जलन र पिडा छाती भित्र राखी चल्छ जिन्दगी
खुशीहरु बटुल्ने जमर्को मै टुटी दिन्छ जिन्दगी

पल पलमा एउटा नया कहानी जोडिदै जान्छ
आफै बन्ने बिग्रनेको खेल खेलाउदछ जिन्दगी

दुखिक्षणहरु खुशिहरुसंग साटन आतुर हुन्छ
जिउने हौसला तुइन्छ,जटिल भैदिन्छ जिन्दगी

अनेकौ राजको खानि अभिलेख बनेको हुन्छ
लुकाएका राज अन्जानैमा खुलाईदिन्छ जिन्दगी

हरेक शिशिरपछिको बसन्तको प्रतिक्षा हुन्छ
रहर भएर नि के गर्नु कहर बनिदिन्छ जिन्दगी

जिबन एक संघर्ष हो, मुकाबिला गर्ने पर्ने हुन्छ
बन्ने बिग्रने समयको खेल हुन सक्छ यो जिन्दगी

आरोह र अवरोहको शृंखलाको अभिलेख अनि
हरेक दिनमा थपिने किताबका पन्ना हो जिन्दगी

०३/०१/२०१७
न्यु योर्क

Leave a Reply