व्यंग कविता !!
डलर कमाएको देखाउन एनआरएनमा पसेको
अलिअलि खर्च गर्न मन लागेर चुनाबमा उठेको
अरुमा त सच्चाई काम गरि देखाउन पर्छ
ठुला कुरा गर्न पाइन्न सानामा अल्झिन पर्छ
समाजसेवी हुनलाई एनआरएन नै हुनपर्ने रैछ
जित्नलाई राजनीति गुठबंदीमा लाग्न पर्ने रैछ
एन आर एन यताको तामेली जति उताको
भाषण मात्रै गरे पुग्ने, काम कुरा त कताको
समाजसेबी संस्था हो रे एनआरएन कानुनमा
यहा त पोलिटिक्स र राजनीति घुसेको घरमा
कोइ भन्छन एनआरएन उनै पैसा वालाको
कोइ भन्छन एनआरएन उनै झण्डा वालाको
कोइ भन्छन हामि जस्तो पाते बुन्गाको होइन ।
कोइ भन्छन एनआरएन सबैको हुनु पर्छ होइन ?