ्रम, आवेग
शान्त पारेको भान आउछ ।
एक हुल मान्छेको
भीडबाट एउटा मान्छे
फुत्त फ़ुस्किएर
निस्के जस्तै
उ र उसका मनोभावना
धेरै पर बिलिन
हुन् पुग्दछ ।
आकाशमा, अन्तरिक्षमा
पुरै ब्रमान्डमा
बताससंगे, मिसिएर
हावा बनेको छ ।
मान्छेका भीडबाट
सदा एउटा आफ्नो प्यारो मान्छे
एक एक गरि हराइरहेको छ
अस्ति हिजो आज पनि
उ पनि एकदिन हराउछ
यहि आकासमा
मिसिंछ यहि बताससंग
यहि हावासंग ।

१०/०८/२५०१७

Leave a Reply