व्यर्थमा
जलिरहेको
तप्तिरहेको
पन्पिरहेको
भटकी रहेको
आत्मा सरह
सल्केको
इच्छा आकांक्षा
खरानी नै हो |

सुर्य अस्ताइसकेछ् गोधुलिमा
जग अन्धकारले ढाकेको छ
खुला आकाश मन मोहक बन्दै
ताराको प्रादुर्भाव भैसकेको छ |

तिम्रा हातहरु मेरा अंगालोमा
अंगाली मेरा भोका नजर तिम्रा
नजरमा कैद गर्न आतुर छ |
तिमि कहा छौ खोज्दै रुदै
भडकी रहेको मेरो इच्छा आकांक्षा
तिमि भित्रका आवेगका राप
ताप ति अनन्त सम्म निरन्तर
खोजिरहेको छु |

जस्तै सम्साँझ अनन्त आकाशमा चम्केको तारा
रहस्यमय लोचन सागरमा डुबुल्को मार्दै
तिम्रा स्वर्णिम प्रकाश्पुंज गहराइमा
कम्पमान हुदै एक अजिब रहस्यात्मक
आत्मिकस्तम्भ खडा भै चम्किरहेने
प्रयासमा छु |

जिन्दगीका पलहरु अवाक दर्शी भएरै नै
मुटुभरी माया र हृदयभरेर सर्वस्व त्यागी
अनन्त गहराइमा छलांग,
लगाइदिन चाहन्छु म |

१२/३०/२०१६

Leave a Reply