मैलो छ भानु उदाउदाका लालीहरु
मैला छन शुध्द गण्डकी जलकुन्जहरु
कालो बनेको छ पूर्ण चन्दको कान्ति
मैलो छ हिम शिखर, कैलाशको शान्ति
माया गर्ने मायालु निर्दयी लाग्दछ
अमृतमा बिषको झझल्को आउदछ
मित्रको दोष मात्रै देखिन थाल्दछन
बा आमाका बचन, दुर्बचन बन्दछन
गुरुजनका अमृत बचन मिथ्या लाग्दछ
सज्जनलाइ दुर्जन धुर्त हुन भन्ने लाग्दछ
यो सारा जगत कालो र मैलो लाग्दछ
झुट,जाली र दोषी आफ्नै हुन भन्ने लाग्दछन
जब जन्मन्छ दम्भ घमण्ड उन्माद आफैमा !
जब मान्छेहरु नकारात्मक बन्दछ आफैमा !
धनीका आगे दश औला जोडने हात
गरिबका सामने उठने ती तिम्रा लात
कति शेखी गर्छौ धन दौलत पद प्रतिष्ठामा दम्भ
रहने छन् ति सबै तिम्रा जाली शक्ति रहदासम्म
भरेका शुख सयलबीच अध्यारो कालले घेर्दा
ति सबै दम्भ शेखी झर्दछ समयकालले बेर्दा
अबेर होला
बेलैमा होस गरे बेश होला !
के साथ लइन्छ आफै जादा पनी
को संगसंगै जान्छन त्यो बुझेर पनि
मिथ्या तृष्णा, आडम्बर शेखी दम्भ छोडी
समभाव इज्जत गर्न सिकौ दुइहात जोडी
गरौ मानव कल्याण कार्य आजै देखि
छोडौ है आडम्बर मिथ्या दम्भ शेखी
अनि हुन्छ, सारा संसार उज्याला रंगिन
जताततै बज्ने छन् सुमधुर संगीत रंगिन
उल्लास लाग्दछ भानु उदाउदा लाली किरण
दिन्छन भानु उज्याला ज्योतिका शुध्द किरण
अमृत्सरी छन गण्डकीका जलकुन्जहरु यहा
त्रिप्तिन्छन ति जलपान गर्ने तिर्थालुहरु जहाँ
दुखि गरिबसंग उस्तै बिनय भाव नगरेसम्म
छुटने हटने छैन पापको पश्चाताप नगरेसम्म