तिहारमा आउने छु नि दिदि
तिहारमा आउने छु नि बैनि
दशौ बर्ष बिते,
आउने मन थ्यो, प्रत्येक साल
आउन सकिन, तिम्रा साथ
लाउन सकिन टिका
मन भयो अति फिका
बाहिर जलिरह्यो दियो
भित्र बल्न सकेन दियो
याद आउछ बहुत
मन त रुन्छ बहुत
तिम्रा आशिषले बाचेको छु
कामसंग अहिले जुदेको छु
होलाकी भनेर कुदेकै छु
न भर्छ लोभको भाडो
न कहिल्यै जाग्यो खाडो
उस्तै छ मेरा दिन दशा पनि
किन पसिएछ नि विदेश पनि
न सुधार गर्न सके जिन्दगि
न नै छुटाउन सके बन्दकी
याद बहुत आउछ तिम्रो
रमाइलो दिन थियो हाम्रो
यो साल टिका लाउन नपाए पनि
आगौ साल आएर नै लगाउला नि
दिदी र बहिनि
कहिले हसाउनि
कहिले रुवाउनि
१०/१८/२०१७