घमण्ड छोडेर विद्याको
शेखी छोडेर बलको
तेज छोडेर सौन्दर्यको
छोडेर जात कुल पदको
छोडेर ऐश्वर्य धनको
छोडेर रिस, व्देष अहंको
छोडेर आवेग र इर्ष्याको
छोडेर घमण्ड ज्ञानको
मै हुँ भन्ने हामि मान्छेका
मस्तिष्कमा जमेका किराहरु
झरि गए, अर्गानिक हामि हुन्थ्यौ
मान्छेको जीवन स्वर्गसरी हुन्थ्यो
दोष अरुमा खोजेर हैन,
आफैमा खोतल्नु पर्दछ |
खोजेर इश्वर मन्दिरमा हैन
आफै भित्रमा खोज्नु पर्दछ |
मन भित्रको पाप हटने थियो
सबैमा सदभाव फैलने थियो
हाम्रा जीवनमा फुल फुल्ने थियो
धरती पनि स्वर्गसरी हुने थियो |
०९/०१/२०१७